पाटनमा वरदेव राजाको शासनकालमा कर्कोटक नागराजा को श्रीमतीको
आँखा दुखेछ । अनेक उपाय गर्दा पनि निको नभएपछि, भक्तपुरको नामी बुढा
बैद्यलाई भेट्न भक्तपुर गएछ । मानव रुपी नागराजले बाटोमा बुढा बैद्यलाई भेटेछ । मानव रुपी नागराजले बुढा बैद्यलाई लिएर टौदहमा पुगेपछि, नाग रुप लिएर, बुढोलाई लिई टौदह भित्र पसेछ । भित्र सुवर्णमय ठुलो दरबार रहेछ । बुढाले चारपाँच दिन सम्म औषधी गरी निको बनाईदिएपछि, नागराजले खुसी हँदै औषधी गरेबापत के चाहिन्छ माग भन्दा, बुढा बैद्यले त्यसबेला नागराजले लगाएको मणीजडित भोटो मागेछ । नागराजले मुसु हाँसी भोटो फुकाली दिएछ र अन्य धन सम्पत्ति दिई बिदा गरेछ ।
बुढाले घर फर्केपछि, त्यहि भोटो लगाएर खेतमा काम गर्न गएछ । दिउँसो गर्मी भएपछि, भोटो फुकाली खेतको आलीमा राखि काम गर्न थालेछ । एकजना भुतले भोटो देखेर भोटो लिई भागेछ अनि बुढोले भेटाउन नसक्ने गरी गायब भएछ । समय बित्दै जाँदा श्री रातो मच्छिन्द्रनाथको रथ जात्रा हुँदा श्री मच्छिन्द्रनाथको रथ जावलाखेलमा रहेको बेला, त्यो भोटो चोर भुत मच्छिन्द्रनाथको जात्रा हेर्न अन्य भुतहरुसँग आएछ । उनीहरु अदृष्य भएर त्यहाँ जात्रा हेर्न आएका भक्तजनहरुको सरसामानहरु चोरी गरीरहेकाथिए । नागराजापनि मानवरुप लिएर जात्रा हेरिरहेका थिए । बुढो बैद्यपनि जात्रा हेर्न आएछ । भक्तजनहरुको सामान हराएकोले ललितपुरको एकजना बज्राचार्यले मन्त्रगरी दिग्बन्धन गरेपछि, अदृष्य चोर भुतहरु कहीँ जान नसकेर देखिन थाले । यही मौकामा भोटो लाएको भुतलाई बुढाले देखेर समात्न खोज्दा दुबै बीच झगडा भएछ । मणीमय भोटोको प्रभावले भुत बलियो भई बुढालाई कस्त दिएछ । बुढाले गुहार मागेछ । मानवरुपी नागराजले त्यो देखेर रिसले भुतलाई टाउकोमा एक मुड्की बजाएछ, अनी भुत भुईँमा ढलेछ र उठेर क्षमा मागेछ । नागराजले मैले स्वईच्छाले दिएको भोटो बुढोलाई फिर्ता गर भनेछ । भुतले त्यो भोटो बुढालाई लायक नभएको अनि आफ्नो पनि लायक नभएकोले मच्छिन्द्रनाथलाई चढाउन अनुरोध गरेछ । यो कुरामा सबैको चित्तबुझेकोले श्री मच्छिन्द्रनाथलाई चढाएछ । यो समाचार सुनेर तत्कालिन राजा वरदेवपनि त्यहाँ आएछन् । नागराजले नागलोकको उक्त भोटो बर्षेनि जावलाखेलको जात्रामा चारै दिशाबाट तिन पल्ट देखाउन आदेश दिएछ । प्रथम पल्ट देव, मनुष्य, नागलोकलाई; दोष्रो पल्ट काठमाडौँ, ललितपुर, भक्तपुर, टौदह अनि बन्धुदत्त गुरु नरेन्द्रदेव राजा रथंचक्र भरिया र कर्कोटक नागराजा ; तेश्रो पल्टको भुत बुढा बैद्य मन्त्र गर्ने बज्राचार्य सहित यक्ष लोकलाई देखाउनु भनेछ ।
यो कुरामा सबैलाई गराइ साक्षी राखी नागराज अलप भएछ त्यसबेला देखि भोटो देखाउने जात्रा प्रचलनमा रहिआएको हो भन्ने किंम्बदन्ती छ ।
मानिसहरुमा यो भोटो कस्को हो भनि भोटो देखाएको भन्ने गलत धारणा रहिआएको छ । भोटो कस्को हो भनि देखाएको नभई कर्कोटक नागराजाको आदेश अनुसार नागलोकको बस्त्र सबैलाई देखाउन उक्त भोटो जात्रा प्रचलनमा आएको हो । उक्त भोटो दर्शन गर्नाले अष्ट महाभयबाट मुक्त हुन्छ भन्ने किंम्बदन्ती पाइन्छ ।
श्री रातो मच्छिन्द्रनाथको बारेमा वंशावली अनुसार यस प्रकारको किम्बदन्ती पाइन्छ ।
पहिले भक्तपुरमा गुणकामदेव भन्ने एक सदाचारी राजा थिए । उनको पालामा स्यालको रुप लिएर आएको नारायणलाई आफ्नो वचन अनुसार आफ्नो एक्ली छोरी विवाह गरीदिए पश्चात दाइजो पु¥याउन गएका भरीयाहरुबाट उक्त स्याल, स्याल नभई नारायण भन्ने कुरा थाहापाई नारायणलाई भेट्न गई, नेपालमा धानबालीको बरदान मागेछ । नारायणले तथास्तु भनि बरदान दिएछ । जनताहरुले धानबाली काटी ल्याएपछि, गोडेर हेर्दा चामल नभएको पाए । जनताहरुको उजुरी नारायणलाई राजाले सुनाउँदा, नारायणले धानबाली हुर्काउने, बढाउने काम मात्र आफ्नो भएको र धान भित्र चामल हाल्ने काम आफ्नो गुरु मच्छिन्द्रनाथको भएको बताए । उहाँको ३२ अंश मध्य एक अंश पृथ्वीमा कामुनी क्षेत्रमा यक्षनीको गर्भमा जन्म लिने छ, तब उहाँलाई नेपालमा ल्याउनु पर्छ । तपाईको जीवनकालमा संभव भएन तपाईको छाराको पालामा नेपालमा ल्याउन म मद्दत् गर्नेछु भनि सम्झाएर फिर्ता पठाएछ ।
गुनकामदेवको छोरा नरेन्द्रदेवको पालामा नारायणले आफुले दिएको वचन पालन गर्न गोरखनाथको अवतार लिई नेपाल आएर नवनागको आशन गरी, बसेकाले नेपालमा जलबृष्टि भएन । जलबृष्टि नभएपछि देशमा हाहाकार मच्यो । नरेन्द्रदेवले गुरु शान्तिकर सँग सल्लाह मागी गोरखनाथको कारण जलबृष्टि नभएको कुरा थाहापायो । गुरुको सल्लाह बमोजिम मच्छिन्द्रनाथलाई नेपालमा ल्याएपछि मात्र मच्छिन्द्रनाथ शिष्य गोरखनाथ गुरुको दर्शन गर्न आशनबाट उठ्ने कुरा थाहापाएपछि कामुनी क्षेत्रमा गई मच्छिन्द्रनाथ नेपालमा ल्याउने कुरामा सहमत भए । नरेन्द्रदेव, शान्तिकर शिष्य बन्धुदत्त, रथचक्र किसान, सगुन लिई नेपालबाट कामुनी क्षेत्रको बाटोतिर लागेछ । बाटोमा कर्काेटक नागराजलाई मानव रुप लिई बाटो छेक्ने गरी सुतेको अवस्थामा भेतेछ । राजाले नागराज भनि थाहा नपाएर लात्तीले हान्दा, भयंकर रुप लिई रिसाएका नागराजलाई गुरुले आफ्नो बुद्धिद्वारा सुक्ष्म रुप लिन लगाई आफ्नो वशमा पारेर सबै बेलिबिस्तार लगाएपछि नागराजलेपनि मच्छिन्द्रनाथ नेपालमा ल्याउन उनिहरुको साथ दिन्छु भनि सँगै हिँडेछ ।
जाँदाजाँदै उनिहरु शीला नदिमा पुगेछ । नदि तर्न पुल नभएकोले नागराज ठुलो रुप लिएर पुल बनिदिएपछि उनिहरुले पुल पार गरेछ । हिँड्डै जाँडा कामुनी देश नजिक पुगेछ । बन्धुदत्त गुरुले नागराजालाई सुक्ष्म रुप लिन लगाई शशी राजाको पेट दुख्ने गराउनु भनेपछि नागराजले सो अनुसार गरेपछि शशी राजाको पेट दुखेछ । राजाले अनेक उपाय गरेपनि रोग निको नभई झन्झन् बल्झँदै गएछ । राजालाई यस्तो बिपत्ती आईलागेको बेला बन्धुदत्तगुरु, राजा र किसान दरबारमा उपस्थित भए । गुरुले चार दिन सम्म औषधी गरी नागराजलाई शरीरबाट पन्छाई दिएपछि रोग शान्त भएछ । शशी राजाले खुसी भएर के चाहिन्छ माग भन्दा उनिहरुले राजाको ५०० छोरा मध्य कान्छो छोरा मच्छिन्द्रनाथ मागेछ । यो कुरा सुनेर शशी राजा माया यक्षनी र अन्य यक्षहरुले उनिहरुलाई गाली गरी प्राण बचाउन चाहन्छौ भने यहाँबाट गईहाल भनेछ । राजा, गुरु र किसान निराश भएर पहिले कै स्थानमा फर्केछ ।
त्यसपछि बन्धुदत्त गुरुले जगत्मोहनी नागराज मार्पmत बगैँचामा खेलिरहेको मच्छिन्द्रनाथलाई लगायो । मोहनीको प्रभावले मच्छिन्द्रनाथ नेपाल जाने भनेर दिनरात कराई बसेछ । यो देखेर राजाले कडा पहरा राखेछ भने आमा माया यक्षनी छोराको कोठाको मूलद्वारमा कपाल फिजाएर सुतेछ । मोहनीको प्रभावले मच्छिन्द्रनाथको मन अस्थिर भई कोठाबाट निस्कन खोज्दा सुतेको आमालाई देखेर एकएक केस पन्छाई ननाग्ने प्रयास गरी आफ्नो शरीर त्यही त्याग गरी भंम्रर रुप लिई बेगले गुरुले साधन गरेको कलशमा पसेछ । नरेन्द्रदेव राजाले हतपत कलशमा पालाले छोपी दिएछ । उता छोराको हालत देखी यक्षहरु आकाशमार्गबाट उडेर आई कलश खोसेर भंम्रर रुपी मच्छिन्द्रनाथको प्राण शरीरमा प्रतिस्थापन गरी जिवित बनाएछ ।
उता गुरु, राजा र भरीया अर्को पीठमा गई ४ जना भैरव आह्वान गरी भैरवहरु प्रकट भएपछि सम्पूर्ण वृत्तान्त सुनाई ४ जना भैरवहरु, कर्कोटक नागराजा, गुरु, राजा र भरीया कामुनी देशमा गई भैरवहरुले यक्ष राजालाई आफ्नो वचन पालन गर्ने भए गर नभए सास्ती खाई मर्नुपर्नेछ भनि तर्साएछ । यक्ष राजा भैरवहरुको भयंकर रुप देखी तर्सीएर विलाप गर्दै आफ्नो छोरालाई सूम्पिएर पठाएछ । राजा, गुरु, भरीया र नागराज र मच्छिन्द्रनाथ बोकेका ४ जना भैरवले क्वदुवाल भन्ने ठाउँमा पुगेपछि विश्राम लिएछ ।
एकछिनको विश्रामपछि जानुप¥यो भनि मच्छिन्द्रनाथको खट उचाली हेर्दा गह्रौ भएर भैरवहरुले खट उचाल्न सकेनन् । यो देखेर गुरुले विचार गरी हेर्दा खटमा ४ पर्वतको भार राखी यक्षहरुले मचिछन्द्रनाथलाई फिर्ता लान्छु भनी अदृश्य भईरहेको थाहापाएछ । गुरु, राजा एकान्त गूफा भित्र पसी बाहिर भरीया र नागराजलाई पहरा राखी दिग्बन्धन गरी कलशमा मच्छिन्द्नाथलाई आह्वान गरेछ । म्िरच्छन्द्रनाथ २ पल्ट सम्म भंम्रर रुप लिई आई कलशमा पसेछ । २ पल्ट सम्म पनि राजाले कलशमा बिर्को नलगाएपछि गुरुले कुहिनोले हिर्काएपछि राजा निद्राबाट जागी तेश्रो पल्ट कलशमा बिर्को लगाईदिएछ । यसरी कलशमा साधना गरीएको मच्छिन्द्रनाथलाई भैरवहरुबाट बोकाएर बुंगमती पुगेपछि भैरवहरु बिदा भए । यसरी मच्छिन्द्रनाथ नेपाल आइपुगेको थाहापाई गोरखनाथ नवनागको आशनबाट उठी दर्शन गरेर गएपछि नागहरु फक्का भई नेपालमा १२ वर्षपछि जलवृष्टि भएछ ।
बुंंगमतीबाट मच्छिन्द्रनाथलाई ल्याई इती भन्ने स्थानमा पुगेपछि सबैले विश्राम गरे । त्यसपछि राजा, गुरु र भरीयामा मच्छिन्द्रनाथ आ–आफ्नो देशमा लानुपर्छ भन्ने विवाद भएपछि ललितपुरको जेष्ठ नागरीकबाट जो पैmसला हुन्छ, त्यही अनुसार गर्ने भन्ने कुरामा सहमत भए । यो कुरा ललितपुरका तत्कालिन राजा वरदेवले थाहापाई सबैभन्दा जेष्ठ बुढालाई नुन, मिश्रीत् दही ख्वाएर मच्छिन्द्रनाथ ललितपुरमा राख्नुपर्छ भनि भन्न आदेश दिएछ । नुनको सोझो गर्न बुढाले ७ वटा ओखल माथि बसेर ललितपुरमा मच्छिन्द्रनाथ राख्नुपर्छ भनि निर्णय सुनाएपछि ओखलबाट खसेर बुढाको मृत्यु भएछ । यसरी भक्तपुरका नरेन्द्रदेव राजा काठमाडौँ बन्धुदत्त र ललितपुरका रथचक्र भरीया मिलि कामुनी क्षेत्रबाट ल्याईएको मच्द्धिन्द्रनाथ ललितपुरमा स्थापना गर्ने निर्णय भएपछि कलश गर्भमा राखी म्हेपिबाट ल्याएको माटोले मूर्ति बनाई तहबाहाल र बुंगमतीमा मन्दिर बनाई साईत अनुसार पालैपालो राख्ने निर्णय भए अनुसार हाल सम्मपनि त्यसरी नै राखिन्छ । पहिले पाटनमा ७ वटा रथ जात्रा भएकोमा सबैलाई एउटैमा साधन गर्ने कार्य हुँदा जटाधारी लोकेश्वरले नमानी आकाशवाणीबाट आफ्नो रथ जात्रा नमिताउन आज्ञा दिएपछि पाटनमा मच्छिन्द्रनाथ र मिननाथको (जटाधारी लोकेश्वर ) को रथ जात्रा गर्ने प्रचलनमा आएको हो भन्ने किंबदन्ती वंशावलीमा पाइन्छ ।
No comments:
Post a Comment