Headeradd

Wednesday, November 27, 2013

विश्वकप टि ट्वान्टी छनौट : नेपाललाई १४४ रनको लक्ष्य.



* १५ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउदै ९७ रन ।
* १४ ओभरको समाप्तिमा नेपाल ३ विकेट गुमाउँदै  ९२ रन ।
* १४.१ ओभरमा नेपालको अर्को विकेट गुम्यो ।
* १३ औ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ८७ रनमा खेल्दै
* १२ औ ओभरको समाप्तिमा नेपाल २ विकेट गमाउँदै ८१ रन ।
* एघारौ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ६८ रनमा खेल्दै । पारस र ज्ञानेद्र क्रिजमा ।
*दसौं ओभरको समाप्तिमा नेपाल २ विकेट गुमारउँदै ६४ रनमा खेल्दै ।
* नवौ ओभरको समाप्तीमा नेवाल २ विकेट गुमाउँदै ५८ रनमा खेल्दै ।
*आठौ ओभरको समाप्तिमा नेपाल २ विकेट गुमाउँदै ५५ रनमा खेल्दै ।
* नेपाललाई दोस्रो झड्का । सागर पुन आउट । १८ बल खेलेका २० रन बनाएर आउट भए । अब क्रिजमा कप्तान पारस खड्का क्रिजमा ।
* सातौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ५२ रनमा खेल्दै ।
* नेपालको ५० रन पुरा भएको छ ।
* छैठौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ४२ रनमा खेल्दै ।
*ज्ञानेन्द्र मल्लले चौका प्रहार गरे ।
* पाँचौ ओभरको समाप्तिमा नेपाल १ विकेट गुमाउँदै ३४ रनमा खेल्दै
* सुवास खकुरेल १६ बलमा १६ रन बनाउँदै आउट भएका छन् । उनको ठाउँमा ज्ञानेन्द्र मल्ल ।
* नेपालको पहिलो विकेट क्षति ।
* चौथो ओभरको समाप्तीमा नेपाल बीना कुनै विकेटको क्षतिमा  २८ रन ।
* चौथो ओभरको पहिलो बलमै चौका प्रहार ।
* तेस्रो ओभरको समाप्तीमा नेपाल बीना कुनै विकेटको क्षतिमा १६ रन ।
* दोस्रो ओभरको समाप्तिमा नेपाल १३ रनमा खेल्दै ।
* दोस्रो ओभरको पहिलो बलमै सागर पुनद्धारा चौका प्रहार ।
* पहिलो ओभरमा नेपाल ४ रन ।
* सागर पुन र सुवास खकुरेल मैदानमा ।

नेपालको खेल सुरु भएको छ ।

 
नेपाललाई हङकङले १४४ रनको लक्ष्य दिएको छ । 
* अन्तिम ओभरमा जितेन्द्रले ११ रन दिएका छन् । यो सँगै हङकङ ८ विकेटको क्षतिमा १४३ रनमा समेटियो ।
* अन्तिम ओभर लिएर जितेन्द्र आएका छन् ।
* १९ ओभरको समाप्तिमा हङहङ ७ विकेट गुमाउदै १३२ रन ।
* १९.१ बलमा नेपाललाई सातौ सफलता । अभिनास कर्णले लिए विकेट ।
* १८ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाउँदै ११४ रनमा खेल्दै
* १८ औ ओभरको बलिङ लिएर बसन्त आएका छन् ।
* १७ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाएर १०८ रन
* १७औ ओभरको बलिङ लिएर शक्ति आएका छन् । 
* १६ ओभरको समाप्तिमा हङहङ ६ विकेट गुमाएर १०३ रनमा खेल्दै
* नेपाललाई छैठौ सफलता। जितेन्द्रले लिए लगातार विकेट ।
*नेपाललाई पाँचौ सफलता । जितेन्द्रले लिए दोस्रो विकेट ।
* १६ औ ओभरको पहिलो वाइड बलमै चौका । जितेन्द्रको बलिङ ।
* १५ ओभरको समाप्तिमा हङहङ ४ विकेटको क्षतिमा ९५ रनमा खेल्दै ।
* शक्तिको पहिलो बलमै छक्का ।
* हङकङ १४ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ८६ रन ।
* हङकङ १३ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ८५ रन ।
* हङहङ १२ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ७५ रनमा खेल्दै ।
* नेपाललाई चौथो सफलता । कप्तान पारस खड्काले लिए विकेट । 
* हङकङ ११ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ७० रन।
* हङकङ १० ओभरको समाप्तिमा ३ विकेट गुमाउदै ६२ रन ।
* निजाकत खान रन आउट 
* नेपाललाई तेस्रो सफलता । हङहङ नवौ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ५८ रन बनाएको छ ।
* आठौ ओभरको समाप्तिमा हङहङ २ विकेट गुमाउदै ५१ रन । बसन्तले दिए ५ रन ।
* आठौ ओभर लिएर बसन्त रेग्मी बलिङमा ।
* सातौ ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउदै ४६ रन ।
* सातौ ओभरमा शक्ति गौचन बलिङमा । 
* छैठौ ओभरको समाप्तिमा हङहङ २ विकेट गुमाउँदै  ३९ रन । कप्तान पारस खड्काले एकै ओभरमा ११ रन दिए ।
* पाँचौ ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउँदै २८ रन ।
* अभिनास कर्णले लिए विकेट ।
* पाँचौ ओभरको पहिलो बलमा नेपाललाई दोस्रो सफलता ।
* चौथो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै २५ रन ।
* तेस्रो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै २० रन ।
* दोस्रो ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै १८ रन ।
* १.४ ओभरमा नेपाललाई पहिलो सफलता ।
* नेपाललाई पहिलो सफलता, जितेन्द्र मुखियाले लिए विकेट
* हङकङ पहिलो ओभरमा ९ रन बिना कुनै विकेटको क्षतिमा ।
* हङकङ पाँचौ बलमा १ रन लेगवाई ।
* हङकङ चौथो बलमा १ रन ।
* हङकङ तेस्रो बलमा १ रन । लेग वाई ।
* हंङकङले दोस्रो बलमा चौका प्रहार गरेको छ । अभिनास कर्णको बल ।
* हङकङ पहिलो बलमा वाइड ।
* नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
 
 
संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज नेपाली क्रिकेट टिमलाई एउटा सुनौलो इतिहास बनाउने अवसर जुरेको छ। 
 
विगत १७ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा विश्वकप खेल्ने नेपालको चाहना अब केबल १ खेल मात्र टाढा छ।
 
आगामी वर्षको मार्चमा बंगलादेशको राजधानी ढाकामा हुने ट्वान्टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्दे इतिहास कोर्न नेपालले आज हङ्कङलाई हराउनै पर्ने भएका छ।
 
जारी प्रतियोगितामा भाग्यको साथ पाएर समूह बीमा तेस्रो भएको नेपालले समूह ए बाट दोस्रो भएको हङकङसँग पहिलो प्ले अफमा भिड्न लागेको हो।
 
आजको खेलमा जित हात पार्ने टिमले सोझै विश्वकपमा स्थान पाउने तेस्रो टोली बन्ने छ।
 
विश्व ट्वान्टी–२० छनोटमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको खेलमा दुबै समूहका विजेता टोली विश्व ट्वान्टी–२० लाई छनोट हुने प्रावधानअनुरुप समूह 'ए' बाट आयरल्यान्ड र समूह 'बी' बाट अफगानिस्तान ट्वान्टी–२० विश्वकपमा छानिसकेका छन् ।
 
नेपाल र हङकङको विगतको टि–ट्वान्टी खेलको नतिजा हेर्ने हो भने दुबैले समान स्तरका खेल प्रदर्शन गरेका छन्।
 
४ पटक आमने सामने भएका यि दुई टोलीले समान २–२ खेल आफ्नो पक्षमा पारेका छन्।
 
नेपालको लागि परचित र आफ्नै स्तरको प्रतिद्धन्दी पाउनु अर्को एउटा राम्रो अवसर भएपनि पछिल्लो समयमा हङकङले आफूलाई निकै सुधारेपछि नेपाललाई ठूलै तगारो बन्न सक्छ।
 
समूह एमा उत्कृष्ट प्रदर्शन गरेको हङकङले ७ खेलमा ५ जित र २ मा हार बेहोरेको छ । यता नेपालले समूह चरणमा खेलेको ७ खेलमा आफूभन्दा बलिया टोली अफगानिस्तान, स्कटल्याण्ड र नेदरल्याण्डसँग हार बेहोर्दै बाँकी ४ खेलमा जित हात पारी समूहमा तेस्रो भएको हो।
 
पहिलो पटक सन् २०१० को एसियन कपको समूह चरणमा हङकङसँग भएको भेटमा नेपाल ३० रनले पराजित भएको थियो। त्यसपछि सन् २०११ मा काठमाडौंमा भएको एसिसी ट्वान्टी–२० कपको समूह चरणमा हङकङलाई २ विकेटले पराजित गरेको थियो।
 
यसपछि सन् २०१२ मा युएईमा भएको विश्वकप छनोटमा पनि नेपालले २८ रनले हङकङलाई हराएको थियो।
 
पछिल्लो समय सन् २०१३ मा राजधानीमा भएको एसिसी ट्वान्टी–२० कपमा हङकङसँग ६ विकेटको पराजय बेहोरेको थियो।
 
आज नेपाली दर्शकले स्टार क्रिकेट र एनटिभी २ बाट प्रत्यक्ष हेर्ने खेलमा नेपालले हङकङलाई पन्छाए १७ वर्षे नेपाली क्रिकेट इतिहासमै सबैभन्दा ठूलो, महत्वपूर्ण र ऐतिहासिक दिन बुधबार बन्ने छ। तथापी हङकङसँग हार बेहोरेपनि अर्को एउटा मौका नेपालका लागि जिवितै रहने छ।
 
नामिबिया र पपुवा न्युगिनीबीच हुने अर्को प्ले अफको विजेतालाई पराजित गर्नसके नेपालले बंगलादेशको टिकट पाउने पक्का छ।

Tuesday, November 26, 2013

कसरी छानिन्छन् समानुपातिक सभासद ?


राष्ट्रपतिदेखि नेतासम्म सबैमा अलमल

१० मंसिर, काठमाडौं । प्रत्यक्षतर्फको चुनावी परिणाम आइसकेपछि यतिबेला धमाधम समानुपातिकतर्फको मतगणना भइरहेको छ । तर, दलले प्राप्त गरेको मतका आधारमा समानुपातिक सभासदहरुको छनौट कसरी गरिन्छ भन्नेबारे राष्ट्रपतिदेखि दलका नेताहरुमा समेत अलमलमा देखिएको छ । कतिपयले चाँहि दलले प्राप्त गरेको मतलाई ३ सय ३५ ले भाग गर्दा आउने मतसंख्या बराबर १ सीट जित्ने हिसाब निकालिरहेका छन् । तर, त्यसरी निकालिने हिसाब सही हुँदैन । समानुपातिक सभासद छान्ने एउटा निश्चित सूत्र छ, जसबारे संविधानसभा निर्वाचन अध्यादेशको अनुसूचि ३ मा सविस्तार उल्लेख गरिएको छ ।
०६४ सालको थ्रेसहोल्ड २३ हजार
पहिलो संविधानसभा चुनावमा समानुपातिकतर्फ खसेको कुल सदर मत १ करोड ७ लाख ३९ हजार ७८ रहेको थियो । यसलाई ३३५ सीट संख्याले भाग गर्ने हो भने ३२०५६ हुन आउँछ । तर, ०६४ सालको संविधानसभामा २३ हजार ५ सय १२ मत ल्याउने परिवार दललेसमेत एक सीट पाएको थियो । त्यस्तै प्रेमबहादुर सिंहको लोकतान्त्रिक समाजवादी दलले २५ हजार मत ल्याएर १ सीट जितेको थियो । मुल मतसंख्यालाई सीट संख्याले भाग गरेकै आधारमा समानुपातिकको सीट निस्कने भने अघिल्लो चुनावमा ३२ हजार ५६ भन्दा कम मत ल्याउने परिवार दल लगायतले सीट हासिल गर्न सक्ने थिएनन् । तर, समानुपातिकको मत गणनासम्बन्धी अलग्गै सूत्रका कारण २३ हजार ल्याउनेले पनि चुनाव जित्न सम्भव भएको हो ।
यस्तो थियो ०६४ को परिणाम
पहिलो संविधानसभामा खसेको कुल सदर मत १ करोड ७ लाख ३९ हजार ७८ रहे पनि समानुपातिकको गणनामा नपरी खेर गएको मत संख्या २ लाख ६७ हजार ४ सय ४८ थियो । पहिलो चुनावमा समानुपातिक निर्वाचनमा ५४ दलको सहभागिता रहे पनि २५ वटा दलमात्रै संविधानसभामा आउन सफल भएका थिए । यीमध्ये ६ वटा दल एकसीटे थिए भने दुई सीट जित्ने दलहरुको संख्या पनि ६ रहेको थियो । त्यसैगरी दुईवटा दलले ३ सीट, एउटा दलले ४ सीट र दुईवटा दलले ८/८ सीट जितेका थिए । १० भन्दा माथि समानुपातिक सीट जित्ने दलहरुको संख्या ५ मात्रै थियो । पहिलो चुनावमा समानुपातिकतर्फ एमाओवादीले १ सय सीट, कांग्रेसले ७३, एमालेले ७०, मधेसी जनअधिकार फोरमले २२ र तमलोपाले ११ सीट जितेका थिए ।
दोस्रो संविधानसभाको अनुमान
अघिल्लो चुनावमा भन्द कम मतदाता भएकाले यसपालि करिब ७०/७५ लाखको हाराहारीमा सदर मत देखिने सम्भावना छ । विगतमा ५४ दलले मात्रै समानुपातिकमा भाग लिएको र हाल १ सय २२ दल सहभागी भएकाले विगतको भन्दा धेरै मत खेर जाने देखिन्छ । जस्तो कि थ्रेस होल्डभन्दा कम मत ल्याउने दलहरुको मत खेर जान्छ, अघिल्लो निर्वाचनमा २६ औं दलदेखि ५४ औं दलले प्राप्त गरेको २ लाख ६७ हजार मत खेर गएजस्तै ।
तर, अहिलेको चुनावमा समानुपातिकतर्फ सीट जित्नका लागि विगतमा जस्तो २३ हजार मत ल्याइराख्नुपर्दैन । संभवतः २० हजार भन्दा कम मत ल्याउने दलले पनि संविधानसभामा एक सीटमा भए पनि सहभागिता जनाउन पाउँछ । विगतमा २५ दल मात्रै सहभागी भएको संविधानसभामा यसपालि भने ३० दलसम्म पुग्ने सम्भावना छ ।
कसरी गरिन्छ छनौट ?
समानुपातिक तफृको मत गणना गर्ने विधि संविधानसभा निर्वातन अध्यादेश-२०७० को अनुस्ची ३ मा दिइएको छ । त्यहाँ उल्लेख  गरिएको विधि अनुसार मत विभाजक सूत्र अनुसार प्रत्येक दलको खसेको मतलाई क्योसेन्ट पद्दतिबाट विभिन्न भाजकहरुले विभाजन गरिन्छ । जस्तो कि शुरुमा १.४ ले दलको मतलाई भाग गरिन्छ भने त्यसपछि ३, ५, ७, ९, ११, १३ आदि विजोर अंकले भाग गर्दै ३ सय ३५ सीटसम्म सीट नसकिँदासम्म यसैगरी भाग गरिन्छ । त्यसबाट भागफल प्राप्त भएपछि ठूलो भागफललाई सीटसंख्याका रुपमा जोड्दै तलतर्फ झरिन्छ र सीटको बाँडफाँड गरिन्छ । तर, निर्वाचन आयोगसँग यसबारेमा विशेष प्रकारको सफ्वेयर भएकाले सीट संख्या गणना गर्न अप्ठ्यारो भने पर्दैन ।जस्तै, १३ लाख कुल मतदाता रहेको अवस्थामा पाँचवटा दलबाट समानुपातिक सीट बाँड्नुपर्‍यो भने निम्नि अनुसारको विधि अपनाइने अध्यादेशको अनुसूची ३ मा उदाहरण दिइएको छ -
Samanupatik

Thursday, November 21, 2013

आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट : नेपाल र अफगानिस्तान भोलि खेल्ने.


काठमाडौं, मङ्सिर ६ – दुबईमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने आफ्नो छैटौँ खेलमा नेपालले अफगानिस्तनको सामना गर्नेछ ।

पाँच खेल खेलेको नेपाल तीन खेलमा जित र दुई खेलमा हार बेहोर्दै समूह ‘बी’को तेस्रो स्थानमा रहेको छ । नेपालको अङ्क तालिकामा ६ अङ्क रहेको छ ।
प्रतियोगिताको समूह ‘बी’मा नेपालसहित डेनमार्क, केन्या, स्कटल्यान्ड, पपुवा न्युगिनी, नेदरल्यान्ड, बर्मुडा र अफगानिस्तान रहेका छन् ।
समूह ‘ए’मा आयरल्यान्ड, क्यानडा, युएई, नामिबिया, हङकङ, युगान्डा, संयुक्त राज्य अमेरिका र इटली छन् ।
समूह ‘ए’को शीर्ष स्थानमा हालसम्म आयरल्यान्ड छ भने दोस्रो स्थानमा हङकङ रेहेको छ । दुवैको समान ८ अङ्क भए पनि ‘नेट रन रेट’का आधारमा आयरल्यान्ड अग्र स्थानमा रहन सफल भएको हो । युएई ६ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।
कुल १६ टोली सम्मिलित प्रतियोगिताको शीर्ष ६ मा पर्ने टोलीले आगामी वर्ष बङ्गलादेशमा हुने टी–२० विश्वकपमा सहभागी हुन पाउने छन् ।
table

Monday, November 18, 2013

मुटुको हेरचार


सम्पूण् मुटुका रोगहरुको ७५ प्रतिशत हृदयाघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ हिजोआज धेरै व्यक्तिहरुमा मुटुसँग सम्बन्धित समस्या देखिन्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन् । आजकल जीवनशैली व्यवस्थित छैन । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्युटर, टेलिभिजन, अत्यधिक मानसिक तनाव, व्यायामको कमी, पैसा कमाउने दौड यी नै हुन् संक्षिप्तमा मुटु रोग बढ्नुका प्रमुख कारणहरु ।
यसकारण जीनवशैलीलाई व्यवस्थित गर्न सकेको अवस्थामा धेरै हदसम्म मुटु रोग रोक्न सकिन्छ । मुटुरोग नियन्त्रणका लागि जीवनशैली व्यवस्थित गर्नेतर्फलाग्न जरुरी छ । सुत्ने, उठ्ने, खाने, पिउने, बानीव्यवहार, सोचाई, दिनचर्या आदि सबै जीवनशैलीभित्र पर्दछन् । सम्झन सजिलो होस् भनी जीवनशैलीलाई आहार, विहार र विचार गरी तीनवटा पक्षमा विभाजित गरेर हेन सकिन्छ । मानिसको आहार, विहार र विचारको स्वरुप नै जीवन शैली हो । यो कस्तो हुनुपर्दछ भन्नेबारे तल वर्ण्र्ाागरिएको छ ।

आहार (भोजन) कस्तो हुनुपर्दछ –
१. घ्यू-तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।
२. नून दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन । नून थपेर खाने बानी छोड्नुपर्छ ।
३. बिहान-बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तिमा एकपटक फलफूल खानुपर्छ ।
४. बेलुकीको खानामा २-३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८.०० बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । खानाको मात्रा सबैको लागि एकैनास हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । काम कम माम धेरै गर्नुहुँदैन । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नुहुँदैन, कम्तीमा दुइ घण्टापछि मात्र सुत्नुपर्छ ।
५.शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर नियन्त्रित रुपमा माछा, मासु खाएमा हानी छैन । खसी, राँगो, बँगुरले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराले कम बढाउँछ । चिल्लो नराखी माछा र कुखुरा पकाउने तरिका सिक्नुपर्छ । यस्तो खानाले हानी गर्दैन । माछामासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछामासु नखानु नै उत्तम हुन्छ ।
६. उच्च फाइवरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइवरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपातहरु हुन् । गेडागुडीलाई अंकुरित रुपमा खानु अझ बढी फाइदाजनक हुन्छ ।
७. खाना थोरै थोरै तर धेरैपल्ट खानु उचित हुन्छ । दुइ छाक खाने तर पेट कसेर खाने, खाने बित्तिकै सुत्ने, यो मुटुका लागि अत्यन्तै खतरनाक हो । आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागी थोरै खाने, धेरै पल्ट खाने र उचित खाना खाने बानी बसाल्नु हो ।
८. मुटु रोग लागिसकेकाहरुले चिकित्सकको सिफारिस अनुसार रोग अनुसारको आहार लिनुपर्छ ।
९. मोटो मानिसले तौल घटाउनुपर्छ र यसका लागि कम क्यालोरीयुक्त आहार लिनुपर्छ ।

विहार (व्यवहार) कस्तो हुनुपदर्छ –
१. व्यवस्थित सुत्ने र उठ्ने बानी एकदम महत्वपूण् छ । राती १० देखि ११ बजेभित्र सुत्नुपर्छ । शरीरलाई दैनिक ५ देखि ७ घण्टासम्मको गहिरो न्रि्रा अत्यावश्यक छ । न्रि्रा लाग्दैन भने औषधी आएर भए पनि निदाउनुपर्छ । न्रि्रा नपरेमा मुटका रोगहरु बढ्दै जान्छन् । न्रि्रा कम पर्ने मानिस बढी मोटाउँछन् अनि बढी मोटो मानिस मुटुरोगी हुन्छन् । न्रि्रा कम हुँदा दिमागमा बोझ बढ्छ, रक्तचाप, ब्लडसुगर बढ्छ, हृदयाघात हुन्छ । यी प्रमाणित तथ्य हुन् ।
२. बिहान ५ देखि ६ बजेभित्र उठ्नुपर्छ । ढिलासम्म सुत्नुहुँदेन । बिहान जति सबेरै उठ्यो मन त्यति नै बढि स्वच्छ र शरीर चंगा हुन्छ ।
३. बिहान उठेर नित्यकर्म सकेपछि व्यायाम गर्नु अनिवार्य छ । उठेपछि नियमित एक घण्टा व्यायाम गर्ने बानी बसाल्नु अति आवश्यक छ । यसलाई सुत्ने, उठ्ने, खाने, पिउनेजस्तै नियमित नित्यकर्म नै बनाउनुपर्दछ । योगासन, प्राणायाम र ध्यान सबैभन्दा उत्तम शारीरिक र मानसिक व्यायाम पद्धति हुन् । दैनिक बिहान एक घण्टा योग गर्नु मुटुरोग नियन्त्रण तर्फो प्रभावकारी कदम हो । यसबाहेक अन्य व्यायाम पद्धति पनि अनुशरण गर्न सकिन्छ ।
४. व्यायाम सकेपछि ३० मिनेट त्यस दिन गर्नुपर्ने कार्यको योजना बनाउनुपर्छ । यसो गर्ने बानी बसालेमा कार्यहरु व्यवस्थित रुपमा हडबड नगरिकन र प्रभावकारी तवरले गर्न सकिन्छ ।
५. चुरोट, सुर्ती र रक्सी पिउने बानी मुटुका लागि हानिकारक छ । यो बानी त्याग्नुपर्छ ।
६. आफ्नो क्षमताभन्दा बढी कार्यबोझ लिनुहुँदैन । नसक्ने भएपछि सक्दिन भन्न डराउनुहुँदैन । अत्यधिक कार्यबोझबाट नै उच्च रक्तचाप, हृदयाघातजस्ता रोगहरु उत्पन्न हुन्छन् । बाँच्ने आफ्नो लागि हो अरुका लागि होइन भन्ने मानसिकता बनाउनुपर्छ । हप्ताको एक दिन विश्राम आवश्यक छ । यो दिन परिवारका सदस्यहरुसँग बिताउनुपर्छ ।
७. आजको दिन, आजको काम, आजको व्यवहारलाई नै महत्व दिएर हेर्नुपर्छ, बितेको कुरा र भोलि हुने कुराहरुलाई लिएर आजको काममा बाधा उत्पन्न हुने परिस्थिति बनाउनु हँदैन ।
८. सानालाई माया र ठूलालाई आदर गर्ने बानी बसाल्नुपर्छ ।
९. किताब पढ्ने बानी बसाल्नुपर्छ । किताबाट ज्ञान-बुद्धि मात्र होइन, सुख-सन्तुष्टि पनि प्राप्त हुन सक्छ । नियमिन रुपमा कुनै न कुनै किताब पढ्ने बानी भएका व्यक्तिहरुको जीवन बढी व्यवस्थित हुन्छ । फूर्सद हुँदा, कसैलाई कुदा किताब पल्टाइहाल्नुपर्छ । आफूलाई मनपर्ने र विश्वप्रसिद्ध पुस्तकह पढ्ने गर्नुपर्छ ।
१०. वर्षो एकपल्ट परिवारका सदस्यहरुका साथ कुनै नयाँ ठाउँमा घुम्न जाने बानी बसाल्नुपर्छ । सिनेमा हेर्ने, संगीत सुन्ने आदि पनि जीवनशैलीका आवश्यक पक्ष हुन् । संगीत बिनाको जीवन निरस हुन्छ । निरोगी रहन गीत-संगित नियमिन सुन्ने गर्नुपर्छ ।
११. आफ्नो लागि गरिने कुनै पनि क्रियाकलापले अरुलाई हानी नोक्सानी पुर्‍याएको भए त्यो रोक्नुपर्छ ।

विचार (सोचाई) कस्तो हुनुपर्दछ –
१. मानसिक तनाव उत्पन्न हुने कारणहरु धन-सम्पत्ति, अन्तरव्यक्ति सम्बन्ध, कार्यबोझ, लेनदेन, महत्वाकांक्षा, नामको भोक आदि मुख्य हुन् । यी पक्षहरुको वैचारिक व्यवस्थापन महत्वपूण् मुद्दा हो । विचारमा सकारात्मक चिन्तन प्रवल रहनुपर्छ । उज्यालो पक्ष, राम्रो पक्षलाई नै समाएर हिँड्न सिक्नुपर्छ । सुख, सन्तुष्टि भन्ने कुरा विचार र मनबाट आउने मनोगत कुरारु हुन् धन-सम्पत्ति र वस्तुबाट सुख प्राप्त हुँदैन ।
२. धन कमाउनुपर्छ तर थुपारेर राख्नुहँदैन । धन कमाउनेले त्यसको उपभोग गर्नुपर्छ । धन उद्योगमा लगाएर अरुका लागि रोजगारी प्रदान गर्नुपर्छ । प्रयोग नगरी थुपारेर राखेको धनले तनाव उत्पन्न गराउँछ ।
३. कुनै पनि समस्या छ भने त्यसको स्थायी समाधानतर्फलाग्नुपर्छ । समस्या जति लामो समयसम्म रहिरहन्छ त्यनि नै मनलाई पिरोलिरहन्छ ।
४. शत्रुता राख्नुहुँदैन । चित्त नबुझेको कुरा मनमा राख्नुहुँदैन । बाहिर ठाउँमा भन्नुपर्छ । यसबाट मनमा शान्त हुन्छ ।
५. महत्वाकांक्ष र नामको भोकले मानसिक तनाव जन्माउँछ । यसको पछाडि लाग्नुहँदैन ।
६. जीवनका विविध पक्षहरुलाई सरल र सहज रुपले ग्रहण गर्न सिक्नुपर्छ । सबै विचारकै कुरा हो । जस्तो सोच्यो त्यस्तै हुन्छ । पानी पर्दा रमाउन पनि सकिन्छ, दुःखी हुन पनि सकिन्छ । घरमा पाहुना आउँदा सुखी हुन पनि सकिन्छ, दुःखी हुन पनि सकिन्छ ।
________________________

Sunday, November 17, 2013

नेपालद्वारा केन्या ६ विकेटले पराजित.

आफ्नो दोस्रो खेलमा नेपालले केन्यामाथि ६ विकेटको जित निकालेको हो । जितसँगै नेपाल ४ अंकका साथ समूह बीको दोस्रो स्थानमा छ । समान ४ अंक जोडेको पपुवा न्यूगिनी रन रेटमा अघि रहँदै शीर्ष स्थानमा छ ।
केन्याले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि कप्तान पारस खड्काले अविजित ५४ रन बनाए भने सुवास खलुरेलले समान ५४ रन जोडे ।
आक्रमक ब्याटिङ गरेका सरद् भेसवाकरले ६ बलमा तीन छक्काको मदतमा ३२ रन जोडे । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा सरदले पहिलो बलमा छक्का हाने भने त्यसपछि २ रन लिएर स्ट्राइक आफैंसँग राखे । त्यसपछिको दुई बलमा लगातार छक्का हानेका उनले नेपाललाई जित दिलाए । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले २२ बलमा ३२ रन बनाए भने विनोद भण्डारीले १२ रन बनाए भने ओपनर प्रदिप ऐरी पहिलो विकेटका रुपमा १ रनमै आउट भएका थिए ।

यसअघि पहिले व्याटिङ गरेको केन्याले रकेप पटेलको शतकको मदतमा २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । आक्रमक ब्याटिङ गरेका पटेल १ सय ३ रनमा नेपाली कप्तान पारसको बलमा आउट भए । उनले सरदको बलमा एकै ओभरमा ३० रन लिएका थिए ।
नेपालका जितेन्द्र मुखिया र बसन्त रेग्मीले २/२ तथा पारसले १ विकेट लिएका थिए । नेपालले सोमबार आफ्नो तेस्रो खेलमा स्कटल्याण्डको सामना गर्नेछ ।
-
Kenya 182/7 (20/20 ov)
Nepal 186/4 (19.4/20 ov)
Nepal won by 6 wickets (with 2 balls remaining)

ICC World Twenty20 Qualifier - 15th Match, Group B
Kenya innings (20 overs maximum) R M B 4s 6s SR
View dismissal SO Tikolo c Sagar Pun b Mukhiya 11 12 6 1 1 183.33
View dismissal AA Obanda c Malla b Regmi 3 5 5 0 0 60.00
View dismissal CO Obuya* c †Khakurel b Mukhiya 6 8 6 0 1 100.00
View dismissal MA Ouma†  b Regmi 37 63 37 1 2 100.00
View dismissal TM Odoyo run out (Khadka) 7 16 11 0 0 63.63
View dismissal RR Patel  b Khadka 103 44 45 5 10 228.88
View dismissal RG Aga run out (Regmi) 0 6 1 0 0 0.00
NN Odhiambo not out 2 7 4 0 0 50.00
SO Ngoche not out 10 4 5 2 0 200.00
Extras (lb 1, w 2) 3

Total (7 wickets; 20 overs) 182 (9.10 runs per over)

Fall of wickets 1-8 (Obanda, 1.1 ov), 2-20 (Tikolo, 2.4 ov), 3-20 (Obuya, 2.5 ov), 4-32 (Odoyo, 6.4 ov), 5-163 (Patel, 17.6 ov), 6-169 (Ouma, 18.2 ov), 7-171 (Aga, 18.6 ov)

Bowling O M R W Econ
View wickets JK Mukhiya 4 0 31 2 7.75
View wickets B Regmi 4 0 34 2 8.50 (1w)
View wicket P Khadka 4 0 25 1 6.25 (1w)
SP Gauchan 4 0 24 0 6.00
Sagar Pun 3 0 37 0 12.33
S Vesawkar 1 0 30 0 30.00

Nepal innings (target: 183 runs from 20 overs) R M B 4s 6s SR
SP Khakurel† run out (Obuya) 54 62 48 6 0 112.50
P Airee c Patel b Aga 1 4 3 0 0 33.33
G Malla st †Ouma b Varaiya 32 36 22 6 0 145.45
P Khadka* not out 54 40 31 3 4 174.19
B Bhandari  b Odhiambo 12 14 8 1 0 150.00
S Vesawkar not out 23 5 6 0 3 383.33
Extras (lb 1, w 9) 10

Total (4 wickets; 19.4 overs) 186 (9.45 runs per over)

Fall of wickets 1-6 (Airee, 1.1 ov), 2-83 (Malla, 10.3 ov), 3-128 (Khakurel, 15.5 ov), 4-163 (Bhandari, 18.4 ov)

Bowling O M R W Econ
E Otieno 4 0 44 0 11.00
RG Aga 3.4 0 38 1 10.36
NN Odhiambo 4 0 40 1 10.00 (1w)
HA Varaiya 3 0 26 1 8.66 (2w)
SO Tikolo 1 0 10 0 10.00 (1w)
SO Ngoche 2 0 12 0 6.00
CO Obuya 2 0 15 0 7.50 (1w)
Match details
Toss Nepal, who chose to field   
Points Nepal 2, Kenya ०

Saturday, November 16, 2013

ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात l

यूएइमा आजदेखि  सुरु ट्वान्टी ट्वान्टी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । डेनमार्कले दिएको ८० रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान पारस खड्काले ४८ रन बनाए ।

युएईमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको डेनमार्कले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर ७९ रन बनायो । सुरुदेखिनै खराब प्रदर्शन गरेको डेनमार्कले दोस्रो ओभरमै विकेट गुमाएको थियो ।
नेपालको पनि सुरुवात राम्रो रहेन । नेपालका प्रदिप ऐरी र ज्ञानेन्द्र मल्लले खातै खोल्न सकेनन् । नेपालका लागि सुवास खकुरेलले १७ रनको योगदान गरे ।
बलिङतर्फ नेपालका सागर पुनले तीन तथा बसन्त रेग्मी र जितेन्द्र मुखियाले दुई/दुई विकेट लिए ।
समूह ए का आयरल्याण्ड र नामिबिया, युएई र युगाण्डा, क्यानडा र अमेरिका, हङ्गकङ्ग र ईटलीबीच पनि खेल हुँदैछ । यो प्रतियोगितामा शीर्ष ६ स्थानमा पर्नेले सन् २०१४ मा बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।

Friday, November 15, 2013

कब्जियत


हामीले खाएको खाना पाचन प्रक्रियापछि पोषक
तत्व हाम्रो शरीरले शोषण गर्छ र अनुपयोगी तत्व
ठोस पदार्थ मल र तरल पदार्थ
मूत्रका रुपमा शरीरबाट बाहिर निस्कन्छ ।
स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल
र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ
मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट
सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ । यसो नभई
एक दिन, दुई दिन या धेरै दिन बिराएर दिसा हुने
अबस्थालाई कब्जियत भनिन्छ ।
शौचको समयमा कठिनाई हुनु, राम्रो सँग मल
निस्कासन नहुनु, र कडा सुख्खा मल निस्कासन
हुने अबस्थालाई कब्ज भनिन्छ । यो कुनै विशेष रोग
नभई रोगको लक्षणको रुपमा धेरै रोग यसैबाट
जन्मन्छन् । अयोग्य र अनियमित भोजनका कारण
हुने यस समस्या सबै उमेरका मानिसलाई हुनसक्छ
। खानपान र जीवनशैलीका कारण हुने रोगहरु मध्ये
कब्जियत पनि पाचन प्रणाली अन्र्तगतको मुख्य
समस्या हो । समयमानै हेरचाह गरियो भने
कब्जियत सजिलै सँग ठिक हुन्छ नत्र दिर्घकालिन
कब्ज घातक पनि हुन सक्छ ।
कब्जियतको कारण
प्रशस्त पानी या अन्य झोल कुराहरु नपिउनाले,
खानामा रेसा, बोक्राहरुको कमी हुनाले,
हरियो सागपात, तरकारी, फलफूल,
टुसा निकालेको गेडागुडी, काँचो खान मिल्ने काँक्रो,
गाँजर, चुकन्दर नखानाले,
पहिला खाएको खाना नपच्दै फेरी खाना खानु,
ज्यादा दुग्ध पदार्थ सेवन गर्नाले, खाना राम्रो सँग
नचपाई खानु, चिया, कफि, चुरोट
मदिराको ज्यादा सेवन, शोक, चिन्ता, तनाव,
अनिद्रा, बैचेनी, खाना खाने बित्तिकै दिमागी काम
गर्नु, कुनै औषधी सेवनको असर तथा रोगको कारण
जस्तै थाइराइड, नशाको समस्या, व्यायाम नगर्नु,
धेरै समयसम्म सुत्नु ।
लक्षण
दैनिक दिसा हुदैंन या भएमा धेरै बेर बल लगाएर थोरै
हुन्छ, कहिले कसिएका गोटा पर्दछ, कहिले
पातलो दिसा हुन्छ, एकै
पटकमा पनि अगाडि कडा गोटा र
पछि पातलो दिसा हुन्छ, धेरै दिन दिसा नलागेमा पेट
फुल्ने, अमिलो पानी मुखबाट आउने, मुख र
गुदद्वारबाट दुर्गन्धित वायु चल्ने, रिँगटा लाग्ने,
भोक नलाग्ने आदि हुन सक्दछ,
जिब्रोको भागमा सेतो मैलो देखापर्नु,
दिसा सुख्खा कडा र कम निस्कनु, केहि खाउँ
जस्तो नलाग्नु । खानामा रुचि कम हुनु र
शरीरको तौल घट्दै जानु ।
रोकथाम
- प्रशस्त पानी पिउने बानी बसाल्नु पर्दछ ।
- चाउचाउ, बिस्कुट जस्ता तयारी खाना र
बोतलमा पाइने चिसो पेय
पदार्थको साटो उसिनेको पदार्थ, कोदो, फापर,
चना भटमासजस्ता पोषिला खानाका साथै मही,
महपानी या सर्बत आदि खाने बानी बसाल्नुपर्दछ
।
- काम र आरामको निश्चित तालिका बनाउनुपर्छ ।
आराम र श्रम नियमित र सन्तुलित बनाउनुपर्दछ
। निश्चित समयमा - दिसा आउँदा रोकेर राख्नु
हुदैंन र दिसा लाग्ने बित्तिकै तुरुन्तै सबै काम छाडेर
दिसा जानुपर्दछ ।
- धेरै कम्मर कसिलो गरी पटुका या पेटी कस्नु हुदैंन
।
- धेरै सागपात, हरिया, तरकारी सलाद, फलफूल
प्रशस्त खानुपर्दछ ।
- भोकै उपवास या कोची कोची धेरै खाना खाने
गर्नुहुदैंन ।
- तारेको, भुटेको, मसलादार खाना र माछा, मासु,
अण्डाजस्ता मांसाहार त्याग्ने ।
- सेतो चामलको बदला ढिकीमा कुटेको रातो चामल,
मैदा बदला चोकर सहितको मोटो, पीठो,
चिनीको बदला गुड खाने बानी बसाल्नुपर्दछ ।
-
बोक्रा फालेको सफा दालको सट्टा टुसा निकालेको या अङकुररित
गरेको गेडागुडी खाने बानी बसाल्ने ।
- खाना खाने बित्तिकै सुत्नु हुदैंन ।
खाना खाएको २।३ घण्टामा पाचन
प्रक्रिया सकिएको हुन्छ र सुत्न जाने ।
- मनमा कुरा खेलाउने, चिन्ता लिने, रिसाउने,
डराउने, तनावको अबस्थामा आराम गर्ने ।
उपयोगी जडिबुटिहरु
बेल, बर्रो, राजवृक्ष, अडेंर, हर्रो, अमला,
इसवगोल, यष्टिमधु, घिउकुमारी
घरेलु उपचार
- सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १
चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग
पिउनुपर्दछ ।
- इसबगोलको भुसी एक चम्चा बिहान साँझ पानी,
दूध या अरु झोल कुरासँग पिउने ।
- राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम
मिलाएर चटनी जस्तो पिसी बिहान साँझ खानाले
पनि पेट सफा हुन्छ ।
- एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग
अमला मिलाएर चूर्ण बनाउने र एक एक
चिया चम्चा बिहान साँझ मनतातो पानी सँग पिउने ।
- अदुवा पानी खानाले पनि कब्जियतलाई भगाउँछ ।
- अम्बा तथा मेवाको सेबनले पनि दिसालाई
नियन्त्रण गर्दछ ।
- गाँजरको जूस दिनको एक गिलास
खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।
- १ चम्चा मह तातो पानीमा मिसाएर बिहान
खाली पेटमा खाने ।
- दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक
चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई
राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले
कब्जियत रोग ठिक हुन्छ ।
- घिउकुमारीको गुदी १० ग्राम बिहान
खाली पेटमा खाने गर्नुपर्दछ ।
- सानो हर्रो, सौंफ र मिश्री बराबर तौल लिएर पिसेर
चूर्ण बनाई आवश्यकताअनुसार १ या २
चम्चा सुत्ने बेलामा खाएर पानी पिउने गर्नुपर्दछ
।
- सुकाएर अमलालाई पिसेर बनाएर चूर्ण १
चम्चा बिहान साँझ खाना पछि खाने ।
- खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास
पानी पिउने ।
- तोरीको तेलले बिहान बेलुका मालिस गर्ने ।
- बिहानको समय ३–४ कि.मि हिंडडुल गर्ने ।
आयुर्वेद उपचार
आयुर्वेद शास्त्र अनुसार पनि कब्जियतलाई धेरै
रोगको कारणको रुपमा बर्णन गरिएको छ ।
अयोग्य भोजन तथा जीवनयापनका कारण
मानिसहरु कब्जियतबाट पिडित हुन्छन् । आयुर्वेद
सिद्घान्त अनुसार कब्जियतलाई विभिन्न
जडिवुटि तथा आयुर्वेदिक औषधी सेवन बाट उपचार
गर्न सकिन्छ । यस्तै औषधी मध्ये त्रिफला चूर्ण
कब्जियत अचूक औषधी हो । मुख्य
बहुउपयोगी द्रव्य हर्रो, बर्रो र अमलाको मिश्रण
त्रिफलाको सेवन राती सुत्ने
बेलामा मनतातो पानी सँग गर्न सकिन्छ ।
यदि घरेलु उपचारबाट पनि उचित सुधार
नभएमा तुरुन्त आयुर्वेद बिशेषज्ञ सँग सल्लाह
गरि उचित औषधोपचार गराउनु पर्दछ ।

Wednesday, November 13, 2013

4's vedhas.


Four Vedas - Rig Veda, Yajur Veda, Sama Veda and Atharva Veda. All have stated several branches of the Vedas. As of 21 Rig, Yajur 101, Samaveda of 1001, 91 of the 1131 Arthvved branches but the original texts are available in 12 branches. The amount of each branch of Veda Vedic word is available in four parts. 1. Code 2. Brahmin 3. Arnyk 4. Upanishads. The Vedas are considered the same code. The remaining texts of the Vedas are interpreted. There are four Vedas - 1. Rig 2. Yajurveda 3. Samaveda 4. Atharvaveda.

1. Rig Veda - Rig Veda are considered the oldest of the four Vedas. It is divided in two ways. The first type is divided in 10 Mne Boards. Mandals in Sukton, hymnology are some verses. There are total of 1052 verses. There are 64 chapters of the second type in the Rig Veda. Eight - including eight chapters has created a perfect interval. There are a total of eight octaves. Then each chapter is divided into sections. The number of sections different chapters is different. Total square number is 2024. In each class there are some spells. In many of the mysteries of creation has been inaugurated. The first was its 21 branches, but currently has a promotion for its Shakl branch.

2. Ayurveda - are both in prose and verse. This Yajna is the passive voice. In ancient times, it had 101 branches, but currently only five branches - Katk, Kpishtl, Matrayani, Tattiriy, Wajasneyi. The Vedas are two distinctions - and Shukla Yajur Veda Krishna Yajur Veda. Krishna Yajur Veda Vyasa Maharishi compilation is done. The second name is Tattiriy code. This section spells and Brahmins are mixed. Shukla Yajur Veda - the sun, as he was preaching to Yajnavalkya. It had 15 branches currently Madyandin but also called to obtain the Wajasneyi. The 40 chapters, 303 and 1975 Anuwak spells. Last fortieth chapter is Ishawasyopanisd.

3. Samaveda - it's lyrical texts. This song is a storehouse of knowledge, it is the origin of Indian music. ऋchaon rendition of the Sam says. It had branches in 1001. But these three are prevalent - Kothumiy, and Ranayniy Jaminiy. It is divided into Purwarcik and Uttrarcik. Purwarcik are four canto - fiery scandal, scandal ऐndra, and Arny pavamaan canto canto. Kandon spells around 640 in total. Then Mhanamnyarcik inadequate 10 spells. Thus, a total of 650 Purwarcik spells. There are six Prpatk. Uttrarcik been divided into 21 chapters. There are nine Prpatk. Total 1225 spells. Thus, in total 1875 Samaveda spells. Most spells come from the Rig Veda. It could also be called the originator of worship.

4. Atharvaveda - in math, science, Ayurveda, sociology, agronomy, etc., many topics are described. Some people chant - machinery search. The Veda is the preaching of the divine wisdom, the remedy of salvation tells. It also called Brahman Vedas. This is mainly due to the Atharva Angirs Athrwn and Angirs sages called mantra. It is divided into 20 Kandon. In each case, many - many formulas and spells inadequate sources. The Vedas are a total of 5977 spells. Nowadays its two branches Sunik and inadequate Pipplad available. Atharva Veda scholar of the scholars are of the four Vedas. Sacrifice to the gods of the Ahnan Rig Veda, the Sama Veda is the Udgata Samgan, Yajur and Atharva's Adhwaryu Sreshtkarm the canopy of the sacrifice of the divine action controls. — with Julia Alicja S

Tuesday, November 12, 2013

Benefits of Yoga


1. All-round fitness. You are truly healthy when you are not just physically fit but also mentally and emotionally balanced. As Sri Sri Ravi Shankar puts it, “Health is not a mere absence of disease. It is a dynamic expression of life – in terms of how joyful, loving and enthusiastic you are.” This is where yoga helps: postures, pranayama (breathing techniques) and meditation are a holistic fitness package.

2. Weight loss. What many want! Yoga benefits here too. Sun Salutations and Kapal Bhati pranayama are some ways to help lose weight with yoga. Moreover, with regular practice of yoga, we tend to become more sensitive to the kind of food our body asks for and when. This can also help keep a check on weight.

3. Stress relief. A few minutes of yoga during the day can be a great way to get rid of stress that accumulates daily - in both the body and mind. Yoga postures, pranayama and meditation are effective techniques to release stress. You can also experience how yoga helps de-tox the body and de-stress the mind at the Sri Sri Yoga Level 2 Course.

4. Inner peace. We all love to visit peaceful, serene spots, rich in natural beauty. Little do we realize that peace can be found right within us and we can take a mini-vacation to experience this any time of the day! Benefit from a small holiday every day with yoga and meditation. Yoga is also one of the best ways to calm a disturbed mind.

5. Improved immunity. Our system is a seamless blend of the body, mind and spirit. An irregularity in the body affects the mind and similarly unpleasantness or restlessness in the mind can manifest as an ailment in the body. Yoga poses massage organs and stregthen muscles; breathing techniques and meditation release stress and improve immunity.

6. Living with greater awareness. The mind is constantly involved in activity – swinging from the past to the future – but never staying in the present. By simply being aware of this tendency of the mind, we can actually save ourselves from getting stressed or worked up and relax the mind. Yoga and pranayama help create that awareness and bring the mind back to the present moment, where it can stay happy and focused.

7. Better relationships. Yoga can even help improve your relationship with your spouse, parents, friends or loved ones! A mind that is relaxed, happy and contented is better able to deal with sensitive relationship matters. Yoga and meditation work on keeping the mind happy and peaceful; benefit from the strengthened special bond you share with people close to you.

8. Increased energy. Do you feel completely drained out by the end of the day? Shuttling between multiple tasks through the day can sometimes be quite exhausting. A few minutes of yoga everyday provides the secret to feeling fresh and energetic even after a long day. A 10-minute online guided meditation benefits you immensely, leaving you refreshed and recharged in the middle of a hectic day.

9. Better flexibility & posture. You only need to include yoga in your daily routine to benefit from a body that is strong, supple and flexible. Regular yoga practice stretches and tones the body muscles and also makes them strong. It also helps improve your body posture when you stand, sit, sleep or walk. This would, in turn, help relieve you of body pain due to incorrect posture.

10. Better intuition. Yoga and meditation have the power to improve your intuitive ability so that you effortlessly realize what needs to be done, when and how, to yield positive results. It works. You only need to experience it yourself.

Remember, yoga is a continuous process. So keep practicing! The deeper you move into your yoga practice, the more profound are its benefits.

Friday, November 8, 2013

छठ पर्व मनाइँदै, आज सार्वजनिक बिदा



chhatजनधपुरधाम, कात्तिक २२– मिथिलाञ्चलको महापर्व छठ शुक्रबार श्रद्धापूर्वक मनाइँदैछ ।
यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिनी सर, अग्निकुण्डलगायत कुण्ड, पोखरी तथा तलाउमा श्रद्धालुहरुले गएरातिदेखि नै हर्षोल्लासका साथ यो पर्व मनाइरहेका छन् ।
मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरी यो पर्वको समापन गरिने परम्परा छ ।
ज्योतिषशास्त्रअनुसार छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायणतिर हुने भएकाले कन्या राशिस्थित हुन्छ र यस मनोमुग्धकारी समयमा सूर्यको प्रकाश सबैभन्दा प्रखर, प्रभावकारी र मानवका लागि आह्लादकारी हुन्छ ।
छठ शब्द षष्ठी शब्दको तद्भव रुप हो । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुँदै अपभ्रंशमा छठ हुन गएको मानिन्छ ।
धर्मग्रन्थमा छठ पर्वको नाम षष्ठी, सूर्य षष्ठी व्रत र छठी पर्व भनी उल्लेख रहेको छ । षष्ठीका देवीलाई कार्तिकेयकी पत्नी मानिन्छ र षष्ठी देवीलाई प्रकृतिको छैटौँ अंश र देवसेना पनि भनिन्छ ।
षष्ठी र सूर्य गरी सात अंश बनेको हुँदा मानव जीवनमा सात अङ्कको अधिक महत्व रहेको छ । साक्षात् नारायणका रुपमा सूर्यदेवलाई मान्ने गरिएकाले यो पर्व वैदिकालदेखि नै मनाइँदै आएको पाइन्छ ।
छठ पर्वले जनव्रतको रुप लिइसकेकाले अहिले हरेक तप्काका मानिसले पनि उत्साहका साथ मनाउन थालेका छन् ।
यसैबीच सरकारले छठको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

Thursday, November 7, 2013

तास सम्बन्धी रोचक जानकारी


 

tasतास भनेर हामी तासलाई हेला गर्छौ, साँचो कुरा चाही तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग गरेको हो, तासको वास्तविकता यस्तो छ । यसमा चार रङ छन । यि रङहरुको अर्थ यसप्रकार छ–
–पाना रङ रातो हुन्छ । यो वसन्त ऋतुको प्रतिक हो ।
–चिडि रङ कालो हुन्छ । यो ग्रीष्म ऋतुको प्रतिक हो ।
–ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिक हो ।
–भोटे (सुरज) रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिक हो ।
अर्थाथ –तासको चार वटा चिन्ह वर्षका चार ऋतुहरु वसन्त्, ग्रीष्म्, शरद्, शित का प्रतिक हुन ।
एक पत्ती तासले एक हप्ता जनाउँछ । एउटा चिन्ह भएको तासको १३ वटा पत्तीहरु हुन्छन । एक ऋतुमा तीन महिना अर्थाथ १३ हप्ता हुन्छ । तासको चार वटा चिन्ह पाना, चिडि, ईटा, भोटे र सबै पत्ती गन्दा अर्थाथ एक गड्डि मा तास गन्दा ५२ पत्ती हुन्छ र एक वर्षमा ५२ हप्ता हुन्छ । एक्का देखी बादशाह सम्मको १३ वटा पत्तिको दुबै फुट्टी गन्द ९१ हुन्छ । १३ हप्तामा ९१ दिन हुन्छ । १३ चौको बाउन्न हप्तामा ९१ चौको ३६४ दिन भयो । ५२ हप्ताको १ वर्ष र १ वर्षमा ५२ साता ३६४ दिन हुन्छ । ५२ पत्ती तासमा जम्मा २ वटा जोकरहरु हुन्छ । ति जोकरहरु जतापनी मिल्छन । माथी भने अनुसार ५२ हप्ताको ३६४ दिन भयो । एक वर्षमा ३६५ पुप्याउँनु जुन हप्तामा वा जुन महिनामा १ दिन थप्नु पर्छ त्यो थप्ने काम एउटा जोकरले गर्छ । अधिक वर्ष मा ३६६ दिन हुन्छ । प्रयोग हुन बाँकी रहेको एउटा थप जोकरा अधिक वर्षको लागी हो ।
एकिनसाथ तिथि–मिती भन्न नसके पनि तासको आविस्कर धेरै पहिले चिनमा भएको थियो भन्ने भनाइ छ । के भनिन्छ भने, त्यसबेला चिनको वादशाहका धेरैवटी रानिहरु हुनेगर्थे , अरे । उनिहरुलाई दरबारको खोपी वाट वाहिर निस्कन दिदैँन थियो । अनि ति रानिहरुले दिन्, महिना ऋतु, चालपाउन क्यालेन्डरको रुपमा तासलाई प्रयोग गर्थे  । अहिले हामी तासको जुन रुप देख्छौ त्यो चाहिँ धेरै समय बिताई धेरै देश बिदेश डुली बनेको परिमार्जित रुप हो ।

Monday, November 4, 2013

नेपाल सम्वत् ११३४ आजदेखि सुरु / आज गोबर्द्धन तथा म्हः पूजा


विभूति शङ्खधर साख्वाको सम्झना
१८ कात्तिक, काठमाडौं । नव वर्ष नेपाल सम्वत् ११३४ आजदेखि शुभारम्भ भएको छ ।
नव वर्षको पहिलो दिन मुलुकभर आज विभिन्न कार्यक्रमको आयोजना गरी खुसियाली मनाइँदै छ ।
आजका दिन ल्याय्म्ह पुचः थिमिले शङ्खधर साख्वाःचोक थिमिमा विभिन्न कार्यक्रमको आयोजना गरी नव वर्ष मनाउँदै छ ।
नेपाल सम्वत्का प्रवर्तक शङ्खधर साख्वाः हुन् । राष्ट्र र राष्ट्रवासीप्रतिको जिम्मेवारी बोध गरी जनतालाई ऋणमोचन गरी नयाँ सम्वत् चलाएको कदरस्वरूप नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ भने नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता प्रदान गरेको छ ।
शङ्खधरले ईस्वी सम्वत् ८८० यो सम्वत् चलाएको इतिहासकार स्व. भुवनलाल प्रधानले आˆनो पुस्तकमा उल्लेख गर्नुभएको छ ।
सरकारले २०५८ साल मङ्सिर २ गते शङ्खधरलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।
नेपाल सम्वत् कुनै जाति विशेषको नभई समस्त नेपालीको मौलिक सम्वत् हो ।
नेपालमा विसं २००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल सम्वत्लाई पुनःस्थापित गराउन विभिन्न प्रयास हुँदै आएको थियो ।

आज गोबर्द्धन तथा म्हः पूजा

१८ कात्तिक, काठमाण्डौं । नेपालीहरुको महान चाड तिहार अर्थात यमपञ्चकको चौथो दिन आज नेपालीको घर आँगनमा परम्पराअनुसार गोरु पूजा, गोवर्धन पूजा र म्हःपूजा गरिँदै छ ।
आज नेपालीहरूले आ-आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् ।
आज समस्त कृषकजनले विशेष गरी गाईको बाच्छो वा गोरुको पूजा गर्ने गर्छन् । गोरुले कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार नाङ्गलामा राखी गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ ।
गाईको गोबरले घर तथा आँगन लिपपोत गर्नाले अन्य शत्रु जीवाणुले आक्रमण गर्न सक्दैन भन्ने विश्वास गरिन्छ ।
आज गोबरको पूजा गर्ने दिन भएकाले कृषकहरूले गोबरलाई सम्मान गर्ने गर्दछन् । गोबरबाट प्राङगारिक मल बनाई विषादीरहित फसल उत्पादन गर्नसक्ने भएकाले पनि गोबरको पूजा गर्ने चलन परम्परादेखि नै चल्दैआएको पण्डित गोविन्द वाग्लेले बताउनुभयो ।
गोबरलाई परम्परादेखि नै इन्धनको रूपमा पनि प्रयोग गरिँदै आएको छ । गाईको गोबरबाट तयार गरिएको गुइँठाबाट खानेकुरा पकाउने चलन अझै कायम छ ।
गाईवस्तु पाल्ने कृषकका लागि घाँसपात उपलब्ध गराएर सहयोग पुर्‍याउने भएकाले पर्वतको प्रतिनिधि गोवर्द्धन पर्वतको पनि आजै पूजा गरिन्छ । गाईको गोबरको पर्वत तथा कुण्ड बनाई अनेक तरहले गोवर्धन पर्वतलाई पूजा गर्ने परम्परा नेपाली समाजमा छ ।
द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरिदिनु भएकाले त्यसै बेलादेखि गोवर्धन पर्वतको पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास रहेको छ ।
त्यसैगरी आजै नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ ।
संसारमा सबैभन्दा ठूलो आत्मा हो । आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।
म्हःपूजा अर्थात स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठूलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर हो । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ 

तिहारको चौथो दिन गोवर्द्धन, गाई गोरु र म्हपूजा

१८– तिहारको चौथो दिन सोमबार गाई, गोरु र गोवर्द्धन पूजा गरिँदैछ । कतिपय ठाउँमा आइतबार गाई पूजा गरिएपनि तिथिका हिसाबले सोमबार गाईतिहार परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
हिन्दूहरु गाईलाई लक्ष्मीको प्रतीक र गौमाता भनी आमाको रुपमा मान्दछन् । गाई तिहारको दिन गाईलाई सिँगारपटार र पूजाआजा गरी माला लगाई मीठो खानेकुरा खुवाईन्छ । आजै रक्षाबन्धनका दिन बाँधेको डोरोलाई मृत्युपछिको कष्टमय सागरबाट मुक्ति पाउने धार्मिक विश्वासका साथ गाईको पुच्छरमा बाँधिन्छ । यस्तै सोमबार गोवद्र्धनपूजा पनि गरिँदैछ । कृषि कार्यसँग विशेष रुपमा सम्बन्ध गाँसिएका गाई, बाच्छा तथा गोरुलाई पूजा गरी रोटी, बाबर, पीठो आदि खानेकुरा खुवाइन्छ । धार्मिक मान्यताअनुसार गोवंशको सुरक्षा एवं वृद्धिका लागि भगवान श्रीकृष्णले घाँसपात र पानीले सम्पन्न गोवद्र्धन पर्वतको पूजा गर्ने परम्परा बसालेको विश्वास लिई आज गोबरबाट गोवद्र्धन पर्वतको प्रतीक बनाएर गाई, गोरु, बाच्छा र पर्वतको पूजा गरिन्छ ।  
यस्तै नेवार समुदायमा सोमबार आफ्नो शरीरको पूजा गरी म्हपूजा मनाईंदैछ । यो पूजामा घरका मुलीदेखि केटाकेटीसम्मले मर्यादाक्रम अनुसार एकै ठाउँमा बसेर आफ्नो शरीरको पूजा गर्ने चलन छ । म्ह पूजाबाट हरेक व्यक्तिले आफ्नो मनोभावनाबाट आफूलाई चिन्ने र संसारमा आफ्नो महत्वलाई बुझेर मानवकल्याणतर्फ लाग्न अभिप्रेरित गर्ने विश्वास छ । यस पूजामा विशेष प्रकारको धागो, फूल, माला, धूप, फलफूल, मिष्ठान्न लगायत सामग्री संग्रह गरिन्छ । पूजा सकिएपछि हाँस वा कुखुराको फुल सहितको सगुन प्रसादका रुपमा वितरण गर्ने चलन छ ।
- S

Sunday, November 3, 2013

तिहारको आज तेस्रो दिन, लक्ष्मी पुजा गरिँदै



१७ कात्तिक, काठमाण्डौं । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ ।
आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।
आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ ।

Friday, November 1, 2013

यमपञ्चक सुरु, आज कागतिहार


१५ कात्तिक, काठमाडौ । नेपालीको दोस्रो ठूलो चाड दीपावली आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया गरी पाँच दिनसम्म तिहार मनाउने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ ।
बहिनी यमुनालाई धर्मात्मा यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाएको र यमुनाले दाजुलाई पुजेका कारण यस पर्वलाई यमपञ्चक भनिएको पुराणमा उल्लेख छ ।
godawariतिहारलाई दाजुबहिनी वा भाइबहिनीको प्रगाढ सम्बन्धको प्रतीकको रुपमा लिइने गरिन्छ । भाइटीकाको दिन दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार र दक्षिणा दिने गर्छन् भने दिदीबहिनीले विभिन्न परिकार दिएर पूजा गरी माला पहिराउँछन् ।
उक्त कार्यबाट आपसी स्नेहमा वृद्धि भई दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ । भाइटीकाको साइत कात्तिक १९ गते बिहान ११ बजेर २७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
झिलिमिली उज्यालो, फूलैफूलको रमझम, मिठाइ तथा सेलका परिकार खाने, घरपालुवा र घरआँगन निकट रहेका पशुपक्षीप्रति सम्मान, देउसीभैलो र अन्य नाचगान, नेपालको मौलिक सम्वत् नेपाल सम्वत्को प्रारम्भ, आफ्नो जीवनको आत्मसमीक्षा गरिने पूजा अर्थात् म्हपूजा पनि तिहारका विशेषतामा पर्दछन् ।
आज कागतिहार
यमपञ्चकको पहिलो दिन आज कागतिहार समस्त नेपालीले आ-आफ्नो घरआँगनमा कागलाई बोलाई विभिन्न परिकारको चारो दिएर पूजा गर्ने गर्दछन् ।
आजका दिन कागको पूजा नगरी खाएमा अधर्मी बनिन्छ भन्ने विश्वास छ । नेपाली समाजमा कागलाई सन्देशवाहक पक्षीका रूपमा लिने गरिन्छ । बिहानपख काग कराएमा त्यसलाई शुभ साइत मानिन्छ । आज साँझ यमदीप दान गरिन्छ ।
तिहारको दोस्रो दिन कुकुर, तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवर्द्धन र गोरुपूजा तथा नेवार सम्प्रदायमा म्हःपूजा (आत्मपूजा) गर्ने प्रचलन र अन्तिम दिन भाइटीका गरी जम्मा पाँच दिन तिहार मनाइन्छ ।
तिहारको लक्ष्मी पूजा, गोवर्द्धन पूजा र भाइटीका समेत गरी तीन दिन नेपाल सरकारले सरकारी विदासमेत दिने गरेको छ । लक्ष्मीपूजा र गोवर्द्धन पूजाको दिन केटाकेटी तथा युवा जम्मा भई आ-आफ्ना छिमेकीका घरघरमा पुगी देउसी-भैलो खेल्ने प्रचलनका कारण तिहारलाई सांस्कृतिक पर्व पनि भनिन्छ ।
वैदिक कालमा बली राजाले आˆनो राज्यभरि झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यो पर्वसँग जोडिएको छ ।