Headeradd

Wednesday, January 1, 2014

अंग्रेजी नयाँ वर्ष आजदेखि सुरु HAPPY NEW YEAR 2014 AD.

क्रिस्चियन धर्मावलम्बीले आज ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष २०१४ मनाउँदै छन् । प्रत्येक वर्ष जनावरी पहिलो तारिखका दिन इस्वी संवत् सुरु हुन्छ । विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवत्र्तक जिसस क्राइस्ट (प्रभु यशु)को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । विश्वका सम्पूर्ण मानव समुदायको कल्याण तथा मुक्तिका लागि जिसस क्राइस्टले मारियमको कोखबाट जन्म लिई पृथ्वीमा आएको विश्वास सो धर्मावलम्बीको रहेको छ । सो संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा इसाई तथा गैरइसाईले पनि विभिन्न परिकारका मीठा मीठा खानेकुरा खाने तथा साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँछन् । नेपालका विभिन्न पर्यटकीय सङ्घसंस्थाले पर्यटकीयस्थल तथा सो आसपास क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गरी पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरुलाई आकर्षण गर्ने गर्छन् ।

No comments: