Headeradd

Thursday, July 25, 2013

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश .


समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । राजधानीमा जारी साफ यू-१६ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा डिफेन्डिङ च्याम्पीयन पाकिस्तानलाई ३-० गोलअन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
नेपालले आजको जितसँगै समूह एमा ७ अंकका साथ समूह विजेता भएको हो । खेलको १३ औ मिनेटमा सुजन लिम्बुको गोलबाट नेपालले अग्रता लिएको थियो । पहिलो हाफमा १ शून्यको अग्रता लिएको नेपालले थप दुई गोल दोस्रो हाफमा गरेको थियो ।
खेलको ६५ औ मिनेटमा बिमल घर्तिमगरले अग्रता दोब्बर पारेका थिए । यस्तै खेलको ७३ औ मिनेटमा नेपालका लागि विमलले काउन्टर अट्याकमा तेस्रो गोल गरेका थिए । यस्तै आजै लगनखेलस्थित आर्मी मैदानमा भएको समूह ए कै अर्को खेलमा अफगानिस्तानले भुटानलाई ३-१ गोल अन्तरमा हराउँदै समूह उप-विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।
समूह बीबाट भारत र बंलादेश सेमिफाइनल पुगिसकेका छन् । समूह विजेताको टुङ्गो भने भोलि हुने समूह चरणको अन्तिम खेलले लगाउनेछ ।
U-16 Nepali Team.

No comments: