Headeradd

Wednesday, November 27, 2013

विश्वकप टि ट्वान्टी छनौट : नेपाललाई १४४ रनको लक्ष्य.



* १५ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउदै ९७ रन ।
* १४ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउँदै  ९२ रन ।
* १४.१ ओभरमा नेपालको अर्को विकेट गुम्यो ।
* १३ औ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ८७ रनमा खेल्दै
* १२ औ ओभरको समाप्तिमा नेपाल २ विकेट गमाउँदै ८१ रन ।
* एघारौ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ६८ रनमा खेल्दै । पारस र ज्ञानेद्र क्रिजमा ।
*दसौं ओभरको समाप्तिमा नेपाल २ विकेट गुमारउँदै ६४ रनमा खेल्दै ।
* नवौ ओभरको समाप्तीमा नेवाल २ विकेट गुमाउँदै ५८ रनमा खेल्दै ।
*आठौ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ५५ रनमा खेल्दै ।
* नेपाललाई दोस्रो झड्का । सागर पुन आउट । १८ बल खेलेका २० रन बनाएर आउट भए । अब क्रिजमा कप्तान पारस खड्का क्रिजमा ।
* सातौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ५२ रनमा खेल्दै ।
* नेपालको ५० रन पुरा भएको छ ।
* छैठौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ४२ रनमा खेल्दै ।
*ज्ञानेन्द्र मल्लले चौका प्रहार गरे ।
* पाँचौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ३४ रनमा खेल्दै
* सुवास खकुरेल १६ बलमा १६ रन बनाउँदै आउट भएका छन् । उनको ठाउँमा ज्ञानेन्द्र मल्ल ।
* नेपालको पहिलो विकेट क्षति ।
* चौथो ओभरको समाप्तीमा नेपाल बीना कुनै विकेटको क्षतिमा  २८ रन ।
* चौथो ओभरको पहिलो बलमै चौका प्रहार ।
* तेस्रो ओभरको समाप्तीमा नेपाल बीना कुनै विकेटको क्षतिमा १६ रन ।
* दोस्रो ओभरको समाप्तिमा नेपाल १३ रनमा खेल्दै ।
* दोस्रो ओभरको पहिलो बलमै सागर पुनद्धारा चौका प्रहार ।
* पहिलो ओभरमा नेपाल ४ रन ।
* सागर पुन र सुवास खकुरेल मैदानमा ।

नेपालको खेल सुरु भएको छ ।

 
नेपाललाई हङकङले १४४ रनको लक्ष्य दिएको छ । 
* अन्तिम ओभरमा जितेन्द्रले ११ रन दिएका छन् । यो सँगै हङकङ ८ विकेटको क्षतिमा १४३ रनमा समेटियो ।
* अन्तिम ओभर लिएर जितेन्द्र आएका छन् ।
* १९ ओभरको समाप्तिमा हङहङ ७ विकेट गुमाउदै १३२ रन ।
* १९.१ बलमा नेपाललाई सातौ सफलता । अभिनास कर्णले लिए विकेट ।
* १८ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाउँदै ११४ रनमा खेल्दै
* १८ औ ओभरको बलिङ लिएर बसन्त आएका छन् ।
* १७ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाएर १०८ रन
* १७औ ओभरको बलिङ लिएर शक्ति आएका छन् । 
* १६ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाएर १०३ रनमा खेल्दै
* नेपाललाई छैठौ सफलता। जितेन्द्रले लिए लगातार विकेट ।
*नेपाललाई पाँचौ सफलता । जितेन्द्रले लिए दोस्रो विकेट ।
* १६ औ ओभरको पहिलो वाइड बलमै चौका । जितेन्द्रको बलिङ ।
* १५ ओभरको समाप्तिमा हङहङ ४ विकेटको क्षतिमा ९५ रनमा खेल्दै ।
* शक्तिको पहिलो बलमै छक्का ।
* हङकङ १४ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ८६ रन ।
* हङकङ १३ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ८५ रन ।
* हङहङ १२ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ७५ रनमा खेल्दै ।
* नेपाललाई चौथो सफलता । कप्तान पारस खड्काले लिए विकेट । 
* हङकङ ११ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ७० रन।
* हङकङ १० ओभरको समाप्तिमा ३ विकेट गुमाउदै ६२ रन ।
* निजाकत खान रन आउट 
* नेपाललाई तेस्रो सफलता । हङहङ नवौ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ५८ रन बनाएको छ ।
* आठौ ओभरको समाप्तिमा हङहङ २ विकेट गुमाउदै ५१ रन । बसन्तले दिए ५ रन ।
* आठौ ओभर लिएर बसन्त रेग्मी बलिङमा ।
* सातौ ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउदै ४६ रन ।
* सातौ ओभरमा शक्ति गौचन बलिङमा । 
* छैठौ ओभरको समाप्तिमा हङहङ २ विकेट गुमाउँदै  ३९ रन । कप्तान पारस खड्काले एकै ओभरमा ११ रन दिए ।
* पाँचौ ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउँदै २८ रन ।
* अभिनास कर्णले लिए विकेट ।
* पाँचौ ओभरको पहिलो बलमा नेपाललाई दोस्रो सफलता ।
* चौथो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै २५ रन ।
* तेस्रो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै २० रन ।
* दोस्रो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै १८ रन ।
* १.४ ओभरमा नेपाललाई पहिलो सफलता ।
* नेपाललाई पहिलो सफलता, जितेन्द्र मुखियाले लिए विकेट
* हङकङ पहिलो ओभरमा ९ रन बिना कुनै विकेटको क्षतिमा ।
* हङकङ पाँचौ बलमा १ रन लेगवाई ।
* हङकङ चौथो बलमा १ रन ।
* हङकङ तेस्रो बलमा १ रन । लेग वाई ।
* हंङकङले दोस्रो बलमा चौका प्रहार गरेको छ । अभिनास कर्णको बल ।
* हङकङ पहिलो बलमा वाइड ।
* नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
 
 
संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज नेपाली क्रिकेट टिमलाई एउटा सुनौलो इतिहास बनाउने अवसर जुरेको छ। 
 
विगत १७ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा विश्वकप खेल्ने नेपालको चाहना अब केबल १ खेल मात्र टाढा छ।
 
आगामी वर्षको मार्चमा बंगलादेशको राजधानी ढाकामा हुने ट्वान्टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्दे इतिहास कोर्न नेपालले आज हङ्कङलाई हराउनै पर्ने भएका छ।
 
जारी प्रतियोगितामा भाग्यको साथ पाएर समूह बीमा तेस्रो भएको नेपालले समूह ए बाट दोस्रो भएको हङकङसँग पहिलो प्ले अफमा भिड्न लागेको हो।
 
आजको खेलमा जित हात पार्ने टिमले सोझै विश्वकपमा स्थान पाउने तेस्रो टोली बन्ने छ।
 
विश्व ट्वान्टी–२० छनोटमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको खेलमा दुबै समूहका विजेता टोली विश्व ट्वान्टी–२० लाई छनोट हुने प्रावधानअनुरुप समूह 'ए' बाट आयरल्यान्ड र समूह 'बी' बाट अफगानिस्तान ट्वान्टी–२० विश्वकपमा छानिसकेका छन् ।
 
नेपाल र हङकङको विगतको टि–ट्वान्टी खेलको नतिजा हेर्ने हो भने दुबैले समान स्तरका खेल प्रदर्शन गरेका छन्।
 
४ पटक आमने सामने भएका यि दुई टोलीले समान २–२ खेल आफ्नो पक्षमा पारेका छन्।
 
नेपालको लागि परचित र आफ्नै स्तरको प्रतिद्धन्दी पाउनु अर्को एउटा राम्रो अवसर भएपनि पछिल्लो समयमा हङकङले आफूलाई निकै सुधारेपछि नेपाललाई ठूलै तगारो बन्न सक्छ।
 
समूह एमा उत्कृष्ट प्रदर्शन गरेको हङकङले ७ खेलमा ५ जित र २ मा हार बेहोरेको छ । यता नेपालले समूह चरणमा खेलेको ७ खेलमा आफूभन्दा बलिया टोली अफगानिस्तान, स्कटल्याण्ड र नेदरल्याण्डसँग हार बेहोर्दै बाँकी ४ खेलमा जित हात पारी समूहमा तेस्रो भएको हो।
 
पहिलो पटक सन् २०१० को एसियन कपको समूह चरणमा हङकङसँग भएको भेटमा नेपाल ३० रनले पराजित भएको थियो। त्यसपछि सन् २०११ मा काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० कपको समूह चरणमा हङकङलाई २ विकेटले पराजित गरेको थियो।
 
यसपछि सन् २०१२ मा युएईमा भएको विश्वकप छनोटमा पनि नेपालले २८ रनले हङकङलाई हराएको थियो।
 
पछिल्लो समय सन् २०१३ मा राजधानीमा भएको एसिसी ट्वान्टी–२० कपमा हङकङसँग ६ विकेटको पराजय बेहोरेको थियो।
 
आज नेपाली दर्शकले स्टार क्रिकेट र एनटिभी २ बाट प्रत्यक्ष हेर्ने खेलमा नेपालले हङकङलाई पन्छाए १७ वर्षे नेपाली क्रिकेट इतिहासमै सबैभन्दा ठूलो, महत्वपूर्ण र ऐतिहासिक दिन बुधबार बन्ने छ। तथापी हङकङसँग हार बेहोरेपनि अर्को एउटा मौका नेपालका लागि जिवितै रहने छ।
 
नामिबिया र पपुवा न्युगिनीबीच हुने अर्को प्ले अफको विजेतालाई पराजित गर्नसके नेपालले बंगलादेशको टिकट पाउने पक्का छ।

No comments: