Headeradd

Monday, July 29, 2013

उपाधिका लागि नेपाल भारतसँग भिड्ने



राजधानीमा जारी दोस्रो यु १६ साफ फुटबल प्रतियोगितामा नेपालले मंगलबार उपाधिका लागि भारतको सामना गर्ने भएको छ। आइतबार लगनखेस्थित आर्मी मैदानमा भएको अन्तिम सेमीफाइलनमा भारतले अफगानीस्तानलाई ट्राईबेकरमा ४–३ गोल अन्तरले हराउँदै उपाधि भिडन्त नेपालसँग पक्का गरेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि ट्राइबेकरमा धकेलीएको खेलमा भारत विजयी भएको हो।

नेपालले कुनै पनि स्तरको अन्तर्राष्ट्रिय फुटबलमा १४ वर्षपछि पहिलोपटक फाइनल पुगेको हो । यसअघि नेपालले सन् १९९९मा काठमाडौको दशरथ रंगशालामा भएको दक्षिण एसियाली खेलकुदमा पहिलोपटक बंगलादेशविरुद्ध फाइनल खेलेको थियो । त्यसमा नेपाल उपविजेतामै चित्त बुझाएका थियो ।
 
यस्तै नेपालले साफ यू(१६ मा भने पहिलोपल्ट उपाधि नजिक पुगेको हो । दुई वर्षअघि दशरथ रंगशालामै भएको पहिलो संस्करणमा सेमीफाइनलमा भारतसँग ट्राइबेकरमा ४(२ गोलले पराजित नेपालले बंगलादेशलाई ३-१ गोल अन्तरमा हराएर तेस्रो भएको थियो ।
यसअघि पहिलो संस्करणमा पाकिस्तानसँग पराजित भएको भारत यु १६ च्याम्पीयनसिपमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।

No comments: