Headeradd

Saturday, November 16, 2013

ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात l

यूएइमा आजदेखि  सुरु ट्वान्टी ट्वान्टी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । डेनमार्कले दिएको ८० रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान पारस खड्काले ४८ रन बनाए ।

युएईमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको डेनमार्कले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर ७९ रन बनायो । सुरुदेखिनै खराब प्रदर्शन गरेको डेनमार्कले दोस्रो ओभरमै विकेट गुमाएको थियो ।
नेपालको पनि सुरुवात राम्रो रहेन । नेपालका प्रदिप ऐरी र ज्ञानेन्द्र मल्लले खातै खोल्न सकेनन् । नेपालका लागि सुवास खकुरेलले १७ रनको योगदान गरे ।
बलिङतर्फ नेपालका सागर पुनले तीन तथा बसन्त रेग्मी र जितेन्द्र मुखियाले दुई/दुई विकेट लिए ।
समूह ए का आयरल्याण्ड र नामिबिया, युएई र युगाण्डा, क्यानडा र अमेरिका, हङ्गकङ्ग र ईटलीबीच पनि खेल हुँदैछ । यो प्रतियोगितामा शीर्ष ६ स्थानमा पर्नेले सन् २०१४ मा बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।

No comments: