Headeradd

Thursday, August 22, 2013

GAI JATRA (Sa Paru)


Literally meaning Cow Festival, this is a jovial festival that lasts for eight days. Dancing, singing, pantomime anything that causes mirth and laughter is part of the festival's highlights. On the first day of the festival, people whose family members have died during the year parade a decorated cow around the city together their young ones dressed as cows or hermits.
The sacred animal helps departed souls cross the cosmic ocean in their journey into the after-world. Family members join the cow procession to ensure smooth passage for their loved ones because the gates of the after-world are open only on this day.

Gai Jatra sees the streets of three cities of the Valley filled with musical bands, children in costumes made to resemble cows, and cows gaily ornamented with colorful paper fans tied to their horns and garlands of flowers around their necks. People stand at the crossroads to offer sweets and drinks to the participants. In Kathmandu, the festival route passes by the Durbar Sqaure, so this is a good place to observe this festivals.

Humorous and satirical affairs are held to cheer the bereaved families. There are street events and stage shows making fun of government officials and some people come dressed out like lunatics roaming around the city to make people laugh. In Nepal's pre-democracy days, only on this particular day were newspapers permitted to criticize the functioning of the government.

In Kathmandu, the bereaved families proceed along the festival route individually. In Patan, all the participants first gather at the Durbar Square and then move out together. However, it is the celebration in Bhaktapur that is the most interesting. Tall bamboo contraptions, wrapped in cloth and topped with horns fashioned of straw, are carried around the city in memory of the dead. Palanquins bearing clay figures of cows are also paraded around. One prime attraction during this festival are processions of weirdly made up Ghintang-gishi dancers gyrating to the rhythm of boisterous music. Gai Jatra is also celebrated in all other hill towns of Nepal where there are large Newar communities.

SAPARU THE HOLY COWS FESTIVALS-The story
When King Pratap Malla lost his son Chakravatendra Malla, in 1666 AD.A young prince, the beloved of a reigning king and the queen, dies. The death of the lad is so pathetic that it was no less than a thunder for the queen. Hit hard be the tragedy, the queen refrains from taking food and drinks. The grief was so much that she even forget smiling. Neither remedy works nor anyone could console her. The king falls in an embarrassing situation. He tries all possible means to solace his wife but none works. Tired all previous measures, he resolves to try a new experiment. He commands all those families in his principality, which has lost their family members in the past one year, to come out his queen that she was not the sole bereft one, nor her son was the sole man to leave the world. Frolicking clowns accompanied the bereaved families, and together with them, came back smiles to the dry lips of the queen, as well as their well-wishers.
Later over decades, the parade called King Pratap Malla of Kathmandu in the 17th century to console his queen evolved into a yearly event, requiring all the bereaved families in his principality to go around the city with a cow, or a girl or a boy dressed like the sacred animal. The cow is believed to help the departed soul missed getting in; it would have to wait for one more year!
in the name of death person roaming the city.

The festival lasts for eight days, and all through these days, revelers in outlandish dresses parade around the prescribed route, caricaturing and ridiculing at corrupt practices of public figures. magazines and newspapers brings out Gaijatra editions lashing out at the most colorful and hilarious festivals, but the most enchanting of all can be observed in Bhaktapur.
Bamboo structures covered with colorful and painted pictures of cows symbolizing the dead, crowd the streets in Bhaktapur on the saparu day. The bamboo constructions are such that one can easily determine whether the dead were male or a female or a minor. Apparently adding humor to the somber aspect of the festival, different groups of people go around, clashing sticks and caricaturing at different events and personalities. All through the week, visitors can see and enjoy masked dances and humor and satire programs at different public spaces and squares of the ancient city.

Playing Gintan Ghisi during Gai Jatra in Bhaktapur.
Playing Gintan Ghisi during Gai Jatra in Bhaktapur.


Playing Gintan Ghisi during Gai Jatra in Bhaktapur.
Playing Gintan Ghisi during Gai Jatra in Bhaktapur.

के हो गाईजात्रा ?

जात्रा भन्ने वित्तिकै हामी झट्ट रमाईलो भन्ने बुझ्छौँ । हुन पनि हो जात्रा रमाईलो गर्ने र भेटघाटको अवसर पनि हो । त्यस्तै पर्व हो गाईजात्रा जुन रमाईलो छ तर शोकमा मनाइन्छ ।,  शोकमा पनि रमाइलो गर्ने र कटाक्ष गर हसाँउर्ने पर्व सम्झदाँ अचम्म लाग्दो छ । तर सबैले मृत्युमा शोक मनाउँछन् र शोकमा हसाउँने जात्रा हो गाईजात्रा । शोक हुन्छ तर शोकबाट मुक्ति र हाँसेर बाच्नुपर्छ भन्ने सिकाउने पर्व हो गाईजात्रा । त्यसो त कुरा काट्नु अरुलाई उडाउनु, सार्वजनिक पदमा रहेका ब्यक्तिको हाउभाउ लगायतका अन्य कामको नक्कल गर्नु अपराध हो अन्य मुलुकमा । तर नेपालमा हसाउँनका लागी त्यसरु उडाउन र कुरा काट्न छुट छ । त्यो दिने हो गाईजात्रा ।
नेपालमा राजधानी काठमाडौ सहित देशका धेरै ठाउँमा सांस्कृतिक एवं परम्परागत पर्व गाईजात्रा मनाउने प्रचलन छ । एक वर्ष भित्र ज्यान गुमाएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतिकात्मक अभिव्यक्ति स्वरुप मानिसलाई गाईको रुपमा वा गाईलाई नै सिंगारेर नगर परिक्रमा गराउने पर्व गाईजात्रा हो । गाईको पुच्छर समातेर वैतणी नदी पार गरिने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउँदै आइएको छ । मल्त राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाएर सान्त्वना दिन मानिस मरेका घरघरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई राजदरबारको प्राङ्गणमा जम्मा गराएर रानीलाई देखाएपछि यो जात्रा प्रारम्भ भएको मानिन्छ । रानीलाई सबैको घरमा शोक पर्छ भन्ने देखाउन राजाले जात्रा निकाल्न लगाएको किम्बदन्ति रहेको छ ।
त्यतिले पनि मन शान्त हुन नसक्दा शोकहरण गर्न हँसाउने कार्यक्रमको आयोजनाका लागि राजआज्ञा जारी गर्नुभयो र गाईजात्राको चलन शुरु भएको मानिन्छ । हिजोआज सामाजिक विकृति, कुरीति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्गयात्मक शैलीमा आलोचना गर्दै हास्यव्यङ्ग कार्यक्रम गर्ने प्रचलन छ । यो जात्रा काठमाडौ उपत्यकाका साथै वनेपा, धुलिखेल, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, ईलाम, धनकुटा, पाल्पा, धरान, विराटनगर, हैटौडा, विरगंज, डोटी र पोखरा लगायतका ठाउँमा विशेष तरिकाले मनाउने गरिन्छ । जनैपूर्णिमा अथात् ऋषि तपर्णीको भोलीपल्टको प्रतिपदामा यो जात्रा निकाल्ने गरिन्छ । 

भक्तपुरमा फरक गाईजात्रा.
परम्परादेखि मनाईदै आएको गाईजात्रा भक्तपुरमा भने आठदिन सम्म मनाईने चलन रहेको छ । उपत्यका तिन शहर तथा अन्य स्थानमा भन्दा फरक शैलि भक्तपुरको गाइजात्रा रहेको संस्ंकृतिविद्हरुको मत छ । नेपाल भाषामा सापारु भनिने गाईजात्रामा विधिवत गाईलाई परिक्रममा गराएमा मृतआत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वासअनुरुप नै भक्तपुरमा नि गाइजात्रा मनाउने गरिन्छ । गाईजात्राका दिन बिहान सबेरै भक्तपुर तलेजु स्थानवाट भक्तपुरवासीले कुखुरा नवास्दै पहिलो तलेजुको ताहामचा बनाई देश परिक्रमा गर्ने प्रचलन छ । त्यसपछि वर्षभरि दिवंगत भएका व्यक्तिहरुको प्रतीक ताहामचा बनाइ भक्तपुर नगर  परिक्रममा गर्ने गरिन्छ । गाईजात्राका दिन वर्ष दिनभित्र मरेका मध्ये मृत्यु संस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाको सांचा वनाई नगर परिक्रममा गर्ने गरिन्छ भन्ने उमेर पुगेका व्यक्तिहरूको ताहामाचा वनाई नगर परिक्रम गर्ने प्रचलन रहेको  छ ।
गोपालराज वंशावलीमा पनि गाईजात्राको महिमा स्वरुप गाईजात्रा भन्ने उल्लेख गरिएको छ । यो गाईजात्रा पर्व कहिलेदेखि सुरु भयो भन्ने तथ्यगत प्रमाण नभएता पनि विक्रमको १४ औँ शताब्दीभन्दा अगाडि लिच्छविकालको अन्त्यमा यो गाईजात्रा सुरु भएको मानिन्छ । तलेजुको साः (ताहामचा) ल्याएर गाईजात्रा सुरु हुन्छ र सबभन्दा पछाडि भैरव र भद्रकालीको साः ल्याएपछि गाईजात्रा समाप्त हुन्ने प्रचलन रहेको छ ।काठमाडौं उपत्यकालगायत नेपालभाषीहरूको बसोबास रहेको ठाउँमा भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा भव्यताका साथ मनाइदै छ। नेवारी समुदायमा यो जात्रा मृत्यु संस्कारसँग सम्बन्धित भएकाले वर्षभरिमा दिवंगतहरूको सम्मान तथा सम्झनामा गाईको प्रतीक बनाई स्थानीय नगर परिक्रमा गराइन्छ।
धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एकदिनमात्र यमलोकको ढोका खुला हुने हुँदा मृतकको आत्मालाई गाईको प्रदर्शनले गाईको मद्दतबाट उक्त दिन यमलोकमा प्रवेश हुने जनविश्‍वास छ।
त्यसैले नेवारहरू त्यस दिन गाईको प्रतीक वा जिउँदो गाईलाई नै नगर परिक्रमा गराउँछन्। धार्मिक ग्रन्थ तथा किवंदन्तीहरूका अनुसार गाईजात्राको दिन गाई प्रदर्शन गर्ने क्रममा उक्त गाईले हालेको एक पाइला बराबर एक अश्‍वमेघ यज्ञ गरेबराबरको फल प्राप्त हुन्छ।
यस दिन गाईको प्रतीक बनाउनुअघि मृतकको नाममा क्रियापुत्रद्वारा संकल्प गराई पुरोहितले विधिपूर्वक पूजाआजा सम्पन्न गर्छन्। पुरोहितले पूजाकै क्रममा गाईको प्रतीक बनाउन लगाउँछन् र तयार भएको गाई आ-आफ्नो क्षेत्रको सम्बन्धित एवं निश्चित क्षेत्रमा परिक्रमा गराइन्छ।
काठमाडौं उपत्यकामध्ये भक्तपुरमा यो गाईजात्रा नौ दिनसम्म मनाइन्छ। त्यसैले यसलाई स्थानीय नेपालभाषामा गुन्हु पुन्ही (नौदिने पूर्णिमा) भनिन्छ। गाईजात्रालाई नेपालभाषामा 'सापारु' पनि भनिन्छ।
गाईको प्रतीक प्रदर्शन सँगसँगै विशेष किसिमको संगीतको तालमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाच्नु भक्तपुरको गाईजात्राको विशेष आकर्षण हो। पहिले पुरुषमात्रै सहभागी हुने यस नाचमा आजभोलि महिलासँगै विदेशी पर्यटकहरु पनि सहभागी हुने गरेका छन् । महिलाले नाच्न नहुने समयमा पुरुष नै महिलाको भेषमा नाचमा सहभागी हुन्थे ।
यहाँ मृतक महिला, पुरुष र बच्चाको आधारमा गाईको प्रतीक बनाउँछन्। गाईको चित्र छापिएको छापा, परालले बनाइएको एकजोडा सिङ, चवरको पंखा, छाता, विभिन्न फूल र कागजबाट बनाइएका सिंगार्ने वस्तुले सजाइदिएर केटा भए सेतो वा अन्य रंगको नयाँ कपडा र केटी भए 'हाकुपतासी' (छेउमा रातो धर्सो भएको कालो रंगको सारी) वा सारीले बेरेर गाईको प्रतीक बनाइन्छ। जसमा उमेरअनुसार डोकसाँ र ताहासाँ बनाइन्छ।
यसरी डोकसाँ र ताहासाँ तयार भएपछि घरको मूलढोका अगाडि पुरोहित वा ब्राह्मणले मृतकको क्रिया गर्ने क्रियापुत्रलाई संकल्प गराई विधिबमोजिम पूजा गरेपछि त्यसलाई नगर परिक्रमा गर्न पठाइन्छ। तलेजुको घिन्ताङघिसी
जनै पूर्णिमाको राती भक्तपुर तलेजुको घिन्ताङघिसी निकालेपछि भक्तपुरमा विधिवत रुपमा गाईजात्रा सुरु भएको मान्ने परम्परा रहँदै आएको छ। उक्त गाईजात्राबाट सुरु भएको पर्व भक्तपुर नपा वडा नं १२ लाकोलाछेंबाट परालबाट बनाइएको भैरवको गाई निकालेर नगर परिक्रमा गराइएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ।
उक्त गाईजात्रा भक्तपुरको टौमढी, भक्तपुर दरबार क्षेत्र र दत्तात्रयमा तीनपटकसम्म घुमाइन्छ। भक्तपुर नगर क्षेत्रमा गाई घुम्ने रुटमा ती क्षेत्रहरू सर्वाधिक खुला हुने र उक्त जात्रा हेर्नेहरू पनि ती क्षेत्रमा सर्वाधिक भेला हुने भएकाले ती ठाउँमा तीनपटकसम्म भैरव र भद्रकालीसहितको गाईजात्रा परिक्रमा गराइने परम्परा रहँदै आएको छ।
पहिलो दिन सांस्कृतिक र संस्कारगत गाईजात्रा सकिएपछि दोस्रो दिन खाली हुन्छ। तेस्रो दिनदेखि हास्यव्यंग्य, घोचपेच हुने जात्रासँगै परम्परागत र मौलिक विभिन्न नाचहरू प्रदर्शन गरेर गाईजात्रा मनाइन्छ। यो क्रम एक सातासम्म चल्छ।
यस बेला विशेष गरेर देवी नाच, भैरव नाच, फाकंदली (कर्कलो नाच), लुसी (ओखल) नाच, माक प्याखं (बाँदर नाच), नागांचा प्याखं, गाइँचा (गाइने), म्हेखा प्याखं (मयूर नाच), ख्या प्याखं (ख्याक नाच), खिचा प्याखं (कुकुर नाच) देखाइन्छ।
त्यस्तै भालु प्याखं (भालु नाच), सिंहसिंहनी नाच, कचामचा (सितलामाजुको नाच), धागो काट्ने नाच, सिलु वनेगु प्याखं (गोसाईकुण्ड जाने नाच), कलाँली प्याखं (पूजाथाली नाच), महादेव पार्वती नाच, कृष्णलीला, जंगली नाच, घोडा नाच, ह्या प्याखं (हाँस नाच), सिख प्याखं (सिक्री नाच), थाज्या प्याखं (कपडा बुन्ने नाच), किजापूजा प्याखं (भाइटीका नाच), भूत तर्साउने नाच, नटुवाचा नाच, ख: नाच (दबुलीमा देखाउने नाच) आदि पनि यसै दिनभित्र प्रदर्शन गरिन्छ।
गाईजात्राको पहिलो दिनबाहेक अन्य दिन यी नाचहरू विशेष गरेर रात्रीकालमा प्रदर्शन गर्ने प्रचलन रहेको छ।
गाईजात्राको ऐतिहासिकता

काठमाडौं उपत्यकामा मनाइने गाईजात्रा मल्लकालमा सुरु भएको मानिन्छ। काठमाडौंमा प्रताप मल्ल, ललितपुरमा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा जगतप्रकाश मल्लले गाईजात्रा चलाएको मानिन्छ।
तर यहाँ मल्लहरूले शासन गर्नुअघि नै गाईजात्रा चलनचल्तीमा आइसकेको इतिहासविद् तथा संस्कृतिविद्हरू बताउँछन्। उनीहरूका अनुसार लिच्छवि कालमै यहाँ नेवारहरूले एउटा पर्वको रुपमा गाईजात्रा मनाइसकेका थिए। त्यस्तै गोपालराज वंशावलीमा पनि नेपालमा पन्ध्रौं शता›दीतिरै गाईजात्रा चलनचल्तीमा आइसकेको उल्लेख गरिनुले यो जात्रा धेरै पुरानो भएको पुष्टि हुन छ।
नेपालमा उपलब्ध ठ्यासफुमा समेत लिच्छविकालमा चलनचल्तीमा आएको गाईजात्रालाई मल्ल राजाहरूले परिमार्जन गरी विस्तृत पारेको उल्लेख गरिएको छ ।
माथि भनिएका काठमाडौंका प्रताप, पाटनका सिद्धिनरसिंह र भक्तपुरका जगतप्रकाश मल्लले आ-आफ्नो ठाउँमा यस जात्रालाई परिमार्जन गरी विस्तृतमात्र पारेको मान्न सकिने उनको भनाइ छ। 'उनीहरूले आ-आफ्नो क्षेत्रमा मनाइने गाईजात्रा प्रत्येक राजदरबार अगाडिबाट जानुपर्ने व्यवस्था गरेका छन्', उनले भने। जसअनुसार काठमाडौं उपत्यकामा हुने गाईजात्रा प्रत्येक राजदरबार भएर नगर परिक्रमा गर्ने चलन आजसम्म कायम रहँदै आएको छ।

No comments: