Headeradd

Thursday, August 29, 2013

मध्यपुरथिमिको बोडेमा मनाईने चारदिने नीलबाराही नाच सुरु


 बोडेमा मनाईने नीलबाराही नाच आज मध्यराती १२ बजेदेखि सुरु हुने भएको छ । बोडेका नेवार समुदायले मनाउ“दै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाँच हो । १५ दिन अघिदेखि मूलघरमा सिकाईदै आएको यो नाच राती, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाईने गरिन्छ ।

गाईजात्राको भोलिपल्ट मध्यरातदेखि सुरु गरिने सो नाच चार दिनसम्म सञ्चालन हुने गर्छ । सो नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।   देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ । देवता १९ जना, गुरु ६ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने ९ जना गरी यो नाचमा १०० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् ।

दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बा“धिएर बोडेमा मनाइने नीलवाराही नाच कहिलेदेखि सुरु भएको भत्रेबारे यकिन नभएपनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने स्थानीयको भनाई छ ।  नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर स्थानिय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरि राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाए पछि यो नाच सुरु भएको किम्बदंन्ती एवं जनविश्वास रहदै आएको छ ।  नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नुहने र जुत्तासमेत लगाउन नहुने नियम छ । गुठी नाइके प्रेमचन्द्र अदुवाले भन्नुभयो—‘नाचको नियम कडा छ, देवगणले मुकुण्डो लायर घण्टौसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाईदैन, बस्नैपरे पनि ज्वकालुको काखमा या जिउमा अडेसलगाएर बस्नुपर्छ ।’

नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुदैन भन्ने मान्यता रहेको छ । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउ“छ भन्ने जनविश्वास अझै रहेको छ । जात्रामा काटमार समेत गर्नु ह“ुदैन ।

  ‘देवगणहरू नियमभन्दा बाहिर जानु हु“दैन,’—नाचका गुरु कान्छा बालाले भन्नुभयो,—‘नियम कडाइका साथ पालना गर्नुपर्छ, पालना नभए उसैलाई असर गर्छ ।’ परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेको छ । प्रत्येकवर्ष भाद्र द्वितीयादेखि पञ्चमीसम्म यो नाच चल्ने गर्दछ । बिहानीपख देवगणलाई पूजा गर्ने स्थानियको घुइ“चो लाग्ने गर्छ । जात्रा पहिलो बिहान सकिन्छ , दोस्रो दिनभने बिहान चार बजे सुरु भएर साँझ सम्पन्न हुन्छ भने तेस्रो दिन बिहान सुरु भएर साँझ सम्पन्न हुने परम्परा रहेको छ । नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म नाचको तयारी गरिन्छ । जसलाई नेवारी भाषामा ‘प्या“खा स्यनेगु’ भनिन्छ । नाच सिकाउ“दा ताः लगायतको बाजा बजाईने परमपरा रहेको छ ।

आर्थिक समस्याका कारण देवगणमा देवता बत्र चाहनेको सङ्ख्या घट्दै गएकोमा स्थानियले चिन्ता ब्यक्त गरेका छन् । भगवान्प्रतिको आस्था र परम्परा जोगाउनकै लागि यहाँका बासिन्दाले नाचलाई निरन्तरता दिईरहेका छन् । नीलबाराही नाचका देवगणले अति कठिन अवस्थामा नाच देखाउने परम्परा रहेको छ । गुठी नाइके अदुवा भत्रुहुन्छ— ‘देवतालाई चढाइएको भेटी गुठीको कोषमा जम्मा हुन्छ, गुठीमा करिब पाँच रोपनी जग्गा छ, त्यसैको बालीबाट यो नाचको तयारी गरिन्छ ।’ उहाँका अनुसार भेटीबाट सङ्कलन भएको रकमले अन्तिम दिन सामूहिकरूपमा भोज खाने गरिन्छ । खर्च अभावमा नाच संकटमा पर्दै गएको उनीहरुको भनाई छ ।

No comments: