Headeradd

Saturday, November 30, 2013

बदाम खानुहोस्, लामो समय बाँच्नुहोस्

nut(एजेन्सी)–एक ताजा सोधका अनुसार नियमित रुपमा बदाम खानाले मानिस लामो उमेर बाँच्ने बताइएको छ । न्यू इंगल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोधका अनुसार दैनिक बदाम चपाएर खाने मानिसहरुलाई बदामले सबैभन्दा बढी फाइदा गर्ने बताएको छ । यद्यपी ब्रिटिश आर्ट फाउन्डेसनका अनुसार बदाम र लामो उमेरबीच सम्बन्ध भए नभएको थाहा पाउन अझ धेरै अनुसन्धान आवश्यक भएको बताएको छ । अमेरिकी टीमले यो शोधमा एक लाख २० हजार मानिसहरुमाथि ३० वर्षसम्म याद गरिएको थियो । दैनिक एक मुट्ठी बदाम खाने गरेमा मृत्युदर २० प्रतिशत कम हुने बताइएको छ .nut

Thursday, November 28, 2013

नेपाल विश्वकपमा


संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हङकङलाई हराउँदै पहिलोपटक विश्वकप टी-ट्वान्टीमा छनोट भएको छ ।
नेपाली क्रिकेट टिमले खेलेको १७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा हालसम्म पाएको सबैभन्दा ठूलो सफलता हो ।
बुधबार हंङकङले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले अन्तिम बलमा ५ विकेट गुमाउदै पुरा गरेको हो ।
नेपालको जितमा कप्तान पारस खड्काको ३९ बलमा बनाएको सर्वाधिक ४६ रन तथा शरद भेसवाकरको ७ बलमा बनाएको अभिजित १३ रन महत्वपूर्ण रह्यो ।
 यस्तै नेपालका लागि  सुवास खकुरेलले १६,  सागर पुन २२ ज्ञानेन्द्र मल्ल ३०  विनोद भण्डारी ७ र प्रदीप ऐरीले ३ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारीत २० ओभरको खेलमा ८ विकेट गुमाउदै १४३ रन बनाएको थियो । हङकङलाई सस्तैमा समेट्न नेपालका जितेन्द्र मुखियाले ३ अभिनास कर्णले २ तथा कप्तान पारस खड्काले १ विकेट लिएका थिए । बाँकी २ खेलाडी रन आउट भएका थिए ।
आगामी वर्षको मार्चमा बंगलादेशको राजधानी ढाकामा हुने ट्वान्टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्दे इतिहास कोर्न नेपालले आज हङ्कङलाई हराएको हो।
जारी प्रतियोगितामा भाग्यको साथ पाएर समूह बीमा तेस्रो भएको नेपालले समूह ए बाट दोस्रो भएको हङकङलाई अन्तिम बलमा हराएको हो ।
आजको खेलमा जित हात पार्दै नेपाल सोझै विश्वकपमा स्थान पाउने तेस्रो टोली बनेको छ ।
विश्व ट्वान्टी–२० छनोटमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको खेलमा दुबै समूहका विजेता टोली विश्व ट्वान्टी–२० लाई छनोट हुने प्रावधानअनुरुप समूह 'ए' बाट आयरल्यान्ड र समूह 'बी' बाट अफगानिस्तान यसअघि नै ट्वान्टी–२० विश्वकपमा छानिसकेका छन् ।

हेर्नुहोस् भिडियोमा नेपालले कसरी हरायो हङकङलाई

हेर्नुहोस् नेपालको बलिङ यस्तो थियो ।

* २० ओभरमा नेपालले जित हात पारेको छ ।
* १९ औ ओभरको पहिलो बलमा २ रन दोस्रो बलमा  चौका ।
*१२ बलमा नेपाललाई जितका लागिस २६ रन आवश्यक ।
* १८ ओभरको समाप्तिमा नेपाल ४ विकेटको क्षतिमा नेपाल ११८रन ।
* १७ ओभरको समाप्तिमा नेपाल ४ विकेट गुमाउँदै ११३ रनमा खेल्दै 
* १६ ओभरको समाप्तिमा नेपाल १०४ रन ।
* १५ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउदै ९७ रन ।
* १४ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउँदै  ९२ रन ।
* १४.१ ओभरमा नेपालको अर्को विकेट गुम्यो ।
* १३ औ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ८७ रनमा खेल्दै
* १२ औ ओभरको समाप्तिमा नेपाल २ विकेट गमाउँदै ८१ रन ।
* एघारौ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ६८ रनमा खेल्दै । पारस र ज्ञानेद्र क्रिजमा ।
*दसौं ओभरको समाप्तिमा नेपाल २ विकेट गुमारउँदै ६४ रनमा खेल्दै ।
* नवौ ओभरको समाप्तीमा नेवाल २ विकेट गुमाउँदै ५८ रनमा खेल्दै ।
*आठौ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ५५ रनमा खेल्दै ।
* नेपाललाई दोस्रो झड्का । सागर पुन आउट । १८ बल खेलेका २० रन बनाएर आउट भए । अब क्रिजमा कप्तान पारस खड्का क्रिजमा ।
* सातौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ५२ रनमा खेल्दै ।
* नेपालको ५० रन पुरा भएको छ ।
* छैठौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ४२ रनमा खेल्दै ।
*ज्ञानेन्द्र मल्लले चौका प्रहार गरे ।
* पाँचौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ३४ रनमा खेल्दै
* सुवास खकुरेल १६ बलमा १६ रन बनाउँदै आउट भएका छन् । उनको ठाउँमा ज्ञानेन्द्र मल्ल ।
* नेपालको पहिलो विकेट क्षति ।
* चौथो ओभरको समाप्तीमा नेपाल बीना कुनै विकेटको क्षतिमा  २८ रन ।
* चौथो ओभरको पहिलो बलमै चौका प्रहार ।
* तेस्रो ओभरको समाप्तीमा नेपाल बीना कुनै विकेटको क्षतिमा १६ रन ।
* दोस्रो ओभरको समाप्तिमा नेपाल १३ रनमा खेल्दै ।
* दोस्रो ओभरको पहिलो बलमै सागर पुनद्धारा चौका प्रहार ।
* पहिलो ओभरमा नेपाल ४ रन ।
* सागर पुन र सुवास खकुरेल मैदानमा ।

नेपालको खेल सुरु भएको छ ।

 
नेपाललाई हङकङले १४४ रनको लक्ष्य दिएको छ । 
* अन्तिम ओभरमा जितेन्द्रले ११ रन दिएका छन् । यो सँगै हङकङ ८ विकेटको क्षतिमा १४३ रनमा समेटियो ।
* अन्तिम ओभर लिएर जितेन्द्र आएका छन् ।
* १९ ओभरको समाप्तिमा हङहङ ७ विकेट गुमाउदै १३२ रन ।
* १९.१ बलमा नेपाललाई सातौ सफलता । अभिनास कर्णले लिए विकेट ।
* १८ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाउँदै ११४ रनमा खेल्दै
* १८ औ ओभरको बलिङ लिएर बसन्त आएका छन् ।
* १७ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाएर १०८ रन
* १७औ ओभरको बलिङ लिएर शक्ति आएका छन् । 
* १६ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाएर १०३ रनमा खेल्दै
* नेपाललाई छैठौ सफलता। जितेन्द्रले लिए लगातार विकेट ।
*नेपाललाई पाँचौ सफलता । जितेन्द्रले लिए दोस्रो विकेट ।
* १६ औ ओभरको पहिलो वाइड बलमै चौका । जितेन्द्रको बलिङ ।
* १५ ओभरको समाप्तिमा हङहङ ४ विकेटको क्षतिमा ९५ रनमा खेल्दै ।
* शक्तिको पहिलो बलमै छक्का ।
* हङकङ १४ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ८६ रन ।
* हङकङ १३ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ८५ रन ।
* हङहङ १२ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ७५ रनमा खेल्दै ।
* नेपाललाई चौथो सफलता । कप्तान पारस खड्काले लिए विकेट । 
* हङकङ ११ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ७० रन।
* हङकङ १० ओभरको समाप्तिमा ३ विकेट गुमाउदै ६२ रन ।
* निजाकत खान रन आउट 
* नेपाललाई तेस्रो सफलता । हङहङ नवौ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ५८ रन बनाएको छ ।
* आठौ ओभरको समाप्तिमा हङहङ २ विकेट गुमाउदै ५१ रन । बसन्तले दिए ५ रन ।
* आठौ ओभर लिएर बसन्त रेग्मी बलिङमा ।
* सातौ ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउदै ४६ रन ।
* सातौ ओभरमा शक्ति गौचन बलिङमा । 
* छैठौ ओभरको समाप्तिमा हङहङ २ विकेट गुमाउँदै  ३९ रन । कप्तान पारस खड्काले एकै ओभरमा ११ रन दिए ।
* पाँचौ ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउँदै २८ रन ।
* अभिनास कर्णले लिए विकेट ।
* पाँचौ ओभरको पहिलो बलमा नेपाललाई दोस्रो सफलता ।
* चौथो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै २५ रन ।
* तेस्रो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै २० रन ।
* दोस्रो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै १८ रन ।
* १.४ ओभरमा नेपाललाई पहिलो सफलता ।
* नेपाललाई पहिलो सफलता, जितेन्द्र मुखियाले लिए विकेट
* हङकङ पहिलो ओभरमा ९ रन बिना कुनै विकेटको क्षतिमा ।
* हङकङ पाँचौ बलमा १ रन लेगवाई ।
* हङकङ चौथो बलमा १ रन ।
* हङकङ तेस्रो बलमा १ रन । लेग वाई ।
* हंङकङले दोस्रो बलमा चौका प्रहार गरेको छ । अभिनास कर्णको बल ।
* हङकङ पहिलो बलमा वाइड ।
* नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

यसरी पुग्यो नेपाल विश्वकपमा


 नेपाल क्रिकेट टोली आगामी वर्ष बंगलादेशमा हुने विश्वकप ट्वान्टी–२० क्रिकेटका लागि छनोट भएको छ । युएईमा भएको पहिलो क्वार्टर फाइनलमा हङकङ्गलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट हुँदै इतिहास रचेको हो । टस हारेर पहिला ब्याटिङ गरेर हङकङ्ले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले अन्तिम बलमा ५ विकेट गुमाएर भेट्टाएको थियो । अन्तिम ६ बलमा १३ रन चाहिएको अवस्थामा शरद भेषवाकरले नटआउट १३ रन जोडेपछि नेपालले बंगलादेशको यात्रा तय गरेको हो । 


Wednesday, November 27, 2013

Nepal through to ICC World T20 after beating Hong Kong


Nepal  beat Hong Kong by 5 wickets  to ensure place in the ICC World T20 which will be held inBangladesh in 2014.
Needing 13 runs in the last over to ensure place in ICC  World T20, Veswakar hit the first ball for six and then second ball for  four , then got remaining runs with ease. Early in the innings of Nepal, Openers had partnership of 32 runs before Subash Khakurel got out clean bowled  by Tanwir Afzal. Then, On 8th over Sagar Pun got out on 22 runs lbw by Haseeb Amjad. For Nepal,Paras Khadka was top scorer for Nepal .He played  brilliant innings of 46 runs of 43 balls.But he got out on 19th over  thrugh  run-out from Hayat. Then ,On the last over,needing 13 runs ,Sharad Veswakar and Pradeep Airee got with ease to ensure way to Bangladesh in 2014 for ICC World T20 tournament.
Paras Khadka who played a brilliant innings of 46 runs from 43 balls
Paras Khadka who played a brilliant innings of 46 runs from 43 balls
Earlier , send to bat Hong Kong had  poor start .They lost their in-form batsman, Irfan Ahmed caught at slip by Captain Paras Khadka of the bowler Jitendra Mukhiya on 8 runs. Then, On 5th over Nepalgot second break through in the form of  Hong Kong  Captain ,Jack Atkinson on  5 runs . He was caught brilliantly by Sagar Pun  bowled by Avinash Karn. Then, there was some resistance given by Waqas Barkat and Nizakat Khan to the Hong Kong innings. They had partnership of 33 runs between them. Then, brilliant fielding by Gyanendra Malla cost the wicket of Hong Kong  of Nizakat Khan through run-out on 9th over. Again, another set batsman got out on 12th over caught by Veswakar bowled by Paras Khadka.The score for Hong Kong was then 73-4. Then, Hong Kong remaing batsman never look get going then losing their wicket regularly. At the end of their inning,they manage to score 143 for the loss of 8 wickets. For Nepal, Jitendra Mukhiya  got 3 wickets ,while Avinash Karn got two and Paras Khadka got one wicket.

विश्वकप टि ट्वान्टी छनौट : नेपाललाई १४४ रनको लक्ष्य.



* १५ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउदै ९७ रन ।
* १४ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउँदै  ९२ रन ।
* १४.१ ओभरमा नेपालको अर्को विकेट गुम्यो ।
* १३ औ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ८७ रनमा खेल्दै
* १२ औ ओभरको समाप्तिमा नेपाल २ विकेट गमाउँदै ८१ रन ।
* एघारौ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ६८ रनमा खेल्दै । पारस र ज्ञानेद्र क्रिजमा ।
*दसौं ओभरको समाप्तिमा नेपाल २ विकेट गुमारउँदै ६४ रनमा खेल्दै ।
* नवौ ओभरको समाप्तीमा नेवाल २ विकेट गुमाउँदै ५८ रनमा खेल्दै ।
*आठौ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ५५ रनमा खेल्दै ।
* नेपाललाई दोस्रो झड्का । सागर पुन आउट । १८ बल खेलेका २० रन बनाएर आउट भए । अब क्रिजमा कप्तान पारस खड्का क्रिजमा ।
* सातौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ५२ रनमा खेल्दै ।
* नेपालको ५० रन पुरा भएको छ ।
* छैठौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ४२ रनमा खेल्दै ।
*ज्ञानेन्द्र मल्लले चौका प्रहार गरे ।
* पाँचौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ३४ रनमा खेल्दै
* सुवास खकुरेल १६ बलमा १६ रन बनाउँदै आउट भएका छन् । उनको ठाउँमा ज्ञानेन्द्र मल्ल ।
* नेपालको पहिलो विकेट क्षति ।
* चौथो ओभरको समाप्तीमा नेपाल बीना कुनै विकेटको क्षतिमा  २८ रन ।
* चौथो ओभरको पहिलो बलमै चौका प्रहार ।
* तेस्रो ओभरको समाप्तीमा नेपाल बीना कुनै विकेटको क्षतिमा १६ रन ।
* दोस्रो ओभरको समाप्तिमा नेपाल १३ रनमा खेल्दै ।
* दोस्रो ओभरको पहिलो बलमै सागर पुनद्धारा चौका प्रहार ।
* पहिलो ओभरमा नेपाल ४ रन ।
* सागर पुन र सुवास खकुरेल मैदानमा ।

नेपालको खेल सुरु भएको छ ।

 
नेपाललाई हङकङले १४४ रनको लक्ष्य दिएको छ । 
* अन्तिम ओभरमा जितेन्द्रले ११ रन दिएका छन् । यो सँगै हङकङ ८ विकेटको क्षतिमा १४३ रनमा समेटियो ।
* अन्तिम ओभर लिएर जितेन्द्र आएका छन् ।
* १९ ओभरको समाप्तिमा हङहङ ७ विकेट गुमाउदै १३२ रन ।
* १९.१ बलमा नेपाललाई सातौ सफलता । अभिनास कर्णले लिए विकेट ।
* १८ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाउँदै ११४ रनमा खेल्दै
* १८ औ ओभरको बलिङ लिएर बसन्त आएका छन् ।
* १७ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाएर १०८ रन
* १७औ ओभरको बलिङ लिएर शक्ति आएका छन् । 
* १६ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाएर १०३ रनमा खेल्दै
* नेपाललाई छैठौ सफलता। जितेन्द्रले लिए लगातार विकेट ।
*नेपाललाई पाँचौ सफलता । जितेन्द्रले लिए दोस्रो विकेट ।
* १६ औ ओभरको पहिलो वाइड बलमै चौका । जितेन्द्रको बलिङ ।
* १५ ओभरको समाप्तिमा हङहङ ४ विकेटको क्षतिमा ९५ रनमा खेल्दै ।
* शक्तिको पहिलो बलमै छक्का ।
* हङकङ १४ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ८६ रन ।
* हङकङ १३ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ८५ रन ।
* हङहङ १२ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ७५ रनमा खेल्दै ।
* नेपाललाई चौथो सफलता । कप्तान पारस खड्काले लिए विकेट । 
* हङकङ ११ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ७० रन।
* हङकङ १० ओभरको समाप्तिमा ३ विकेट गुमाउदै ६२ रन ।
* निजाकत खान रन आउट 
* नेपाललाई तेस्रो सफलता । हङहङ नवौ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ५८ रन बनाएको छ ।
* आठौ ओभरको समाप्तिमा हङहङ २ विकेट गुमाउदै ५१ रन । बसन्तले दिए ५ रन ।
* आठौ ओभर लिएर बसन्त रेग्मी बलिङमा ।
* सातौ ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउदै ४६ रन ।
* सातौ ओभरमा शक्ति गौचन बलिङमा । 
* छैठौ ओभरको समाप्तिमा हङहङ २ विकेट गुमाउँदै  ३९ रन । कप्तान पारस खड्काले एकै ओभरमा ११ रन दिए ।
* पाँचौ ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउँदै २८ रन ।
* अभिनास कर्णले लिए विकेट ।
* पाँचौ ओभरको पहिलो बलमा नेपाललाई दोस्रो सफलता ।
* चौथो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै २५ रन ।
* तेस्रो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै २० रन ।
* दोस्रो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै १८ रन ।
* १.४ ओभरमा नेपाललाई पहिलो सफलता ।
* नेपाललाई पहिलो सफलता, जितेन्द्र मुखियाले लिए विकेट
* हङकङ पहिलो ओभरमा ९ रन बिना कुनै विकेटको क्षतिमा ।
* हङकङ पाँचौ बलमा १ रन लेगवाई ।
* हङकङ चौथो बलमा १ रन ।
* हङकङ तेस्रो बलमा १ रन । लेग वाई ।
* हंङकङले दोस्रो बलमा चौका प्रहार गरेको छ । अभिनास कर्णको बल ।
* हङकङ पहिलो बलमा वाइड ।
* नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
 
 
संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज नेपाली क्रिकेट टिमलाई एउटा सुनौलो इतिहास बनाउने अवसर जुरेको छ। 
 
विगत १७ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा विश्वकप खेल्ने नेपालको चाहना अब केबल १ खेल मात्र टाढा छ।
 
आगामी वर्षको मार्चमा बंगलादेशको राजधानी ढाकामा हुने ट्वान्टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्दे इतिहास कोर्न नेपालले आज हङ्कङलाई हराउनै पर्ने भएका छ।
 
जारी प्रतियोगितामा भाग्यको साथ पाएर समूह बीमा तेस्रो भएको नेपालले समूह ए बाट दोस्रो भएको हङकङसँग पहिलो प्ले अफमा भिड्न लागेको हो।
 
आजको खेलमा जित हात पार्ने टिमले सोझै विश्वकपमा स्थान पाउने तेस्रो टोली बन्ने छ।
 
विश्व ट्वान्टी–२० छनोटमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको खेलमा दुबै समूहका विजेता टोली विश्व ट्वान्टी–२० लाई छनोट हुने प्रावधानअनुरुप समूह 'ए' बाट आयरल्यान्ड र समूह 'बी' बाट अफगानिस्तान ट्वान्टी–२० विश्वकपमा छानिसकेका छन् ।
 
नेपाल र हङकङको विगतको टि–ट्वान्टी खेलको नतिजा हेर्ने हो भने दुबैले समान स्तरका खेल प्रदर्शन गरेका छन्।
 
४ पटक आमने सामने भएका यि दुई टोलीले समान २–२ खेल आफ्नो पक्षमा पारेका छन्।
 
नेपालको लागि परचित र आफ्नै स्तरको प्रतिद्धन्दी पाउनु अर्को एउटा राम्रो अवसर भएपनि पछिल्लो समयमा हङकङले आफूलाई निकै सुधारेपछि नेपाललाई ठूलै तगारो बन्न सक्छ।
 
समूह एमा उत्कृष्ट प्रदर्शन गरेको हङकङले ७ खेलमा ५ जित र २ मा हार बेहोरेको छ । यता नेपालले समूह चरणमा खेलेको ७ खेलमा आफूभन्दा बलिया टोली अफगानिस्तान, स्कटल्याण्ड र नेदरल्याण्डसँग हार बेहोर्दै बाँकी ४ खेलमा जित हात पारी समूहमा तेस्रो भएको हो।
 
पहिलो पटक सन् २०१० को एसियन कपको समूह चरणमा हङकङसँग भएको भेटमा नेपाल ३० रनले पराजित भएको थियो। त्यसपछि सन् २०११ मा काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० कपको समूह चरणमा हङकङलाई २ विकेटले पराजित गरेको थियो।
 
यसपछि सन् २०१२ मा युएईमा भएको विश्वकप छनोटमा पनि नेपालले २८ रनले हङकङलाई हराएको थियो।
 
पछिल्लो समय सन् २०१३ मा राजधानीमा भएको एसिसी ट्वान्टी–२० कपमा हङकङसँग ६ विकेटको पराजय बेहोरेको थियो।
 
आज नेपाली दर्शकले स्टार क्रिकेट र एनटिभी २ बाट प्रत्यक्ष हेर्ने खेलमा नेपालले हङकङलाई पन्छाए १७ वर्षे नेपाली क्रिकेट इतिहासमै सबैभन्दा ठूलो, महत्वपूर्ण र ऐतिहासिक दिन बुधबार बन्ने छ। तथापी हङकङसँग हार बेहोरेपनि अर्को एउटा मौका नेपालका लागि जिवितै रहने छ।
 
नामिबिया र पपुवा न्युगिनीबीच हुने अर्को प्ले अफको विजेतालाई पराजित गर्नसके नेपालले बंगलादेशको टिकट पाउने पक्का छ।

Tuesday, November 26, 2013

कसरी छानिन्छन् समानुपातिक सभासद ?


राष्ट्रपतिदेखि नेतासम्म सबैमा अलमल

१० मंसिर, काठमाडौं । प्रत्यक्षतर्फको चुनावी परिणाम आइसकेपछि यतिबेला धमाधम समानुपातिकतर्फको मतगणना भइरहेको छ । तर, दलले प्राप्त गरेको मतका आधारमा समानुपातिक सभासदहरुको छनौट कसरी गरिन्छ भन्नेबारे राष्ट्रपतिदेखि दलका नेताहरुमा समेत अलमलमा देखिएको छ । कतिपयले चाँहि दलले प्राप्त गरेको मतलाई ३ सय ३५ ले भाग गर्दा आउने मतसंख्या बराबर १ सीट जित्ने हिसाब निकालिरहेका छन् । तर, त्यसरी निकालिने हिसाब सही हुँदैन । समानुपातिक सभासद छान्ने एउटा निश्चित सूत्र छ, जसबारे संविधानसभा निर्वाचन अध्यादेशको अनुसूचि ३ मा सविस्तार उल्लेख गरिएको छ ।
०६४ सालको थ्रेसहोल्ड २३ हजार
पहिलो संविधानसभा चुनावमा समानुपातिकतर्फ खसेको कुल सदर मत १ करोड ७ लाख ३९ हजार ७८ रहेको थियो । यसलाई ३३५ सीट संख्याले भाग गर्ने हो भने ३२०५६ हुन आउँछ । तर, ०६४ सालको संविधानसभामा २३ हजार ५ सय १२ मत ल्याउने परिवार दललेसमेत एक सीट पाएको थियो । त्यस्तै प्रेमबहादुर सिंहको लोकतान्त्रिक समाजवादी दलले २५ हजार मत ल्याएर १ सीट जितेको थियो । मुल मतसंख्यालाई सीट संख्याले भाग गरेकै आधारमा समानुपातिकको सीट निस्कने भने अघिल्लो चुनावमा ३२ हजार ५६ भन्दा कम मत ल्याउने परिवार दल लगायतले सीट हासिल गर्न सक्ने थिएनन् । तर, समानुपातिकको मत गणनासम्बन्धी अलग्गै सूत्रका कारण २३ हजार ल्याउनेले पनि चुनाव जित्न सम्भव भएको हो ।
यस्तो थियो ०६४ को परिणाम
पहिलो संविधानसभामा खसेको कुल सदर मत १ करोड ७ लाख ३९ हजार ७८ रहे पनि समानुपातिकको गणनामा नपरी खेर गएको मत संख्या २ लाख ६७ हजार ४ सय ४८ थियो । पहिलो चुनावमा समानुपातिक निर्वाचनमा ५४ दलको सहभागिता रहे पनि २५ वटा दलमात्रै संविधानसभामा आउन सफल भएका थिए । यीमध्ये ६ वटा दल एकसीटे थिए भने दुई सीट जित्ने दलहरुको संख्या पनि ६ रहेको थियो । त्यसैगरी दुईवटा दलले ३ सीट, एउटा दलले ४ सीट र दुईवटा दलले ८/८ सीट जितेका थिए । १० भन्दा माथि समानुपातिक सीट जित्ने दलहरुको संख्या ५ मात्रै थियो । पहिलो चुनावमा समानुपातिकतर्फ एमाओवादीले १ सय सीट, कांग्रेसले ७३, एमालेले ७०, मधेसी जनअधिकार फोरमले २२ र तमलोपाले ११ सीट जितेका थिए ।
दोस्रो संविधानसभाको अनुमान
अघिल्लो चुनावमा भन्द कम मतदाता भएकाले यसपालि करिब ७०/७५ लाखको हाराहारीमा सदर मत देखिने सम्भावना छ । विगतमा ५४ दलले मात्रै समानुपातिकमा भाग लिएको र हाल १ सय २२ दल सहभागी भएकाले विगतको भन्दा धेरै मत खेर जाने देखिन्छ । जस्तो कि थ्रेस होल्डभन्दा कम मत ल्याउने दलहरुको मत खेर जान्छ, अघिल्लो निर्वाचनमा २६ औं दलदेखि ५४ औं दलले प्राप्त गरेको २ लाख ६७ हजार मत खेर गएजस्तै ।
तर, अहिलेको चुनावमा समानुपातिकतर्फ सीट जित्नका लागि विगतमा जस्तो २३ हजार मत ल्याइराख्नुपर्दैन । संभवतः २० हजार भन्दा कम मत ल्याउने दलले पनि संविधानसभामा एक सीटमा भए पनि सहभागिता जनाउन पाउँछ । विगतमा २५ दल मात्रै सहभागी भएको संविधानसभामा यसपालि भने ३० दलसम्म पुग्ने सम्भावना छ ।
कसरी गरिन्छ छनौट ?
समानुपातिक तफृको मत गणना गर्ने विधि संविधानसभा निर्वातन अध्यादेश-२०७० को अनुस्ची ३ मा दिइएको छ । त्यहाँ उल्लेख  गरिएको विधि अनुसार मत विभाजक सूत्र अनुसार प्रत्येक दलको खसेको मतलाई क्योसेन्ट पद्दतिबाट विभिन्न भाजकहरुले विभाजन गरिन्छ । जस्तो कि शुरुमा १.४ ले दलको मतलाई भाग गरिन्छ भने त्यसपछि ३, ५, ७, ९, ११, १३ आदि विजोर अंकले भाग गर्दै ३ सय ३५ सीटसम्म सीट नसकिँदासम्म यसैगरी भाग गरिन्छ । त्यसबाट भागफल प्राप्त भएपछि ठूलो भागफललाई सीटसंख्याका रुपमा जोड्दै तलतर्फ झरिन्छ र सीटको बाँडफाँड गरिन्छ । तर, निर्वाचन आयोगसँग यसबारेमा विशेष प्रकारको सफ्वेयर भएकाले सीट संख्या गणना गर्न अप्ठ्यारो भने पर्दैन ।जस्तै, १३ लाख कुल मतदाता रहेको अवस्थामा पाँचवटा दलबाट समानुपातिक सीट बाँड्नुपर्‍यो भने निम्नि अनुसारको विधि अपनाइने अध्यादेशको अनुसूची ३ मा उदाहरण दिइएको छ -
Samanupatik

Thursday, November 21, 2013

आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट : नेपाल र अफगानिस्तान भोलि खेल्ने.


काठमाडौं, मङ्सिर ६ – दुबईमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने आफ्नो छैटौँ खेलमा नेपालले अफगानिस्तनको सामना गर्नेछ ।

पाँच खेल खेलेको नेपाल तीन खेलमा जित र दुई खेलमा हार बेहोर्दै समूह ‘बी’को तेस्रो स्थानमा रहेको छ । नेपालको अङ्क तालिकामा ६ अङ्क रहेको छ ।
प्रतियोगिताको समूह ‘बी’मा नेपालसहित डेनमार्क, केन्या, स्कटल्यान्ड, पपुवा न्युगिनी, नेदरल्यान्ड, बर्मुडा र अफगानिस्तान रहेका छन् ।
समूह ‘ए’मा आयरल्यान्ड, क्यानडा, युएई, नामिबिया, हङकङ, युगान्डा, संयुक्त राज्य अमेरिका र इटली छन् ।
समूह ‘ए’को शीर्ष स्थानमा हालसम्म आयरल्यान्ड छ भने दोस्रो स्थानमा हङकङ रेहेको छ । दुवैको समान ८ अङ्क भए पनि ‘नेट रन रेट’का आधारमा आयरल्यान्ड अग्र स्थानमा रहन सफल भएको हो । युएई ६ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।
कुल १६ टोली सम्मिलित प्रतियोगिताको शीर्ष ६ मा पर्ने टोलीले आगामी वर्ष बङ्गलादेशमा हुने टी–२० विश्वकपमा सहभागी हुन पाउने छन् ।
table

Monday, November 18, 2013

मुटुको हेरचार


सम्पूण् मुटुका रोगहरुको ७५ प्रतिशत हृदयाघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ हिजोआज धेरै व्यक्तिहरुमा मुटुसँग सम्बन्धित समस्या देखिन्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन् । आजकल जीवनशैली व्यवस्थित छैन । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्युटर, टेलिभिजन, अत्यधिक मानसिक तनाव, व्यायामको कमी, पैसा कमाउने दौड यी नै हुन् संक्षिप्तमा मुटु रोग बढ्नुका प्रमुख कारणहरु ।
यसकारण जीनवशैलीलाई व्यवस्थित गर्न सकेको अवस्थामा धेरै हदसम्म मुटु रोग रोक्न सकिन्छ । मुटुरोग नियन्त्रणका लागि जीवनशैली व्यवस्थित गर्नेतर्फलाग्न जरुरी छ । सुत्ने, उठ्ने, खाने, पिउने, बानीव्यवहार, सोचाई, दिनचर्या आदि सबै जीवनशैलीभित्र पर्दछन् । सम्झन सजिलो होस् भनी जीवनशैलीलाई आहार, विहार र विचार गरी तीनवटा पक्षमा विभाजित गरेर हेन सकिन्छ । मानिसको आहार, विहार र विचारको स्वरुप नै जीवन शैली हो । यो कस्तो हुनुपर्दछ भन्नेबारे तल वर्ण्र्ाागरिएको छ ।

आहार (भोजन) कस्तो हुनुपर्दछ –
१. घ्यू-तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।
२. नून दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन । नून थपेर खाने बानी छोड्नुपर्छ ।
३. बिहान-बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तिमा एकपटक फलफूल खानुपर्छ ।
४. बेलुकीको खानामा २-३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८.०० बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । खानाको मात्रा सबैको लागि एकैनास हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । काम कम माम धेरै गर्नुहुँदैन । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नुहुँदैन, कम्तीमा दुइ घण्टापछि मात्र सुत्नुपर्छ ।
५.शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर नियन्त्रित रुपमा माछा, मासु खाएमा हानी छैन । खसी, राँगो, बँगुरले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराले कम बढाउँछ । चिल्लो नराखी माछा र कुखुरा पकाउने तरिका सिक्नुपर्छ । यस्तो खानाले हानी गर्दैन । माछामासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछामासु नखानु नै उत्तम हुन्छ ।
६. उच्च फाइवरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइवरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपातहरु हुन् । गेडागुडीलाई अंकुरित रुपमा खानु अझ बढी फाइदाजनक हुन्छ ।
७. खाना थोरै थोरै तर धेरैपल्ट खानु उचित हुन्छ । दुइ छाक खाने तर पेट कसेर खाने, खाने बित्तिकै सुत्ने, यो मुटुका लागि अत्यन्तै खतरनाक हो । आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागी थोरै खाने, धेरै पल्ट खाने र उचित खाना खाने बानी बसाल्नु हो ।
८. मुटु रोग लागिसकेकाहरुले चिकित्सकको सिफारिस अनुसार रोग अनुसारको आहार लिनुपर्छ ।
९. मोटो मानिसले तौल घटाउनुपर्छ र यसका लागि कम क्यालोरीयुक्त आहार लिनुपर्छ ।

विहार (व्यवहार) कस्तो हुनुपदर्छ –
१. व्यवस्थित सुत्ने र उठ्ने बानी एकदम महत्वपूण् छ । राती १० देखि ११ बजेभित्र सुत्नुपर्छ । शरीरलाई दैनिक ५ देखि ७ घण्टासम्मको गहिरो न्रि्रा अत्यावश्यक छ । न्रि्रा लाग्दैन भने औषधी आएर भए पनि निदाउनुपर्छ । न्रि्रा नपरेमा मुटका रोगहरु बढ्दै जान्छन् । न्रि्रा कम पर्ने मानिस बढी मोटाउँछन् अनि बढी मोटो मानिस मुटुरोगी हुन्छन् । न्रि्रा कम हुँदा दिमागमा बोझ बढ्छ, रक्तचाप, ब्लडसुगर बढ्छ, हृदयाघात हुन्छ । यी प्रमाणित तथ्य हुन् ।
२. बिहान ५ देखि ६ बजेभित्र उठ्नुपर्छ । ढिलासम्म सुत्नुहुँदेन । बिहान जति सबेरै उठ्यो मन त्यति नै बढि स्वच्छ र शरीर चंगा हुन्छ ।
३. बिहान उठेर नित्यकर्म सकेपछि व्यायाम गर्नु अनिवार्य छ । उठेपछि नियमित एक घण्टा व्यायाम गर्ने बानी बसाल्नु अति आवश्यक छ । यसलाई सुत्ने, उठ्ने, खाने, पिउनेजस्तै नियमित नित्यकर्म नै बनाउनुपर्दछ । योगासन, प्राणायाम र ध्यान सबैभन्दा उत्तम शारीरिक र मानसिक व्यायाम पद्धति हुन् । दैनिक बिहान एक घण्टा योग गर्नु मुटुरोग नियन्त्रण तर्फो प्रभावकारी कदम हो । यसबाहेक अन्य व्यायाम पद्धति पनि अनुशरण गर्न सकिन्छ ।
४. व्यायाम सकेपछि ३० मिनेट त्यस दिन गर्नुपर्ने कार्यको योजना बनाउनुपर्छ । यसो गर्ने बानी बसालेमा कार्यहरु व्यवस्थित रुपमा हडबड नगरिकन र प्रभावकारी तवरले गर्न सकिन्छ ।
५. चुरोट, सुर्ती र रक्सी पिउने बानी मुटुका लागि हानिकारक छ । यो बानी त्याग्नुपर्छ ।
६. आफ्नो क्षमताभन्दा बढी कार्यबोझ लिनुहुँदैन । नसक्ने भएपछि सक्दिन भन्न डराउनुहुँदैन । अत्यधिक कार्यबोझबाट नै उच्च रक्तचाप, हृदयाघातजस्ता रोगहरु उत्पन्न हुन्छन् । बाँच्ने आफ्नो लागि हो अरुका लागि होइन भन्ने मानसिकता बनाउनुपर्छ । हप्ताको एक दिन विश्राम आवश्यक छ । यो दिन परिवारका सदस्यहरुसँग बिताउनुपर्छ ।
७. आजको दिन, आजको काम, आजको व्यवहारलाई नै महत्व दिएर हेर्नुपर्छ, बितेको कुरा र भोलि हुने कुराहरुलाई लिएर आजको काममा बाधा उत्पन्न हुने परिस्थिति बनाउनु हँदैन ।
८. सानालाई माया र ठूलालाई आदर गर्ने बानी बसाल्नुपर्छ ।
९. किताब पढ्ने बानी बसाल्नुपर्छ । किताबाट ज्ञान-बुद्धि मात्र होइन, सुख-सन्तुष्टि पनि प्राप्त हुन सक्छ । नियमिन रुपमा कुनै न कुनै किताब पढ्ने बानी भएका व्यक्तिहरुको जीवन बढी व्यवस्थित हुन्छ । फूर्सद हुँदा, कसैलाई कुदा किताब पल्टाइहाल्नुपर्छ । आफूलाई मनपर्ने र विश्वप्रसिद्ध पुस्तकह पढ्ने गर्नुपर्छ ।
१०. वर्षो एकपल्ट परिवारका सदस्यहरुका साथ कुनै नयाँ ठाउँमा घुम्न जाने बानी बसाल्नुपर्छ । सिनेमा हेर्ने, संगीत सुन्ने आदि पनि जीवनशैलीका आवश्यक पक्ष हुन् । संगीत बिनाको जीवन निरस हुन्छ । निरोगी रहन गीत-संगित नियमिन सुन्ने गर्नुपर्छ ।
११. आफ्नो लागि गरिने कुनै पनि क्रियाकलापले अरुलाई हानी नोक्सानी पुर्‍याएको भए त्यो रोक्नुपर्छ ।

विचार (सोचाई) कस्तो हुनुपर्दछ –
१. मानसिक तनाव उत्पन्न हुने कारणहरु धन-सम्पत्ति, अन्तरव्यक्ति सम्बन्ध, कार्यबोझ, लेनदेन, महत्वाकांक्षा, नामको भोक आदि मुख्य हुन् । यी पक्षहरुको वैचारिक व्यवस्थापन महत्वपूण् मुद्दा हो । विचारमा सकारात्मक चिन्तन प्रवल रहनुपर्छ । उज्यालो पक्ष, राम्रो पक्षलाई नै समाएर हिँड्न सिक्नुपर्छ । सुख, सन्तुष्टि भन्ने कुरा विचार र मनबाट आउने मनोगत कुरारु हुन् धन-सम्पत्ति र वस्तुबाट सुख प्राप्त हुँदैन ।
२. धन कमाउनुपर्छ तर थुपारेर राख्नुहँदैन । धन कमाउनेले त्यसको उपभोग गर्नुपर्छ । धन उद्योगमा लगाएर अरुका लागि रोजगारी प्रदान गर्नुपर्छ । प्रयोग नगरी थुपारेर राखेको धनले तनाव उत्पन्न गराउँछ ।
३. कुनै पनि समस्या छ भने त्यसको स्थायी समाधानतर्फलाग्नुपर्छ । समस्या जति लामो समयसम्म रहिरहन्छ त्यनि नै मनलाई पिरोलिरहन्छ ।
४. शत्रुता राख्नुहुँदैन । चित्त नबुझेको कुरा मनमा राख्नुहुँदैन । बाहिर ठाउँमा भन्नुपर्छ । यसबाट मनमा शान्त हुन्छ ।
५. महत्वाकांक्ष र नामको भोकले मानसिक तनाव जन्माउँछ । यसको पछाडि लाग्नुहँदैन ।
६. जीवनका विविध पक्षहरुलाई सरल र सहज रुपले ग्रहण गर्न सिक्नुपर्छ । सबै विचारकै कुरा हो । जस्तो सोच्यो त्यस्तै हुन्छ । पानी पर्दा रमाउन पनि सकिन्छ, दुःखी हुन पनि सकिन्छ । घरमा पाहुना आउँदा सुखी हुन पनि सकिन्छ, दुःखी हुन पनि सकिन्छ ।
________________________

Sunday, November 17, 2013

नेपालद्वारा केन्या ६ विकेटले पराजित.

आफ्नो दोस्रो खेलमा नेपालले केन्यामाथि ६ विकेटको जित निकालेको हो । जितसँगै नेपाल ४ अंकका साथ समूह बीको दोस्रो स्थानमा छ । समान ४ अंक जोडेको पपुवा न्यूगिनी रन रेटमा अघि रहँदै शीर्ष स्थानमा छ ।
केन्याले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि कप्तान पारस खड्काले अविजित ५४ रन बनाए भने सुवास खलुरेलले समान ५४ रन जोडे ।
आक्रमक ब्याटिङ गरेका सरद् भेसवाकरले ६ बलमा तीन छक्काको मदतमा ३२ रन जोडे । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा सरदले पहिलो बलमा छक्का हाने भने त्यसपछि २ रन लिएर स्ट्राइक आफैंसँग राखे । त्यसपछिको दुई बलमा लगातार छक्का हानेका उनले नेपाललाई जित दिलाए । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले २२ बलमा ३२ रन बनाए भने विनोद भण्डारीले १२ रन बनाए भने ओपनर प्रदिप ऐरी पहिलो विकेटका रुपमा १ रनमै आउट भएका थिए ।

यसअघि पहिले व्याटिङ गरेको केन्याले रकेप पटेलको शतकको मदतमा २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । आक्रमक ब्याटिङ गरेका पटेल १ सय ३ रनमा नेपाली कप्तान पारसको बलमा आउट भए । उनले सरदको बलमा एकै ओभरमा ३० रन लिएका थिए ।
नेपालका जितेन्द्र मुखिया र बसन्त रेग्मीले २/२ तथा पारसले १ विकेट लिएका थिए । नेपालले सोमबार आफ्नो तेस्रो खेलमा स्कटल्याण्डको सामना गर्नेछ ।
-
Kenya 182/7 (20/20 ov)
Nepal 186/4 (19.4/20 ov)
Nepal won by 6 wickets (with 2 balls remaining)

ICC World Twenty20 Qualifier - 15th Match, Group B
Kenya innings (20 overs maximum) R M B 4s 6s SR
View dismissal SO Tikolo c Sagar Pun b Mukhiya 11 12 6 1 1 183.33
View dismissal AA Obanda c Malla b Regmi 3 5 5 0 0 60.00
View dismissal CO Obuya* c †Khakurel b Mukhiya 6 8 6 0 1 100.00
View dismissal MA Ouma†  b Regmi 37 63 37 1 2 100.00
View dismissal TM Odoyo run out (Khadka) 7 16 11 0 0 63.63
View dismissal RR Patel  b Khadka 103 44 45 5 10 228.88
View dismissal RG Aga run out (Regmi) 0 6 1 0 0 0.00
NN Odhiambo not out 2 7 4 0 0 50.00
SO Ngoche not out 10 4 5 2 0 200.00
Extras (lb 1, w 2) 3

Total (7 wickets; 20 overs) 182 (9.10 runs per over)

Fall of wickets 1-8 (Obanda, 1.1 ov), 2-20 (Tikolo, 2.4 ov), 3-20 (Obuya, 2.5 ov), 4-32 (Odoyo, 6.4 ov), 5-163 (Patel, 17.6 ov), 6-169 (Ouma, 18.2 ov), 7-171 (Aga, 18.6 ov)

Bowling O M R W Econ
View wickets JK Mukhiya 4 0 31 2 7.75
View wickets B Regmi 4 0 34 2 8.50 (1w)
View wicket P Khadka 4 0 25 1 6.25 (1w)
SP Gauchan 4 0 24 0 6.00
Sagar Pun 3 0 37 0 12.33
S Vesawkar 1 0 30 0 30.00

Nepal innings (target: 183 runs from 20 overs) R M B 4s 6s SR
SP Khakurel† run out (Obuya) 54 62 48 6 0 112.50
P Airee c Patel b Aga 1 4 3 0 0 33.33
G Malla st †Ouma b Varaiya 32 36 22 6 0 145.45
P Khadka* not out 54 40 31 3 4 174.19
B Bhandari  b Odhiambo 12 14 8 1 0 150.00
S Vesawkar not out 23 5 6 0 3 383.33
Extras (lb 1, w 9) 10

Total (4 wickets; 19.4 overs) 186 (9.45 runs per over)

Fall of wickets 1-6 (Airee, 1.1 ov), 2-83 (Malla, 10.3 ov), 3-128 (Khakurel, 15.5 ov), 4-163 (Bhandari, 18.4 ov)

Bowling O M R W Econ
E Otieno 4 0 44 0 11.00
RG Aga 3.4 0 38 1 10.36
NN Odhiambo 4 0 40 1 10.00 (1w)
HA Varaiya 3 0 26 1 8.66 (2w)
SO Tikolo 1 0 10 0 10.00 (1w)
SO Ngoche 2 0 12 0 6.00
CO Obuya 2 0 15 0 7.50 (1w)
Match details
Toss Nepal, who chose to field   
Points Nepal 2, Kenya ०

Saturday, November 16, 2013

ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात l

यूएइमा आजदेखि  सुरु ट्वान्टी ट्वान्टी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । डेनमार्कले दिएको ८० रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान पारस खड्काले ४८ रन बनाए ।

युएईमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको डेनमार्कले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर ७९ रन बनायो । सुरुदेखिनै खराब प्रदर्शन गरेको डेनमार्कले दोस्रो ओभरमै विकेट गुमाएको थियो ।
नेपालको पनि सुरुवात राम्रो रहेन । नेपालका प्रदिप ऐरी र ज्ञानेन्द्र मल्लले खातै खोल्न सकेनन् । नेपालका लागि सुवास खकुरेलले १७ रनको योगदान गरे ।
बलिङतर्फ नेपालका सागर पुनले तीन तथा बसन्त रेग्मी र जितेन्द्र मुखियाले दुई/दुई विकेट लिए ।
समूह ए का आयरल्याण्ड र नामिबिया, युएई र युगाण्डा, क्यानडा र अमेरिका, हङ्गकङ्ग र ईटलीबीच पनि खेल हुँदैछ । यो प्रतियोगितामा शीर्ष ६ स्थानमा पर्नेले सन् २०१४ मा बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।