Headeradd

Tuesday, October 8, 2013

आज दसैंको चौथो दिन, कुश्माण्डा देवीको पुजा गरिँदै


२२ असोज, काठमाण्डौं । हिन्दु नेपालीहरुको महान चाड दसैंको आज चौथो दिन । शक्तिस्वरुपमा दुर्गाको एक अवतारको रुपमा रहेकी कुश्माण्डा देवीको पुजा आराधना गरेर मनाईदैछ ।
महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा आज पनि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । प्रतिपदादेखि पूणिर्मासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरुपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुक्ष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।
राजधानीका गृहेश्वरी दक्षिणकाली  नक्साल भगवती  भद्रकाली नेपालगंजको बागेश्वरी सप्तरीको छिन्नमस्ता धरानको दन्तकाली पोखराको विन्धवासिनी डोटीको शैलेश्वरी बाग्लुङको कालिका गोरखाको गोरखकाली मकवानपुरको चुरियामाई र भुटनदेवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि पूजाआजा भइरहेको छ ।

No comments: