Headeradd

Thursday, November 28, 2013

नेपाल विश्वकपमा


संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हङकङलाई हराउँदै पहिलोपटक विश्वकप टी-ट्वान्टीमा छनोट भएको छ ।
नेपाली क्रिकेट टिमले खेलेको १७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा हालसम्म पाएको सबैभन्दा ठूलो सफलता हो ।
बुधबार हंङकङले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले अन्तिम बलमा ५ विकेट गुमाउदै पुरा गरेको हो ।
नेपालको जितमा कप्तान पारस खड्काको ३९ बलमा बनाएको सर्वाधिक ४६ रन तथा शरद भेसवाकरको ७ बलमा बनाएको अभिजित १३ रन महत्वपूर्ण रह्यो ।
 यस्तै नेपालका लागि  सुवास खकुरेलले १६,  सागर पुन २२ ज्ञानेन्द्र मल्ल ३०  विनोद भण्डारी ७ र प्रदीप ऐरीले ३ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारीत २० ओभरको खेलमा ८ विकेट गुमाउदै १४३ रन बनाएको थियो । हङकङलाई सस्तैमा समेट्न नेपालका जितेन्द्र मुखियाले ३ अभिनास कर्णले २ तथा कप्तान पारस खड्काले १ विकेट लिएका थिए । बाँकी २ खेलाडी रन आउट भएका थिए ।
आगामी वर्षको मार्चमा बंगलादेशको राजधानी ढाकामा हुने ट्वान्टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्दे इतिहास कोर्न नेपालले आज हङ्कङलाई हराएको हो।
जारी प्रतियोगितामा भाग्यको साथ पाएर समूह बीमा तेस्रो भएको नेपालले समूह ए बाट दोस्रो भएको हङकङलाई अन्तिम बलमा हराएको हो ।
आजको खेलमा जित हात पार्दै नेपाल सोझै विश्वकपमा स्थान पाउने तेस्रो टोली बनेको छ ।
विश्व ट्वान्टी–२० छनोटमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको खेलमा दुबै समूहका विजेता टोली विश्व ट्वान्टी–२० लाई छनोट हुने प्रावधानअनुरुप समूह 'ए' बाट आयरल्यान्ड र समूह 'बी' बाट अफगानिस्तान यसअघि नै ट्वान्टी–२० विश्वकपमा छानिसकेका छन् ।

हेर्नुहोस् भिडियोमा नेपालले कसरी हरायो हङकङलाई

हेर्नुहोस् नेपालको बलिङ यस्तो थियो ।

* २० ओभरमा नेपालले जित हात पारेको छ ।
* १९ औ ओभरको पहिलो बलमा २ रन दोस्रो बलमा  चौका ।
*१२ बलमा नेपाललाई जितका लागिस २६ रन आवश्यक ।
* १८ ओभरको समाप्तिमा नेपाल ४ विकेटको क्षतिमा नेपाल ११८रन ।
* १७ ओभरको समाप्तिमा नेपाल ४ विकेट गुमाउँदै ११३ रनमा खेल्दै 
* १६ ओभरको समाप्तिमा नेपाल १०४ रन ।
* १५ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउदै ९७ रन ।
* १४ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउँदै  ९२ रन ।
* १४.१ ओभरमा नेपालको अर्को विकेट गुम्यो ।
* १३ औ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ८७ रनमा खेल्दै
* १२ औ ओभरको समाप्तिमा नेपाल २ विकेट गमाउँदै ८१ रन ।
* एघारौ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ६८ रनमा खेल्दै । पारस र ज्ञानेद्र क्रिजमा ।
*दसौं ओभरको समाप्तिमा नेपाल २ विकेट गुमारउँदै ६४ रनमा खेल्दै ।
* नवौ ओभरको समाप्तीमा नेवाल २ विकेट गुमाउँदै ५८ रनमा खेल्दै ।
*आठौ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ५५ रनमा खेल्दै ।
* नेपाललाई दोस्रो झड्का । सागर पुन आउट । १८ बल खेलेका २० रन बनाएर आउट भए । अब क्रिजमा कप्तान पारस खड्का क्रिजमा ।
* सातौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ५२ रनमा खेल्दै ।
* नेपालको ५० रन पुरा भएको छ ।
* छैठौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ४२ रनमा खेल्दै ।
*ज्ञानेन्द्र मल्लले चौका प्रहार गरे ।
* पाँचौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ३४ रनमा खेल्दै
* सुवास खकुरेल १६ बलमा १६ रन बनाउँदै आउट भएका छन् । उनको ठाउँमा ज्ञानेन्द्र मल्ल ।
* नेपालको पहिलो विकेट क्षति ।
* चौथो ओभरको समाप्तीमा नेपाल बीना कुनै विकेटको क्षतिमा  २८ रन ।
* चौथो ओभरको पहिलो बलमै चौका प्रहार ।
* तेस्रो ओभरको समाप्तीमा नेपाल बीना कुनै विकेटको क्षतिमा १६ रन ।
* दोस्रो ओभरको समाप्तिमा नेपाल १३ रनमा खेल्दै ।
* दोस्रो ओभरको पहिलो बलमै सागर पुनद्धारा चौका प्रहार ।
* पहिलो ओभरमा नेपाल ४ रन ।
* सागर पुन र सुवास खकुरेल मैदानमा ।

नेपालको खेल सुरु भएको छ ।

 
नेपाललाई हङकङले १४४ रनको लक्ष्य दिएको छ । 
* अन्तिम ओभरमा जितेन्द्रले ११ रन दिएका छन् । यो सँगै हङकङ ८ विकेटको क्षतिमा १४३ रनमा समेटियो ।
* अन्तिम ओभर लिएर जितेन्द्र आएका छन् ।
* १९ ओभरको समाप्तिमा हङहङ ७ विकेट गुमाउदै १३२ रन ।
* १९.१ बलमा नेपाललाई सातौ सफलता । अभिनास कर्णले लिए विकेट ।
* १८ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाउँदै ११४ रनमा खेल्दै
* १८ औ ओभरको बलिङ लिएर बसन्त आएका छन् ।
* १७ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाएर १०८ रन
* १७औ ओभरको बलिङ लिएर शक्ति आएका छन् । 
* १६ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाएर १०३ रनमा खेल्दै
* नेपाललाई छैठौ सफलता। जितेन्द्रले लिए लगातार विकेट ।
*नेपाललाई पाँचौ सफलता । जितेन्द्रले लिए दोस्रो विकेट ।
* १६ औ ओभरको पहिलो वाइड बलमै चौका । जितेन्द्रको बलिङ ।
* १५ ओभरको समाप्तिमा हङहङ ४ विकेटको क्षतिमा ९५ रनमा खेल्दै ।
* शक्तिको पहिलो बलमै छक्का ।
* हङकङ १४ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ८६ रन ।
* हङकङ १३ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ८५ रन ।
* हङहङ १२ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ७५ रनमा खेल्दै ।
* नेपाललाई चौथो सफलता । कप्तान पारस खड्काले लिए विकेट । 
* हङकङ ११ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ७० रन।
* हङकङ १० ओभरको समाप्तिमा ३ विकेट गुमाउदै ६२ रन ।
* निजाकत खान रन आउट 
* नेपाललाई तेस्रो सफलता । हङहङ नवौ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ५८ रन बनाएको छ ।
* आठौ ओभरको समाप्तिमा हङहङ २ विकेट गुमाउदै ५१ रन । बसन्तले दिए ५ रन ।
* आठौ ओभर लिएर बसन्त रेग्मी बलिङमा ।
* सातौ ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउदै ४६ रन ।
* सातौ ओभरमा शक्ति गौचन बलिङमा । 
* छैठौ ओभरको समाप्तिमा हङहङ २ विकेट गुमाउँदै  ३९ रन । कप्तान पारस खड्काले एकै ओभरमा ११ रन दिए ।
* पाँचौ ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउँदै २८ रन ।
* अभिनास कर्णले लिए विकेट ।
* पाँचौ ओभरको पहिलो बलमा नेपाललाई दोस्रो सफलता ।
* चौथो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै २५ रन ।
* तेस्रो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै २० रन ।
* दोस्रो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै १८ रन ।
* १.४ ओभरमा नेपाललाई पहिलो सफलता ।
* नेपाललाई पहिलो सफलता, जितेन्द्र मुखियाले लिए विकेट
* हङकङ पहिलो ओभरमा ९ रन बिना कुनै विकेटको क्षतिमा ।
* हङकङ पाँचौ बलमा १ रन लेगवाई ।
* हङकङ चौथो बलमा १ रन ।
* हङकङ तेस्रो बलमा १ रन । लेग वाई ।
* हंङकङले दोस्रो बलमा चौका प्रहार गरेको छ । अभिनास कर्णको बल ।
* हङकङ पहिलो बलमा वाइड ।
* नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

No comments: