पहाँचर्हे जात्रा !
नेवा:समुदायले परापुर्बकाल देखीनै कृष्ण चतुर्दशी को दिन पाँहा चर्हे मनाउने गर्दछ,यस दिन लाइ पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ !काठमाडौमा विभिन्न जात्रा पर्वहरु हुने गर्दछ र यसै मध्ये एक महत्व बोकेको जात्रा हो , पहाँचर्हे जात्रा , अर्थात खट जुधाउने जात्रा ! हरेक वर्ष काठमाडौको केन्द्र असनमा जात्रा गर्ने परम्परा रहि आएको छ । किम्वदन्ती अनुसार लिच्छवि राजाले काठमाडौ खड्ग आकारमा निर्माण गर्दा ७ जना देवि , अजिमाहरु स्थापित गरेका थिए र ती नै अजिमाहरुको सम्मान स्वरुप आज सम्म पनि जात्रा गर्ने परम्परा रहि आएको छ । पहिले पहिले असनमा ७ खट जात्रा गरि "द्य ल्वाकेगु" जात्रा हुन्थ्यो भनिन्छ तर हाल आएर २ देविको मात्र जात्रा हुने गरेको छ । खट ३ ओटा भएता पनि दुइटा खत भद्रकाली ( लुँमरी अजिमा) र एउटा खट कंकेश्वरी (चामुण्डा/ कंग अजिमा)को हुन्छ । यद्यपि असनमा नभए पनि आ-आफ्नै किसिमले न्यत अजिमा ( स्वेतकाली ) , तकती अजिमा ( नीलबाराही ) आदिको जात्रा हुने गरेको छ भने म्हेपी अजिमा ( ज्ञानेश्वरी)को जात्रा बैशाखमा अलग्ग हुने गरेको छ । यसरी असनमा खट जुधाउने भनेर खट नै जुधाइँदैन , तर देव खलकले बोकेर आएको ती:प्वा मत ( चिराग) साटासाट गरेर सम्मान गर्ने प्रचलन छ । यसलाइ अजिमाहरु भेट्घाट गरेको भन्ने गरिन्छ । किम्बदन्ती अनुसार सवै अजिमाहरुलाइ दिदी "बछला माजु (भुवनेश्वरी) " ले भोजको निम्तो दिन्छिन तर लुँती अजिमा( इन्द्रायणी ) लाई झुक्याएर एकदिन पछि आउन निम्तो दिन्छिन। सबै जना निम्तोको दिन भोजमा पुग्छन र रमाइलो गर्छन , तर त्यस दिन लुँती अजिमा आउँदिनन किनकी उस्लाइ त झुक्याएर एकदिन पछिको निम्तो दिएको थियो । भोलि पल्ट इन्द्रायणी आफ्ना लालाबालाका साथ भोज जाँदा त्यहाँ त उस्कि दिदी बछला माजु मात्र हुन्छिन । बछला माजुले आउ आउ भनेर भित्र लान्छिन र सुकेको रोटी खानलाइ दिन्छिन । टोक्नलाइ पनि साह्रो भएको र डढेको रोटी दिएको देखेर लुँती अजिमालाइ आफू गरिब भएको कारण हेपिएको महसुस हुन्छ र त्यो रोटी आफ्नो लुगामा पोको पारेर हिँड्छिन । बाटोमा बच्चाहरु रोएर दु:ख दिए पछि जहाँ, जहाँ दु:ख दियो इन्द्रायणीले त्यतै छोडेर हिँडिन । त्यसैले आज पनि उनका सन्तान मानिएका स्वाँछपु गणेश , भुँडि गणेश , ज्वालामाइ , शोभा भगवती , आदि छरिएर रहेका छन । उनलाई हेपिएको सहन नसकेर इन्द्रायणी रुँदै हिँडिन र एउटा खेतमा गएर किसान सँग एउटा फर्सी मागेर ल्याइन । राती पकाउँछु भनेर फर्सी काटेर हेर्दा त्यहाँ सुनै सुन र रत्नहरु भेट्टिए र उनी त्यसबाट धनी भए । आफ्ना गरिब बहिनी धनी भएको देखेर अर्को पल्ट भोज बोलाउन आउँदा सगुन लिएर आएछन । तर इन्द्रायणीलाई आफू हेपिएको कुराले चित्त दुखेको थियो त्यसैले इन्द्रायणीले -" यो सगुन मलाइ हैन मेरो धनको लागि हो , आइन्दा मलाइ बोलाउन नआउनु , म तिमिहरुको मुख पनि हेर्दिन , तिमिहरु मेरो घरको बाटो भएर नआउनु" भनेर फर्काइदिए र त्यही इख लिएर सुटुक्क आफ्ना सन्तान मात्र बोलाइ भोज गरे ।त्यसैले लुँती अजिमाको जात्रा अलग्ग बालाचर्हे बेला हुने गर्दछ भने अरु अजिमाको जात्रा पहाँचर्हे बेला हुने गर्दछ ।यद्यपि अहिले पनि पहाँचर्हेको ८ दिन अगाडि " दु दु च्याँ च्याँ जात्रा" भनेर पशुपती क्षेत्रमा रहेको " बछला माजु" को जात्रा हुने गर्दछ भने त्यस खट जात्रा पशुपती देखि त्यसबेलाको कान्तिपुर ( किनकी त्यस बेला पशुपती क्षेत्र अलग्ग देश थियो) नगर भित्र्याइ विभिन्न स्थानमा घुमाइन्छ त्यसलाइ बछला माजुले निम्तो दिन आएको भनिन्छ । त्यसको ८ दिन पछि पहाँचर्हे जात्रा हुने गर्दछ ।
पाँहा अर्थात पाहुना र चर्हे अर्थात पर्ब,बिहे गरि पठाइसकेका छोरीबेटीलाइ घर ब्येवहारले नभयाइरहने हुँदा बर्षको एक दिन भएपनि अनिबर्य रुपमा यस पर्बको उपलक्ष्यमा निम्तो गरेर भोज खुवाउने परम्परा छ!
यस दिन कन्तिपुर वोरपर रहेको अजिमाहरु लगायत गणेश र भैरबहरु लाइ पनि खतमा राखी जात्रा गराउने परम्परा रहि आएको छ र बिषेश गरि यस दिन मा नाय् खिँ बाजा पनि बजाइन्छ र ज्यापु समुदायले भने "हे राम गन वने गन च्वने वने थास मदु दैब" भन्ने करुणा रस ले भरिएको राग गाउने गर्दछ भने साँझपख टोल,चोक,ननी,बहा:मा रहेको महदेव(लुकुमहाद्य)लाइ बिशेस प्रकारको भोज जोडेर चढाइ पुजा आजा गरी परिवार सहित भोज खाने चलन रहिआएको छ र महदेव(लुकुमहाद्य)लाइ दिइएको बत्तिको कुवांबाट गाजल थापी आखाँमा लागाउने पनि गर्दछ जसबाट आखाँ तेजिलो हुन्छ भन्ने जनबिश्वास रही आएको छ,नेपलभासामा " धुँ या मिखा काँ काँ छुँ या मिखा त्येला " भन्ने चलन छ !
यस पर्ब सम्बन्धि किंबदन्ति यस प्रकार छ :
यस पर्ब सम्बन्धि किंबदन्ति यस प्रकार छ :
१) सत्ययुगमा पार्वतीले श्री महादेवलाइ भन्नुहुन्छ : हे इश्वर, तपाई देव को पनि देव महादेव ,तपाइको अर्धांगिनी हुन पाउँदा मा निकै खुसि छु ,तर म अनेक रुप धारण गरि बेला बेलामा मधपान,माँस ग्रहण गर्ने गर्दछु तर तपाई भने यस्तो खानेकुरा कहिले पनि खानुहुन्न ,त्यसैले मलाई अलि अप्ठेरो महसुस भएको छ, त्यसपछि श्री महादेवले त्येसो होइन भनि आफै सुटुक्क कसैले नदेख्ने गरि लुकेर पिसाच रुपी महादेवले माँस,मदिरा,लावाजन्य खानेकुरा खाएर पार्वतीलाइ देखाउनु भयो !
२) त्यसैगरी "महाकाल तन्त्रे शिव बचन "शास्त्र अनुसार यस दिन महदेव(लुकुमहाद्य)लाइ मासु, लाभा,रक्सी,थ्वं ,लुँबु , बह बुँ, आदि चढाई, बत्ति बाट बनाइएको गाजल लागेर अष्टमात्रिका अजिमाहरुको दर्शन गर्नाले सर्ब सिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ भने भोलि पल्ट अस्वयात्रा गर्नाले भबिष्य ज्ञान पनि प्राप्त गर्ना सकिन्छ अर्थात् घोडा जति बेघले दौडन सक्छ त्येतिनै देशमा दुख कस्ट हराउने र सत्रुहरु नाश हुन्छ भन्ने मान्यताका साथ घोडे जात्र मनाउने परम्परा रहिआएको छ |
चन्द्रमासमा आधारित पात्रो नेवा: समुदायले धेरै पहिले देखि प्रयोग गर्दै आएका छन। त्यसैको सातौं महिना हो "चिल्ला" । चिल्ला महिनालाइ विरहि, उदासी , उदेकलाग्दो महिनाको रुपमा लिइने गरिन्छ । सायद त्यसैले यो महिनामा नेवा: समुदायले त्यत्ती धेरै पर्व, जात्रा, न:ख , च:ख मनाउने गर्दैनन् । यस महिनालाइ उदेकलाग्दो महिनाको रुपमा लिने गरिन्छ । त्यसैले नेवा: समुदायमा यो महिनाभरी विरहको राग भरिएको " घातु म्ये" गाउने प्रचलन रहि आएको छ । घातु म्ये बाहेक " तुयु दाफा स्वाँ ह्वल .... निभा जलँ कुथुँवन ...." भनेर दाफा स्वाँ र अजु स्वाँको गीत पनि गाउने प्रचलन रहिआएको पाइन्छ । हावा हुरी लाग्ने, छिनमै घाम लाग्ने , छिनमै पानी पर्ने , उदेकलाग्दो समयलाइ चिर्दै नेवा: समुदायले "चिल्ला" महिनाको अन्तिम तिर आफ्ना आफन्त, मित्रजन आदि इत्यादीलाई पाहाँ बोलाएर भोज गरि रमाइलो गरि "पहाँच:ह्रे " न:ख मनाउने गर्दछन । पाहाँ भनेको नेपालभाषामा पाहुना हो भने भोज बोलाउनुलाइ पाहाँ सतेगु भनिन्छ । यकिनन् यो प्रचलन कहिले र किन सुरु भयो भन्ने प्रमाण नरहेता पनि काठमाडौमा नगर स्थापित गर्दा स्थापना गरिएका अजिमाहरु अर्थात मातृकाहरु यसै दिन एक अर्कालाइ भेट गर्ने दिन भएको र त्यसै दिनको अनुशरण गर्दै नेवा : समुदायले पनि आफ्ना पाहाँ (पाहुना) बोलाएर भोज गरि रमाइलो गर्ने गरेको पाइन्छ । पहाँच:ह्रेको भोलिपल्ट अर्थात पारु( प्रतिपदा) देखि अर्को महिना "चौला" सुरु हुन्छ र यसै महिनामा जनबहालमा बिराजमान हुनुभएका "सेतो मत्स्येन्द्रनाथ" को रथ जात्रा हुने गर्दछ भने भक्तपुरमा पनि बिस्का जात्रा हुने गर्दछ । पहाँच:ह्रेको दिनबाट हावाहुरी सबै बिस्तारै हटेर जाने विश्वास पनि गरिन्छ ।
तस्बिरमा कंग अजिमा र लुँमरी अजिमाको गुठियारहरु द्वारा "ती: प्वा मत" ( एक प्रकारको विशेष चिराग बत्ती) साटासाट गर्दै । यसैलाइ अजिमाहरुको भेटघाट गरिएको मानिन्छ ।
No comments:
Post a Comment