Headeradd

Friday, October 11, 2013

दशैंको सातौंदिनमा कालरात्री देवीको पुजा गरिन्छ, घरघरमा फुलपाती भित्र्याइँदै


fulpati२५ असोज, काठमाडौं । आज मुलुकभर परम्पराअनुसार ९:३१ बजे बिहान प्रत्येक नेपालीको घरघरमा फूलपाती भित्रयाइँदैछ । फूलपातीको साइत आज बिहान ९:३१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।
सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ । फूलपातीका रूपमा साँझपख ती वस्तु घटस्थापनाको दिन स्थापना गरिएको दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा राखिन्छ ।
आजकै दिन दसैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्र्याउने चलन छ । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छजना र त्यहाँबाट काठमाडौँको जमलसम्म छजना ब्राम्हणले ल्याउने चलन छ ।
आजकै दिन हर्षबढाइँका साथ फूलपाती भित्र्याउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्ने गर्छ । घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भएपनि दसैँको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ ।
बडा दसैंको दोस्रो दिन फूलपातीदेखि पूणिर्मासम्म सरकारी कार्यालय बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरू मूलघरमा दुर्गा भवानीको टीका थाप्न जाने क्रम आजदेखि सुरु हुन्छ । गाउँघरमा फूलपातीका दिन चोक, मठमन्दिर, पाटी, सत्तल सफासुग्घर गर्ने र रमाइलोका लागि लिङ्गे र रोटेपिङ निर्माण गर्न गरिन्छ ।

No comments: