Headeradd

Monday, September 30, 2013

नेपाल एएफसी यू-१६ च्याम्पियनसिप फुटबलको फाइनल चरणमा प्रवेश


 

काठमाडौं, असोज १२ – दशरथ रंगशालामा भएको एएफसी यु–१६ च्याम्पियनसिप छनोट फुटबलमा समूह ‘सि’ को अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई ४-० ले पराजित गर्दे एएफसी यू-१६ च्याम्पियनसिप फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । आजको ३ खेलबाट ७ अंक जोडेको नेपालले समूह सीको शीर्ष स्थानमा रहँदै आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ फुटबलमा सहभागिता जनाउने पक्का भएको हो ।
सन् २००६ यता नेपालले पहिलोपल्ट छनोट पार गरेको हो । नेपालका लागि कप्तान बिमल घर्तिमगरले ह्याट्रिक गरेका थिए भने दिनेश राजबंशीले एक गोल गरे । यसअघि पहिलो खेलमा फिफा बरियतामा १२१ औ स्थानको बहराइनलाई २–० ले हराएको नेपालले फिफा वरियतामा १०५ औ स्थानमा रहेको इराकसँग २–२ गोलको बराबरी खेलेको थियो । नेपालसँग हारेको तर्किमिनास्तन १२५ बरियतामा छ । आइतबार नै भएको अर्को खेलमा बहराइनले इराकलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
DSC_02477DSC_0219DSC_01411DSC_0167DSC_0290DSC_0227
 

No comments: