Headeradd

Sunday, September 29, 2013

विश्व सुन्दरी, इशानी शीर्ष १० मा


काठमाडौं, असोज १२ - फिलिपिन्सकी मेगान योङ यो वर्षको विश्व सुन्दरी चयन भएकी छिन् । इण्डोनेशियामा भएको समारोहमा मेगान विश्व सुन्दरी चयन भएकी हुन् ।
फ्रान्सकी सुन्दरी दोश्रो र घानाकी सुन्दरी तेश्रो भए ।

नेपालकी इशानी शीर्ष १० मा

इण्डोनेशियामा भएको विश्व सुन्दरी प्रतियोगिता नेपालकी सुन्दरी इशानी श्रेष्ठ शीर्ष १० मा पर्न सफल भइन् ।
शीर्ष १० पर्ने क्रममा पाँचौ नम्बरमा पर्दै सेमिफाइनलमा पुगेपनि फाइनल चरणको शीर्ष ५ मा पर्न भने उनी सकिनन् ।  
फिलिपिन्स, ब्राजिल, अष्ट्रेलिया, फ्रान्स, इंग्ल्याण्ड, इन्डोनेशिया, स्पेन, जमैका र घानाका सुन्दरीसँगै उनी शीर्ष १० मा परेकी थिईन् । तर शीर्ष ५ मा फ्रान्स, फिलिपिन्स, घाना, ब्राजिल र स्पेनकी सुन्दरी परे । यस्तै जिब्रालटरकी सुन्दरी पिपुल्स च्वाईसबाट फाइनल राउण्डका लागि छनौट भइन् ।
इशानीले ब्युटी विथ द प्रपोजको अवार्ड भने जितेकी छिन् । उनलाई यो अवार्ड जिताउने उनले गरेको सामाजिक काम प्रोजेक्ट स्माइलको भिडियो पनि कार्यक्रममा देखाईएको थियो । इशानीले प्रतियोगिताको समारोहमा बसन्त नै बस्न खोज्छ यहाँ यो हो मेरो प्यारो माइती घर बोलको नेपाली गीतमा नृत्य पनि प्रस्तुत गरिन् ।
विश्व सुन्दरी प्रतियोगितामा नेपालकी इशानीले गरेको नृत्य तलको भिडियोमा हेर्नुहोस् ।

No comments: