Headeradd

Friday, November 8, 2013

छठ पर्व मनाइँदै, आज सार्वजनिक बिदा



chhatजनधपुरधाम, कात्तिक २२– मिथिलाञ्चलको महापर्व छठ शुक्रबार श्रद्धापूर्वक मनाइँदैछ ।
यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिनी सर, अग्निकुण्डलगायत कुण्ड, पोखरी तथा तलाउमा श्रद्धालुहरुले गएरातिदेखि नै हर्षोल्लासका साथ यो पर्व मनाइरहेका छन् ।
मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरी यो पर्वको समापन गरिने परम्परा छ ।
ज्योतिषशास्त्रअनुसार छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायणतिर हुने भएकाले कन्या राशिस्थित हुन्छ र यस मनोमुग्धकारी समयमा सूर्यको प्रकाश सबैभन्दा प्रखर, प्रभावकारी र मानवका लागि आह्लादकारी हुन्छ ।
छठ शब्द षष्ठी शब्दको तद्भव रुप हो । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुँदै अपभ्रंशमा छठ हुन गएको मानिन्छ ।
धर्मग्रन्थमा छठ पर्वको नाम षष्ठी, सूर्य षष्ठी व्रत र छठी पर्व भनी उल्लेख रहेको छ । षष्ठीका देवीलाई कार्तिकेयकी पत्नी मानिन्छ र षष्ठी देवीलाई प्रकृतिको छैटौँ अंश र देवसेना पनि भनिन्छ ।
षष्ठी र सूर्य गरी सात अंश बनेको हुँदा मानव जीवनमा सात अङ्कको अधिक महत्व रहेको छ । साक्षात् नारायणका रुपमा सूर्यदेवलाई मान्ने गरिएकाले यो पर्व वैदिकालदेखि नै मनाइँदै आएको पाइन्छ ।
छठ पर्वले जनव्रतको रुप लिइसकेकाले अहिले हरेक तप्काका मानिसले पनि उत्साहका साथ मनाउन थालेका छन् ।
यसैबीच सरकारले छठको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

No comments: