देशभर रहेका देवीका मन्दिरमा आज विहानैदेखि सर्वसाधारण भेला भएर पुजापाठ गरिरहेका छन् । काठमाण्डौंका विभिन्न क्षेत्रमा रहेको देवीका पीठ, दक्षिणकाली, गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेबी लगायतका देशका विभिन्न स्थानमा रहेका भगवतिको मन्दिरहरुमा विहानैदेखि भक्तजनहरुको ठुलो भीड लागेको छ ।
प्रतिपदादेखि पूणिर्मासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरुपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।
No comments:
Post a Comment