महिलाका बारेमा थाहा पाउनुपर्ने १० कुरा
१. पक्कै पनि हामीलाई गिफ्ट र सरप्राइज मनपर्छ तर तपाईंको मनले चाहेर गरेको कुराहरु हामीलाई सबैभन्दा मनपर्ने कुरा हो ।
२. शरिरको साथसाथै दिमाग पनि हुन जरुरी छ । जिम्मेवार र बुद्धिमान पुरुषहरु महिलाको रुचीमा पर्ने गर्दछन् ।
३. कुरा गर्ने अलावा हामीलाई माया र केयर गर्नुहुन्छ भनेर देखाउनुहोस् । सन्देश आदान प्रदान गर्न र हाम्रो परिवारसँग भेट्न समय दिनुहोस् ।
४. हामीलाई माया गर्नुस्, आदर गर्नुस् र हाम्रो कुराहरु सुन्नुहोस् । यति गर्नुभयो भने हामी सधैँ तपाईंको हुनेछौँ ।
५. तपाईं हाम्रो लागि जति महत्वपूर्ण भए पनि हामी हाम्रो आत्म सम्मानमा सम्झौता गर्न सक्दैनौँ ।
६. सपिङ हाम्रो जन्मसिद्ध अधिकार हो र त्यसलाई हामीले पाउनुपर्छ । कृपया यसलाई हाम्रो विलासिता नसम्झि आवश्यकता ठान्नुहोस् । हामीहरु तपाई्रंकै राम्रोका लागि पनि यसो गर्ने गर्दछौँ ।
७. पुरुषलाई जस्तै महिललाई पनि आफ्नो करियर महत्वपूर्ण हुन्छ, त्यसलाई सम्मान गर्नुहोस् ।
८. कहिलेकाँही हामीलाई काँध र समस्या सुन्ने कानको आवश्यक पर्छ । दार्शनिक बनेर समस्याको समाधान गर्न नखोज्नुहोस् ।
९. झुटो कुरा नबोल्नुहोस् । विश्वास गर्नुहोस्, महिलाले झुटो बोलेको थाहा पाइहाल्छन् । झुटो कुरा बोलेर महिलालाई पट्याउन सक्छु भन्ने सोच्दैहुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ ।
१०. महिलाहरु तपाईं जत्तिकै सक्षम छन् अझ कोही त अझ बढि हुनुहुन्छ त्यसरी नै व्यवहार गर्नुहोस् ।
पुरुषले यी १० कुराहरु थाहा पाउन् भन्ने महिलाको चाहना
(एजेन्सी)–महिला र पुरुषका बिच चक र चिजमा जति फरक छ त्यति नै भिन्नता उनीहरुमा छ । महिलालाई बुझ्न पुरुषहरुका लागि सधैँ गाह्रो नै हुँदै आएको छ । अथवा उनीहरुले यसो भन्ने मात्र गरेका हुन्छन् ।
तर, विश्वास गर्नुहोस् । महिलालाई बुझ्न त्यति गाह्रो छैन मात्र सञ्चारको च्यानल खुला राख्नुहोस् र हेर्नुहोस् त्यसले के फाइदा पुर्याउँछ । आफ्ना पुरुषले कस्ता कुराहरु थाहा पाओस् भन्ने महिलाको चाहनालाई यहाँ प्रस्तुत गरिएको छ, हेरौँः
१. पुरुषहरु भावनात्मक भागफलमा अलि कमजोर हुन्छन् भन्ने कुरा थाहा भएतापनि भावनाहरुको कदर गरोस् भन्ने प्रत्येक महिलाको चाहना हुन्छ । तर, याद राख्नुहोस् आफ्नो भावनालाई सम्हाल्न नसक्ने पुरुष महिलाको रोजाईमा पर्दैनन् ।
२. महिलाहरु बोलिरहेका बेला उनीहरुले के बोलिरहेका छन् त्यो कुरा आफ्नो पुरुषले याद गरोस् भनेर महिलाको इच्छा हुन्छ । टाउको मात्र हल्लाएर क्रिकेट र फुटबल हेर्नाले उनीहरुको कुरामा ध्यान दिएको मानिदैँन ।
३. पुरुष मित्रहरु, तपाईंको आमाले तपाईंलाई धेरै मिठो खानेकुरा खुवाउनुहुन्छ होला तर आफ्नो आमाले किचेनमा गर्ने चमत्कारको मात्र कुरा गरेर आफ्नी प्रेमिकालाई चिड्चिडाहट महसुस नगराउनुहोस् ।
४. महिलाहरु सञ्चारको शक्तिमा विश्वास गर्छन् त्यसकारण कुरा, झगडा गर्नुहोस् तर साइलेन्ट मोडमा नबस्नुहोस् । यो मोड आफ्नो मोबाइलमा मात्र राख्नुहोस् ।
५. हामी सबैलाई आफ्नो पार्टनरको शिष्टता मन परेको हुन्छ त्यसकारण नम्र हुनुहोस् र आफू राम्रो परिवारमा हुर्किएको भनेर साबित गर्नुहोस् ।
६. आफ्नो अभिमान कहिले नदेखाउनुहोस् । यसले तपाईंलाई हानी मात्र गर्छ ।
७. महिलाको मालिक आफू हुँ भन्ने भावना हटाइदिनुहोस् । त्यसकारण उनीहरुलाई त्यसै अनुसारको व्यवहार गर्नुहोस् । पुरुषहरुले भनेजस्तै महिलालाई पनि आफ्नै स्पेस चाहिएको हुन्छ ।
८. महिलामा रोमान्स भन्ने कुरा आफैँ आउने गर्दछ । पुरुषहरुले आफ्नो माया व्यक्त गर्दा महिलाहरुलाई निकै रमाइलो लाग्ने गर्दछ । त्यसकारण आफ्नी महिलालाई माया गर्ने कुराहरु देखाउनुहोस् । यस्तो कुराको लागि पुरुषले फूल, डिनर, गिफ्टको सहारा लिन सक्नुहुनेछ । यस्ता कुराहरु आश्चर्य पार्ने ढङ्गले गर्नाले बढि प्रभावकारी हुने गर्दछ ।
९. महिलाहरुलाई नैतिकताको बारेमा धेरै ज्ञान नदिनुहोस् । उनको लो–नेकलाइन ड्रेसको बारेमा कमेन्ट गर्न बन्द गर्नुहोस् ।
१०. महिलाको परिवार, साथीभाईसँग सम्बन्धित कुनै जोक नगर्नुहोस् । संवेदनताशीललाई ध्यान राखेर तपाईंको सेन्स अफ ह्युमर प्रस्तुत गर्नुहोस् ।
No comments:
Post a Comment