Headeradd

Saturday, November 30, 2013

बदाम खानुहोस्, लामो समय बाँच्नुहोस्

nut(एजेन्सी)–एक ताजा सोधका अनुसार नियमित रुपमा बदाम खानाले मानिस लामो उमेर बाँच्ने बताइएको छ । न्यू इंगल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोधका अनुसार दैनिक बदाम चपाएर खाने मानिसहरुलाई बदामले सबैभन्दा बढी फाइदा गर्ने बताएको छ । यद्यपी ब्रिटिश आर्ट फाउन्डेसनका अनुसार बदाम र लामो उमेरबीच सम्बन्ध भए नभएको थाहा पाउन अझ धेरै अनुसन्धान आवश्यक भएको बताएको छ । अमेरिकी टीमले यो शोधमा एक लाख २० हजार मानिसहरुमाथि ३० वर्षसम्म याद गरिएको थियो । दैनिक एक मुट्ठी बदाम खाने गरेमा मृत्युदर २० प्रतिशत कम हुने बताइएको छ .nut

No comments: