Headeradd

Sunday, October 6, 2013

आज दसैंको दोस्रो दिन




२० असोज, काठमाण्डौं । हिन्दु धर्मालम्बी नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन आज विभिन्न शक्तिपिठहरुमा पुजा आजा गरिँदैछ । पुजाआजका लागि विहानैदेखि भत्तजनहरुको भीड लागेको छ ।
jamara
बिहानै उठि नजिकै रहेका बिभिन्न नदि ,ताल तलाउमा गई नुहाएर पुजाआजा गर्ने भक्तजनहरुको घुईचो लागेको हो । बिभिन्न ठाउमा रहेका बिभिन्न देवि देउता तथा शक्तिपिठहरुका मन्दिरमा गई पुजाआजा गरिदै छ । नबरात्रको अबधि भर बिभिन्न देविदेउता र शक्तिपिठहरुमा एक चित्त र एकाग्र भई ब्रत बस्ने प्रचलन पनि छ । नबरात्रमा ब्रत बस्नाले सोचेको मनोकामना पुरा हूने र मागेको कुरा मिल्ने जनविश्वास छ ।

No comments: