Headeradd

Tuesday, October 22, 2013

इँटाको मूल्य १३ प्रतिशत बढ्यो


५ कात्तिक, काठमाडौं । इँटा उद्योग भ्याटमा दर्ता भएपछि उनीहरुले बिक्री गर्ने इँटाको मूल्य १३ प्रतिशतले वृद्धि भएको छ । साविकमा प्रतिगोटा ६ देखि ८ रुपैयाँमा बिक्री हुँदै आएको इँटाको मूल्य उद्योगले ७ देखि ९ रुपैयाँ पुर्‍याएका छन् ।
brick
बिक्री मूल्यमा १३ प्रतिशत भ्याटसमेत असुल गर्नुपरेको हुनाले ग्राहक मूल्य सोही अनुपातले बढेको उद्योगीले बताएका छन् । आन्तरिक राजस्व विभागले असोज मसान्तसम्म अनिवार्य भ्याट दर्ता गर्न निर्देशन दिएपछि ५ सय उद्योग दर्ता भएका छन् ।
सरकारले पहिलेदेखि इँटा उद्योगलाई भ्याटको दायरामा ल्याउन प्रयास गरे पनि उद्योगीले विभिन्न समस्या देखाउँदै आलटाल गर्दै आएका थिए । इँटा उत्पादन गर्न आवश्यक कच्चा वस्तुको खरिदमा भ्याट छली खुल्ने सम्भावनाको कारण दर्ता हुन आलटाल हुँदै आएको जानकारहरु बताउँछन् ।
अब इँटा उद्योगबाट वाषिर्क २ अर्ब कर असुल हुने अनुमान राजस्व प्रशासनले गरेको छ । हाल सरकारले मुलुकभरका करिब १ हजार इँटा उद्योगबाट वाषिर्क ५० करोड रुपैयाँमात्र कर प्राप्त गर्दै आएको छ ।
सरकारले यही असोजभित्र दर्ता हुने उद्योगले अन्तःशुल्क ऐनबमोजिक लाग्ने कर र जरिवाना मिनाहा गर्ने र पहिलेको कारोबार विवरण राफसाफ हुने व्यवस्था बजेटमा गरेको थियो ।

No comments: