Headeradd

Tuesday, December 3, 2013

कसले कस्तो पासवर्ड राख्छन ? जानौं यो बिचित्रको बानी.

इन्टरनेटमा सबैभन्दा लोकप्रिय कलर निलो हो । सर्वाधिक लोकप्रिय वेबसाइट फेसबुक, ट्वीटर र गूगलले पनि आफ्नो लोगोमा निलो रंग प्रयोग गरेको छ । यहि कारण हो कि जब मानिसहरु वेबसाइटमा साइन गर्छन तव उनीहरुको दिमागमा सबैभन्दा पहिला यहि रंग आउँछ ।
password crackingयसको असर मानिसहरुले छान्ने पासवर्डमा परेको छ । आफ्नो पासवर्ड बनाउनका लागि निलो रंग अर्थात ब्लूले बनेको शब्द प्रयोग गर्छन् । पासवर्ड छान्ने विचित्र बानी मध्ये एक हो । एक अध्ययनका अनुसार रातो कपाल भएका महिला सर्वश्रेष्ठ पासवर्ड छान्न माहिर हुन्छन् भने अव्यवस्थित दारी र कपाल भएका पुरुषले सबैभन्दा खराव पासवर्ड बनाउँछन् ।
अध्ययनका अनुसार महिलाहरु लामो पासवर्ड मन पराउँछन् भने पुरुषहरु विविधता भएको पासवर्ड रुचाउँछन् । सुरक्षा शोधकर्ताहरुका अनुसार वेबसाइट र अनलाइन सेवाबाट चोरिएको पासवर्डका कारण यी तथ्यहरु आएका हुन् । एडब, लिंक्डइन र गेम वेबसाइट रकयूबाट कयौं पटक अगइन र पासवर्ड चोरी भएको छ । अन्य कयौं कम्पनी र व्यक्तिको पनि पासवर्ड चोरी भएको छ ।
अध्ययनकर्ताहरुका अनुसार अधिकांश मानिसहरु यस्तो शब्द र संख्या रोज्छन् कि जोसँग प्रत्यक्षसम्वन्ध हुन्छ । जन्ममिति, विवाहको दिन, भाइबहिनी, बच्चा वा घरमा पालिएको जनावरको नाम प्रयोग गर्छन् । आफ्नो घरको संख्या, सडकको नाम या मनपर्ने पप स्टारको नाम पनि पासवर्डमा प्रयोग हुन्छ ।
अध्ययनमा संलग्न मानिसहरुलाई चार अंकको पासवर्ड छान्न भनिएको थियो । दश हजार उपलब्ध नम्बरहरुमा धेरैको रोजाइ सिमित सेटमा मात्र रह्यो । ७० प्रतिशतभन्दा बढीले इमेल अकाउन्टमा प्रयोग गरेर पासवर्ड अन्य अनलाइन सेवामा समेत प्रयोग गर्ने गरेको पाइएको छ ।

No comments: