Headeradd

Tuesday, October 21, 2014

धर्म संस्कृति नेवारी संस्कृतिम स्वन्ति नाखः तिहार

धर्म संस्कृति नेवारी संस्कृतिम स्वन्ति नाखः तिहार
कल्याण मित्र
नेवारहरूको ºनै मौलिक संस्कृति परम्परा रही आएको यो नेवारहरूको पहिचान पनि हो परापूर्वकालदेखि नै नेवारहरूको ºनै भाषा, धर्म संस्कृति चल्दै आइरहेको नेवारी चाडबाड, विभिन्न देवदेवीका जात्रा पर्व मेलाले गर्दा नै नेवारहरू संस्कृतिका धनी भएका हुन् नेवारी संस्कृति नै आज आएर राष्ट्रकै संस्कृति सम्पदाको रूपमा उल्लेखनीय बन्न पुगिसकेको कतिपय नेवारी संस्कृति सम्पदाहरू विश्व सम्पदाको सूचीमा परिसकेका छन्
नेवारहरूकै मात्र देश भइरहेको बेलादेखि मनाउँदै आएका विभिन्न चाडबाड, जात्रापर्व मेलामध्ये एउटा अत्यन्तै रमाइलो चाड हो, स्वन्ति नखः तिहार नेवार समुदायले कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर स्वन्ति नखः मनाउँछन् अब आएर स्वदेशमा मात्र होइन विदेशमा रहेका नेवारहरूको पनि त्यतिकै चासो महŒ दिएर मनाउन थालेका छन् पाँच दिनसम्म मनाउने स्वन्ति नखःमा काग पूजा, कुकुर पूजा, लक्ष्मी पूजा, म्ह पूजा भाइटीका गरी मनाउँछन् नेवारहरूले गोवद्र्धन पूजा भने गर्दैनन् काग तिहारदेखि भाइटीकासम्म पाँच दिन मानिने तिहारलाई यमपञ्चक पनि भनिन्छ पाँच दिनसम्म यमराज मत्र्यमण्डलमा बस्ने मान्यता भएकाले यमपञ्चक भनिने हो
काग पूजा
तिहारको पहिलो दिन कात्तिक कृष्ण त्रयोदशीका दिन नेवारहरूले कागलाईजङति क्वःयमदूत मानेर पूजा गर्दछन् कागको धेरै गुण भएकाले पनि पूजा गर्ने चलन चलेको हो मानिसलाई विभिन्न किसिमले सहयोग गर्दै आइरहेको कागले समयसमयमा सूचना दिन आउँछ भन्ने पुरानो धारणा पाइन्छ घरको कौसीमा वा छतमा काग आएर करायो भने सुवोल सुवोल भन्ने चलन अभैm पनि कागसँग कुनै पनि काम पूरा नभएसम्म लागिरहने गुण भएकालेकाग चेष्टापनि भन्ने गरिन्छ हामी मानिसहरूले पनि काग चेष्टालाई कहिल्यै बिर्सनुहुँदैन कागले भैंm हामीले पनि गरिरहेको काममा लागिरहनुपर्छ भन्ने ज्ञान लिनुपर्छ नेवारहरूको पशुपन्छीलाई खुवाउनुपर्छ भन्ने पुरानो चलनअनुसार अहिलेसम्म पनि परेवा, भंगेरा कागलाई चामल, भातको भाग राखेर खुवाउने चलन कागतिहारका दिन कागलाई पूmलटीकासहित घरमै पकाएको दालभात, तरकारी पातमा राखेर कागलाई चढाएर काग पूजा गर्ने चलन
कुकुर पूजा
तिहारको दोस्रो दिन कात्तिक चतुर्दशीमा कुकुरलाई पूजा गरिन्छ यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ कुकुरलाई पनि यमका दूतका रूपमा मान्ने गरिन्छ कुकुरलाई भैरवको वाहन पनि भनिन्छ कुकुरले मानिसलाई अनेक प्रकारले सेवा, सुरक्षा गर्दै आइरहेको पाइन्छ घरघरमा चोरले चोर्न नसकोस् टोलैपिच्छे कुनै पनि खराब मानिसहरूबाट हानिनोक्सानी नपु¥याओस् भनी कुकुरले सुरक्षा दिइरहेको हुन्छ यसरी सुरक्षा गर्दैै आइरहेको कुकुरको धेरै गुण हाल आएर तालिम प्राप्त कुकुरले विभिन्न किसिमका अपराधी पत्ता लगाउने कामसमेत गर्न थालिसकेको दैवी विपत्तिका घटनाको सूचना पनि कुकुरले पहिला नै दिएर मानिसहरूलाई सचेत होसियारी पनि गराउँछ यसप्रकार विभिन्न गुण भएका कुकुरलाई तिहारमा पूm, टीका माला लगाइदिएर रोटी खुवाएर पूजा गर्दछन्
लक्ष्मी पूजा
 traditional handmade picture of Lakshmi holding a "Jwala nhayekan" and "Sinhamoo".
तिहारको तेस्रो दिन कात्तिक कृष्ण औंसीमा लक्ष्मी पूजा गर्ने भन्दै बिहान गाईलाई लक्ष्मी माता मानेर पूजा गर्छन् भने बेलुका लक्ष्मी देवीलाई पूजा गर्छन् कुनै पनि धार्मिक कार्य वा संस्कार गर्दा गोबरले भुइँ लिपेर गोमूत्र छर्केर चोखो पार्नुपर्छ ठूलाठूला धार्मिक कार्य गर्नुअघि गौदान गर्ने पनि चलन कुनै पनि धार्मिक कार्यमा गाईको दूध, दही, घिउ, गोबर गोमूत्र नभई हुन्न
जनैपूर्णिमाका दिन हातमा बाँधिराखेको रक्षा सूत्रलाई लक्ष्मी पूजाका दिन गाईको पुच्छरमा बाँधिदिए मरिसकेपछि स्वर्गमा जाने बाटोमा पर्ने वैतरणी नदी गाईले तारिदिन्छे भन्ने धार्मिक मान्यता रही आएको गाईलाई गौमाताको रूपमा मान्यता दिइराखेको गौहत्या महापाप हो भनी हाम्रो देशमा गौहत्यालाई मानिसकै हत्या बराबर मानेर कानुनी व्यवस्था गरिएको गाईको पनि यमराज यमलोकसँग सम्बध भन्ने मान्यता रही आएको यसरी विभिन्न महŒ भएको गाईलाई लक्ष्मी पूजाका दिन बिहान सबेरै टीका पूmलको माला लगाई दिएर रोटी, साग, फलपूm खुवाएर पूजा गरिन्छ
लक्ष्मी पूजाका दिन बिहान घरभरि सरसफाइ गरेर चोखोनितो गरेर पवित्र पारेपछि लक्ष्मी पूजाको तयारी गरिन्छ बेलुका पूजा गरिने लक्ष्मी देवीलाई धनधान्यकी देवी ऐश्वर्यका प्रतिकका रूपमा लिइन्छ औंसीका दिन पूजा गर्नुपर्ने लक्ष्मी देवीलाई पूजाकोठासम्म भिœयाउने गरिन्छ
नेवारहरूले पूजा गर्ने लक्ष्मी नेवारी संस्कृतिअनुसार ºनैपनको नेवारहरूले लक्ष्मीको मूर्तिमा पूजा नगरी पुंहरूले (नेवार चित्रकार) लेखिराखेको लक्ष्मी देवी चित्रमा पूजा गर्छन् चार हात भएको अर्धपद्मासनमा बसी खुट्टाले कछुवाको जिउमा टेकेको दाहिने हातमा ज्वला न्ह्याय्कं (परम्परागत ऐन) देब्रे हातमा सिन्हःमू (परम्परागत सिंदूरको बट्टा) लिएकी हुन्छिन् भने अरू दुई हातमा अभय वर मुद्रा भएकी लक्ष्मी देवीलाई नै पूजा गरिने हो लक्ष्मी देवीका दायाँबायाँ कुवेर ख्याक हुन्छन् नेवारहरूले पूजा गर्ने यस्ती लक्ष्मी देवी रातो वर्णकी हुन्छिन् रातो भन्नु नै अग्नि शक्तिको प्रतिक हो लक्ष्मी देवीको पाउमुनि बस्ने कछुवालाई सहनशीलताको प्रतीकको रूपमा लिइन्छ त्यस्तै, धनको पोको कुम्ल्याएर बोकिरहेका कुवेरलाई धनसम्पत्तिका मालिकको रूपमा लिइएको भने ख्याकलाई ढुकुटीको पाले रक्षकको रूपमा लिइएको लक्ष्मीदेवीको गणका रूपमा बसिरहेका कुवेर ख्याक भएका लक्ष्मी देवीलाई नै लक्ष्मी पूजाका दिन नेवारहरूले ºनै मौलिक रितले पूजा गर्ने चलन
नेवारहरूले लक्ष्मी पूजाका दिन पूजा गर्दा बसिरहेकी लक्ष्मीको चित्रमा पूजा गर्छन् भने अन्य जातिकाले उभिरहेकी लक्ष्मी देवीको चित्रमा पूजा गर्ने गरेको देखिन्छ बसिरहेकी लक्ष्मी गृहलक्ष्मी हुन् भने उभिरहेकी लक्ष्मी राज्यलक्ष्मी हुन् बसिरहेकी गृहलक्ष्मीले गृहस्थी स्थिर गराउने गरी विभिन्न पेसा, खेतीपाती, व्यापार, व्यवसाय सीपमूलक कार्यमा दक्ष एवं सम्पन्न गराउँछिन् भने उभिरहेकी लक्ष्मी राज्यलक्ष्मीले राजकाजसम्बन्धी, शासन प्रशासनसम्बन्धी कार्यमा दक्षता प्रदान गरी सम्पन्न गाउँछिन् भन्ने मान्यता
नेवारहरूले यसरी पुजिँदै आएकी लक्ष्मी देवी महालक्ष्मीकै साक्षात रूप हुन् महालक्ष्मीको अर्को भयंकर रूप महिषमार्दिनीले महिषासुरलाई बध गर्दा रक्सी सेवन गरी मात्तिएकी देवी भएकीले नेवारहरूले लक्ष्मीदेवी पूजा गर्दा राँगाको मासुको छ्वयला, अन्डालगायत समयबजी जाँडरक्सी पनि चढाउने गर्छन् ललितपुरको महालक्ष्मी सयानमा पूजा गरिँदै आएको महालक्ष्मीको मूर्ति महिषमार्देनीकै रहेको त्यस्तै, काठमाडौंको न्युरोड विशालबजारस्थित महालक्ष्मीको मन्दिरमा पनि महिषमार्देनीकै मूर्ति रहेको यी महालक्ष्मी देवीलाई बलि दिने चलन
म्ह पूजा
तिहारको चौथो दिन कात्तिक शुक्ल प्रतिपदामा नेवारहरूले म्ह पूजा नेसंको नयाँ वर्ष मनाउने दिन हो नेवारी संस्कृतिको मौलिकताले भरिएको यस म्ह पूजाका दिन नेवारहरूले ºनो शरीरलाई देवता मानेर म्ह पूजाआत्मपूजा गर्दा ºनो शरीरमा देवाव प्राप्त होस्, शरीरमा भएका खराब Œवहरू निस्कियोस्, अन्य खराब Œवहरू नभित्रियोस्, दिनदशा पनि शुभ होस्, कसैसँग ऋण सापटी पनि लिन नपरोस्, आपूmले गरेका शान्तिपूर्वक जीवनयापन गर्न पाइयोस् भन्ने विभिन्न किसिमका आशीर्वाद थापेर सगुन लिएर टीका लगाई म्ह पूजा गर्छन् म्ह पूजा गर्दा अष्ट चिरञ्जीवीको प्रतिक अष्ट ऐश्वर्य झल्कने गरी आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरेर सोही मण्डपमाथि भोज राखेर (खुवाइन्छ) यही दिन राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३४ वर्षअघि देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको नेपाल संवत् पनि फेरिन्छ नयाँ वर्ष लागेको उपलक्ष्यमान्हू दँया भिन्तुनाभन्दै देशैभरि बाहिर विदेशमा समेत भिन्तुना ¥याली विभिन्न कार्यक्रमको आयोजना गरी नेवारहरूले भव्य रूपमा मनाउँछन्
भाइ टीका
brothers being worshipped by their sister.
तिहारको पाँचौं दिन कात्तिक शुक्ल द्वितीयामा भाइटीका गरिन्छ दिदीबहिनीहरूले ºना दाजुभाइहरूलाई पूजा गर्छन् भाइटीका गर्दा पनि म्ह पूजामा जस्तै मण्डप बनाएर दिदीबहिनीले ºना दाजुभाइलाई माया, ममताले भरिएको मनले आशिष दिँदै उसिनेको अन्डा रक्सीको सगुन दिई पूmलको माला, कोखा (धागोको माला) लगाई दिएर थरीथरीका मिठाई, रोटी फलपूm पनि दिई भोज खुवाउने नेवारी परम्परा रही आएको दाजुभाइले पनि दिदीबहिनीलाई ºनो गच्छेअनुसारका उपहार वा पैसा दिने गर्छन् यसरी गरिने भाइटीकामा दिदीबहिनी दाजुभाइबीचको सुमधुर सम्बन्धका साथै दाजुभाइका सुख, समृद्धि दिदीबहिनीका सौभाग्य दिगो हुने मान्यता रही आएको
पञ्चरात्रि मेला
नेवारी संस्कृतिअनुसार दसैंमा नवरात्रि मेला गर्ने सन्दर्भमा तीर्थमा गई स्नान गरेर नौओटै शक्तिपीठमा गएर देवताको दर्शन गर्ने चलन त्यस्तै, तिहारमा पनि पञ्चरात्रि मेला भर्ने सन्दर्भमा पाँचओटा तीर्थमा गएर नुहाई पाँचओटै शक्तिपीठको पूजा गरेर पाँचओटा महादेवलाई अघ्र्य दिने चलन
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँचओटा तीर्थमा गएर स्नान गर्ने सन्दर्भमा क्रमैसँग निर्मल तीर्थ (भचाखुसी), चिन्तामणि तीर्थ (टेकु), महेन्द्र तीर्थ (तिजाखुसी), निधान तीर्थ (लखुतीर्थ) कालमोचन तीर्थ (थापाथली) मा बिहान सबेरै सांस्कृतिक बाजा बजाउँदै गएर मेला भर्ने गछन्
पञ्चरात्रि मेला भर्ने सन्दर्भमा गर्नुपर्ने पूजाविधि त्यसबाट प्राप्त हुने फल परम्परागत धार्मिक मान्यताअनुसार क्रमैसँग यस प्रकार छन्
) कात्तिक कृष्ण त्रयोदशीका दिन निर्मला तीर्थ (भचाखुसी) इन्द्रायणी अजिमाको पीठमा गएर अजिमाको देब्रेतिर रहेको महादेवलाई अघ्र्य दिएर कलिहः नामक पूm चढाएर, चाँदीको चक्की गुल्पा दान गर्नुपर्छ अनि इन्द्रायणी अजिमा गणेशलाई भोज, चढाउनुपर्छ यसबाट सबैका रोग, व्याध निर्मूल भई धन प्राप्ति हुन्छ भन्ने धार्मिक जन विश्वास
) कात्तिक कृष्ण चतुर्दशीका दिन चिन्तामणी तीर्थ (टेकु) मा श्रीकालीको पीठमा गई कुलेश्वर महादेवलाई अघ्र्य दिई सुकन्दर राज नामक पूm चढाएर नवरत्न दान गर्नुपर्छ श्रीकाली नासःधः लाई भोज चढाउनुपर्छ यसबाट सबै धनधान्यपूर्ण भई अन्न प्राप्ति हुने जनविश्वास
) कात्तिक कृष्ण औंसीका दिन महेन्द्र तीर्थ (हिजाखुसी) को मैती अजिमाको पीठमा गई मैतीदेवीसँगै रहेको महादेवलाई अघ्र्य दिई मिकुस्वां नामक पूm चढाएर द्रव्य दान गर्नुपर्छ अनि मैती अजिमालाई भोज पनि चढाउनुपर्छ यसबाट सबैको लक्ष्मी स्थिर हुन्छ भन्ने जनविश्वास
) कात्तिक शुक्ल प्रतिपदाका दिन निधान तीर्थ (लखुतीर्थ कंकेश्वरी अजिमा स्थानमा जानेर मरुटोलका सन्तानेश्वर महादेवलाई अघ्र्य दिई अजु स्वां नामक पूm चढाएर सुन धान दान गर्नुपर्छ अनि कंकेश्वरी अजिमालाई भोज चढाउनुपर्छ यसबाट सबैको दुःख, दरिद्र, नास भई धनधान्यले सम्पन्न हुने जनविश्वास
) कात्तिक शुक्ल द्वितीयाका दिन कालमोचन तीर्थ (थापाथली) मा देलाय् अजिमाको पीठमा जानुपर्ने जमलका महादेवलाई अघ्र्य दिई सर्वावधी नामक पूm चढाएर सिंहासन छत्र दान गर्नुपर्छ साथै, देलाय् अजिमालाई भोज पनि चढाउनुपर्छ यसबाट अकाल मृत्यु नहुने सबैको कल्याण हुने जनविश्वास
यसरी पञ्चरात्रि मेलामा भाग लिने हजारौं भक्तजनले देशमा सुख, शान्ति होस् सम्पूर्ण नेपालीहरूको सुख, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सबैको कल्याण होस् भनी प्रार्थना गर्छन्


No comments: