Headeradd

Tuesday, July 23, 2013

जित्ने खेल बराबरी हुँदा

                                                   जित्ने खेल बराबरी हुँदा।
जितने गेम नजित्दा, नखाने गोल खादा!! नेपाल १ खेल अगाड़ीनै सेमीफाइनल पुग्ने मौका त चुक्यो! सेमीफाइनल सम्म पुग्नुको लागी पकिस्तानलाइ हराउनु पर्ने या त बराबरी गर्नु थप चुनौती सृजना भएको छ नेपाललाइ! तर पाकिस्तान अघिल्लो दुबै खेलमा बराबरी भएकोले उसको नाममा केवल २ अंक मात्र छ त्यस कारण पाकिस्तानलाइ सेमीफाइनल पुग्नुकोलागी बराबरी पर्याप्त हुदैन! त्यसैले उ जित्नुकोलागी मैदानमा उत्रनू उसको बाध्यता हो! र भूटान संग बराबरीको नातिजले कमजोर आक्नु गलत हो! किन की अफगानिस्तान संगको बराबरी र नेपाल संग अफगानिस्तानको बराबरी! तेसैले पाकिस्तान कमजोर छैन भन्ने बुझ्नु जरुरी छ! कुनै पनि बेला गोल गर्नु सकने र खतराको घंटी बजाउने संभावना छ नेपाललाइ!

तर फूटबलमा सुन्दर गेमले नतीजा नपाउने भएकोले स्कोरिंग नै इम्पोर्टेन्ट मानिनछ! u १६ का खेलाडीहरुलाइ धेरै भन्दा धेरै चुकेको भन्नु गलत हो! यो उमेरमा त्यों चुकाई सामान्य हो! अझ फिनिशिंगको लागी भरमग्दुर गरेको प्रयास सरहानिय छ!! हरेक पोजीसनमा हरेक खेलाडीको भूमिका उत्क्रिस्ठ थियो जहा कोचलाइ दोसारोपन गर्ने ठाऊ थियेन! कोचको सबै भन्दा परसंसा गर्नु लायेक कुरा पाटो भनेको "फिटनेस" केही खेलाडी यस्ता थिए की न त अपोइन्सले भेट्नु सक्थियो नत रोक्नु नै! बिसेष १०, १५. अनि ७, १३, १४, को भूमिका सुन्दर ! सबै डिफेंडर मध्यम खालका! तर कोचमा देखिएको सबै भन्दा ठुलो कमजोरी! जर्सी न. ९ ! सुरुवात देखिनै खेलमा खासै रोलनै थियेन, जति पनि बिपक्छ्यको पोस्टमा पुराइयेको बलहरु राइट विंगर बाट मात्र, यदि लेफ्ट बाट लगेको हो भने या डिफेंडरको लंग पास या सेण्टर मिडबाट! स्पष्ठ देखिंथियो कोचको निर्देसन पछि पनि सधै कॉन्फिडेंस लस र डराएको जस्तो गेम थियो! यदि बेलैमा यो कुरालाई कोचले ध्यान पुराएको भये सम्भवत नेपालले गोल खाने थियेन र नेपालको गेम अझ सुदृढ़ हुने थियो! यही मुभमेंट लाइ कोच र केही खेलाडीले सम्नयन गर्दा गोल खाएको न कोचले पत्ता पाए न त धेरै खेलाडिले!! पुन यस्तो कमिकम्जोरी दोहोराउने हो भने केही सेकंडमा नै नतीजा परिबर्तन हुन्सकने कुरालाइ मध्यनजर गर्नु जरुरी होला!!!!!!!
गुड लेक,,, गोर्खाली!!!!!!

No comments: