Headeradd

Monday, February 10, 2014

नेवारी भिमसेनसंस्कृतिको उद्गम दोलखाभीमसेनथान

Vin-dya

नेवारी भिमसेनसंस्कृतिको उद्गम दोलखाभीमसेनथान

पूर्वका अति प्रख्यात भीमेश्वर तीर्थ भीमसेन नेवारहरुको त इष्टदेव नै मेरा बाआमा आखल्ढुंगाबाटै यता पश्चिमतिर फर्केर ूलौ भीमसेन रक्षा गर्नु है ू भनेर धुपधुवार अक्षेता गर्नुहुन्थ्यो र पशुबली समेत दिनुहुन्थ्यो । यिनै भीमसेन अर्थात शीवस्वरुपका भीमेश्वरको नामबाट यस मध्यकालीन ऐतिहासिक दोलखा नगरीको नाम पनि भीमेश्वर नगरपालिका भएको याहाँ उल्लेखनीय छ । चरिकोट जिल्ला सदरमुकामको गाविस र दोलखा ऎतिहासिक तथा साँस्कृतिक केन्द्र - दुवै गाविस गाँसिएको नगरलाई कुन नाम दिने नगरवासीलाई निश्चय नै गाह्रो थियो । भीमेश्वरको नाम िदंदा त्यो समस्याको हल मात्र भएन एउटा साँस्कृतिक सम्पदाको राम्रो खातिर भएको मैले महशुस गरें । यो नामाकरणको पहिलो सोचकर्तालाई मैले मनैमन प्रशंसा गरें । 
भीमेश्वर हालको प्रख्यात नाम हो तापनि नेवारहरुको इष्टदेवको रुपमा उनी भीमसेन मात्र छन् भीमेश्वर होइनन् । याहाँ भीमेश्वर भनेको महादेव स्वरुप र भीमसेन भनेको महाभारत पुरुष भनेर मात्र बुझिराखौं । एउटै मुर्तिलाई महादेव र भीमसेन मात्र होइन भगवतिको स्वरुपमा लिइने बिचित्र परम्परा यसमा छ । यसवेला भीमसेनकै चर्चा गरौं जो यिनका पूर्व र अदिरुप हो ।

केही विद्वानहरुले भनेका छन् कि प्रचीन नेपालमा काठमाण्डौंबाट तिब्बततिर व्यापार गर्न जाने व्यापारीहरुले सर्वप्रथम भीमसेनलाई इष्टदेवको रुपमा प्रयोग गरे र पछि व्यापारलाई नै आफ्नो पेशा मान्ने नेवारी समुदाय सम्पूर्णले नै उनलाई इष्टदेवको रुपमा लिए । (क. धुवकृष्ण द्वीप - पाटनको भीमसेन मन्दिर द्वाल्खा गुठी स्मारिका २०३१ पृ. ३५) . ख. धनबज्र बज्राचार्य - दोलखाको ऐतिहासिक रुपरेखा पृ.  ७३, -u_ 8f= ;fkmNo cfdfTo – g]kfndf eLd;]gsf] k/Dk/f, ;+:s[lt / ;+/If0f, k[= (*
विदेशी भूमीमा उकाली ओराली भीर पाखाको गाह्रोसाह्रो तथा गाँसवास नपाइने स्थितिसाथ महिनौ लगाएर खाजासामल धनसम्पति तथा व्यापारका समान बोकेर चोर तथा डाकाको डरसंगै व्यापारिक यात्रा गर्नपर्ने व्यापारीहरुलाई बल तथा साहसको आवश्यकता पर्दथ्यो त्यसैले दुश्शासन किच्चक र जरासन्ध जस्ता दुष्टहरुको संहार गर्ने र दुःखीहरुको उद्धार गर्ने बलसाली र शाहसी महाभारतपुरुष भीमसेन उनिहरुको लागि मानसिक हिसावले शक्तिश्रोत हुनपुगे । उनीहरुको चाहना भयो - यस्ता अवस्थामा भीमसेनले सहयोग पुर् याउन् । त्यसरी नै उनको पूजा भयो । पूजाको परम्परा निसृत  
भयो । 

नेवारहरुको काँधमा भीमसेन हुन्छ त्यसकारण काँध छुन दिइन्न भन्ने जनश्रुति अद्यापि प्रचलनमा छँदैछ । नेवारहरुले समान बोक्दा अरु जाति भन्दा अलग पारासाथ खर्पन लगाएर काँधमा बोक्ने हुनाले बलको आवश्यकता काँधमा देखी त्याहाँ नै भीमसेनबासको कल्पना वा आशा भए होलान् र त्यसो भनिएको हुन सक्छ । भारी नै नबोक्ने साहुजीहरु समेतले व्यापारिक यात्रामा भीमसेनलाई काँधैमा राखेर यात्रा गर्ने गर्दथे रे । काँधैमा बोकेर िहंडने नेवारहरुले देवस्थलको स्थापना गर्न किन पछि परोस् । उनीहरुले तिब्बत जाने मार्गको कठीनतम भेग सुरु हुनेस्थल दोलखामा भीमसेनलाई स्थापना गरे । यो स्थान प्रारम्भमा सम्भवतः आउँदा जाँदाको विश्राम स्थल थियो । एउटा व्यापारिक द्वार वा पोर्टको रुपमा समान थुपार्ने भरिया खोज्ने तथा तयारीहरु गर्ने स्थल थियो । पछि शुभयात्राको लागि उनीहरुले बलशाली तथा शाहसका पर्याय भीमको पूजा अर्चना गर्ने हिसाबमै यो देवस्थलको स्थापना गरे । लोककथा तथा इतिहासको संकेत यही हो भन्ने मेरो धारणा छ । 

नेपालका अरु जाति सरह नै नेवारहरुले खेति पेशा अपनाएका भएपनि उनिहरुका कलाकौशल तथा उत्पादित सामग्रीहरुको बजार छिमेकी देशहरुमा बढेको र व्यापारिक आधिपत्य समेत बढ्दै गएकोले उनीहरुले क्रमशः व्यापारलाई नै मूल पेशा बनाउन थाले । यसरी अप्ठारो परदेशी भूगोलमा व्यापारको बजार भएको परिपेक्षमा बल तथा साहसको पर्याय महाभारतपुरुष भीमको महत्ता यस समाजमा अरु बढ्न गयो र यत्तिसम्म भयो कि भीमसेनको मन्दिरवेगर नेवारी वस्ती र खोपामा भीमसेनवेगरको नेवारी घरको कल्पनै हुन नसक्ने भयो । नेवारहरुको अभिष्ट रहेको पेशाको उन्नतिलाई अभिव्यक्त गर्ने उखानतुक्का वा भाषामा समेत यो नामको प्रयोग हुन लाग्यो । जस्तै व्यापारमा राम्रो फाइदा भयो भन्ने अभिव्यक्तिलाई ँभीमद्यौ जागेजुल ू अर्थात ँभीमसेन जाग्यो ’ भनिन्छ भने ग्राहकलाई देखाएर खाने नाफाको शव्द नै ँभीमद्यौ भाग ू अर्थात ँभीमसेनको भाग ’ भनिन्छ । यस्ता कैयूँ अरु उदाहरणहरु पनि यसका भाषाभण्डारमा प्राप्त छन् । (;Todf]xg hf]zL – eLd;]gsf] gfd ufFl;Psf s]xL pvfg 6'qmf, åfNvf u'7L, :dfl/sf @)#!, k[= *! ) प्राप्त जनश्रुति तथा लोककथाहरुको इशारा यो छ कि नेवारी संस्कृतिमा देखिने भीमको महत्ता तिब्बत जस्तो नेपालको प्रमुख व्यापारको मार्ग दोलखामा स्थापित भीमसेनकै महत्ताको कारणले भयो र दोलखाबाटै यो संस्कृति नेपाल तथा अन्य नेवारी वस्तिहरुमा आयात भयो । यस्तो संकेत दिने लोकआहान तथा जनश्रुति काठमाण्डौं उपत्यकामा धेरै छन् जसमध्ये चारवटा यस प्रकार छन् । 

पहिलो कथामा भनिन्छ कि काठमाण्डौंका एउटा राजाले दोलखाकी राजकुमारी विहे गरेका थिए र तीनै राजकुमारीको दाइजोमा भीमसेन नोकरको रुपमा ल्याइएका थिए । त्याहाँका जनताले उनको चालढाल देख्दैमा थाहा पाए कि उनी दोलखाभीमसेन हुन् । भीमसेन भने चिनिएका क्षणमै अन्तरध्र्यान भए । पछि त्यही सम्झनामा भक्तहरुले उनका मूर्ति बनाई मन्दिरमा स्थापना गरे र पूजाको परम्परा सुरु गरे । 

दाश्रो कथाले भन्दछ कि दोलखाभीमसेन पाटनको एउटा व्यापारीको घरमा बास बस्न आएका थिए । उनी त्याहाँबाट गइसकेपछि राजा तथा भरदारले ले यो कुरा थाहा पाए र उनको मूर्ति बनाई मन्दिरमा स्थापना गरेर पूजाको परम्परा चलाए । 

तेश्रो कथाले अरु रोचक ढंगमा भन्दछ कि दोलखाका कुनै राजाले नेपालका कुनै राजालाई छोरी दिए । छोरीसंगै राजाले दाइजोमा एउटा बुढो नोकर पनि पठाएका थिए रे जो कत्तिपनि काम नगर्ने तर दिनभरी जुम्रा हेरेर बस्ने माहाको अल्छे थिए रे । उनलाई पारखीहरुले खेत खन्ने काममा पठाएछन् । दिनभरि त उनले केही काम गरेनछन् जुम्रा हेरेरै बसेछन् तर रात काटेर विहान हेर्दा त विसौं जनाले पनि फत्ते गर्न नसक्ने काम पुरै एकै जनाले फत्ते गरिसकेका रहेछन् रे । साधकहरुले तव पत्ता लगाएछन् कि यिनी साक्षात दोलखाभीमसेन हुन् । भीमले पनि आफू त नेपाल हेर्न भेष बदलेर आएको अव म जाहाँ जहाँ टेक्छु ती ती ठाउँमा मेरा मन्दिर स्थापना गर्नु भनेछन् र त्याहाँबाट अन्तध्र्यान भएछन् । यो जनश्रुतिले थप्दछ कि आज देखिने काठमाण्डौं र पाटनका प्रशिद्ध भीमसेनमन्दिरहरु उनैवेला बनाइएका मन्दिरहरु हुन् । 
चौथो कथाले भन्दछ कि दोलखाबाट आएका भीमसेन भादगाउँमा बस्दै गर्दा त्याहाँ वाक्क भई कान्तिपुर पसेछन् । जसले गर्दा कान्तिपुर व्यापारका केन्द्रको रुपमा विकसित हुन पुगेछ । एकदिन भीमसेन कान्तिपुरबाट मानिसको रुप धारण गरी बनेपा घुम्न गएछन् । त्याहाँ एउटा विहेमा दुलहीको दाइजो विहेघर काठमाडौंसम्म पुर् याउनको लागि उसलाई विहेघरले भरिया बनाएछन् । भोका भीमसेनले भोज खान पाएपछि भारी बोकिदिएछन् । भरिया भएर आएका भीमसेनलाई दुलहाको बाउले चालिस मुठी चिउराका साथमा तरकारी र जाँडसमेत बोकाएर एकजना अर्को खेतालासंगै खेत खन्न पठाएछन् । काम गर्दै जाँदा साथीले एक ड्याङ खन्दा भीमसेनले वीस ड्याङ खनेर देखाएछन् । यस्तो काम गर्ने मान्छेलाई भोक पनि त लाग्ला भनी तिमी नै सवै खाना खाउ भनी साथीले उनलाई सवै खाना अघाडि सारी दिएछन् । तव उनी एक्लैले सवै खाना चट गरी दिएछन् । तत्पश्चात भीमसेनको जस्तो बल र व्यवहार भएको त्यस व्यक्तिबाट अचम्भित हुँदै त्यस साथीले ल म तिमीलाई महाभारतको कथा भन्छु सुन भनेर कथा सुनाउन लागेछन् । कथा सुनाउँदै जाँदा द्रौपदीको चीरहरणको कथा आउँदा उनी त्याहाँबाट अलप भएछन् । पछि त्यस साथीले यो घटनाको कथा ठकुजुजुतोदोख्वालाई सुनाएछन् । ठकुजुजुतोदोख्वाले उनी पक्कै पनि दालखाकम भीमसेन नै थिए भन्ने मानेर ठूलो मन्दिर र मूर्तिसमेत बनाई भीमसेनलाई त्यसैमा प्रवेश गराई पूजाआजा चलाएछन् जो आजसम्म काठमाडौंमा निरन्तरित छ । (jf;'kf;f – sflGtk'/, k[= $! )उरोक्त चारैवटा कथाले भीसमसेनलाई भरीयाको रुपमा नेपाल भित्रिएको कुरा संकेत गर्दछ । यसले बुझाउँदछ कि तिव्वततिरको व्यापारको लागि एउटा पोर्टको रुपमा विकसित हुँदै आएको दोलखा इमान्दार तथा बलिया भरियाहरु पाउने केन्द्र पनि थियो तथा त्यहाँका भरियाहरुलाई नेपाले नेवारहरुले सम्मानको दृष्टीले हेर्ने गर्दथे । विशेषगरी व्यापारी समुदायलाई तिव्वतसम्मको व्यापारमा जाँदा आउँदा गह्रौं भारी बोकेर महिनौंसम्म उकाली ओरालीका अपठाराहरुमा साहसी तथा बलिया भरियाको अवश्यकता त पर्दथ्यो नै तर त्यत्तिले मात्र पुग्दैनथ्यो । धनमाल देख्दा नलोभिने मनमा कुनियत नउव्जाउने इमान पनि ती भरियाहरुमा हुनुपथ्र्यो । अझ त्यतिले मात्र पनि पुग्दैनथ्यो चोर डकालाग्दा मालसमान र साहुसमेतलाई जोगाउने साहस र नीष्ठाले पूर्ण साथीत्व पनि उनमा चाहिन्थ्यो । दोलखाका आदिवासी तामांग थामी सुनुवारहरुमा देखिएका यी गुणहरुबाट नेपाले व्यापारी नेवारहरु नतमस्त थिए । त्यति मात्र होइन आफ्ना इष्टदेव भीमसेन नै ती भरीयाहरुमा प्रविष्ठ भएकोसम्म कल्पना तथा विश्वास उनीहरुले गरे । त्यसरी नै भरियामा भएका भीमलाई उनीहरुले पूजाको परम्परा सुरु गरे । जतिजति उनीहरुको व्यापार सफल भयो उतिउति उनिहरुका विश्वासले जरो गाढे र अन्ततः उनीहरुले दोलखाभीमलाई नै भरियाको रुपमा काठमाण्डौंसम्म भित्र्याएर उनका मूर्ति स्थापनाका साथै पूजाकै परम्परासमेत चलाए । त्यसैको संकेत यी कथाहरुले दिइरहेछन् । 

नेपाल उपत्यकामै उपलव्ध यी कथाहरुले इमानसाथ अर्को महत्वपूर्ण कुरा यो पनि मानेका छन् कि भीमसेन भरीया वा दासकै रुपमा किन नहोस् दोलखाबाटै आएका हुन् । यसको संकेत यही हो कि दोलखाभीमकै महत्ता तथा उत्कर्ष उपरान्त नेपालमा पनि यो संस्कृतिको जागरण भयो र नेपाल लगायत हरेक नेवारी वस्तीहरुमा यो संस्कृतिको आयात भयो । अन्ततः नेवारी संस्कृतिको यो अभिन्न अंग नै हुन गयो । 

उपलव्ध भाषावंशाबली र पद्मागिरीको वंशाबली अनुसार काठमाण्डौंका मन्दिर तुयुठकुर र हाकुभिक्ष्ाले ने।सं। २६० सन् ११४० मा बनाएको भन्ने बुझिन्छ । (8f= ;fkmNo cfdfTo – g]kfndf eLd;]gsf] k/Dk/f, ;+:s[lt / ;+/If0f, k[= (*) _ यसै समयलाई हामी नेपालमा भीमसेन संस्कृतिको आयात दोलखाबाट भएको भन्ने निस्कर्ष पुग्न सक्छौं भन्ने मान्यता मेरो छ । खोपाको भीमसेन नेवारी घरहरुमा अति नै प्रचलित परम्परा हो । इष्टदेव भएकोले खोपामै उनलाई नेवारहरुले प्रतिष्ठा गराए । यसको प्रथम स्थापना पूर्वठकुरीवंशका नेवारबाट भएको कुरा किमवदन्तीहरुबाट स्पष्ट हुन्छ । (jf;'kf;f – nlntk'/, k[= !!() भनिएको छ कि पाल्पाली राजा मुकुन्दसेनको कान्तिपुरमा आक्रमण हुँदा मठ्याहा पट्टिको ठकुरीले खोपामा भीमसेन स्थापना गरी उनैको बलबाट सेनहरुलाई लखेटे । यो समयलाई कलिगत सन ४२०८ भनिएको छ । तदअनुसार यो समय वि।सं। ११६४ हुन आउँछ । मुकुन्दसेनको समय सत्रौं शताव्दी मृत्यु अन्दाजी वि।सं। १६१० भएको ले यो आक्रमण मुकुन्दसेनको नभएर अन्य कुनै राजाको हुनसक्छ । यस समयमा नेपालमा निर्भयदेव तथा रुद्रदेवको संयुक्त साशन भएको कुरो क्याम्ब्रिज लाइवे्ररी वेलायतमा संकलित ँअष्टसाहस्रीका प्रज्ञापारमिता ’ भन्ने बौद्धग्रन्थबाट बुझिन्छ ।(Dr. DR Regmi, Medieval Nepal, Part I, P. ११४ यस समयमा कुन त्यस्तो महत्वपूर्ण बाहिरी अक्रमण नेपालमा भयो इतिहास यसबारेमा मौन छ । जे होस् यो किमवदन्तिले यो चािहं स्पष्ट गर्दछ कि वि.सं. ११४४ तिर तुयुठकुर र हाकुभिक्क्षुलेनेपालमा भीमसेन मन्दिर स्थापना गरेपछि वि.सं. ११६४ तिर खोपामा भीमसेन स्थापना गर्ने परम्पराको शुरुवात भयो । अर्थात यो पराम्पराको सुत्रपात चािहं नेपालमै भयो दोलखामा होइन । 

भीमसेन संस्कृति दोलखाकी राजकुमारीसंग नेपाल भीत्रिएको भन्ने आशय उपलव्ध किमवदन्तीहरुको छ । माथि भनिए झैं वि।सं। ११४४ तिर नेपालमा निर्भयदेव तथा रुद्रदेवको संयुक्त साशन चलिरहेको थियो । तर दोलखामा को राजा थिए भन्ने कुरा अन्धकारमै छ । दोलखाको इतिहासमा वि।स। १३६७ हरििसंहदेवको याहाँ आगमन हुनअघि कोको राजा राज्य गर्दै थिए भन्ने कुरा नै स्पष्ट छैन । भीमेश्वर भण्डारमा प्राप्त पुराना ताम्रपत्रहरुले कुनैवेला पात्रवंशी राजा त्याहाँ थिए भन्ने कुरा थाहा दिन्छ ।(wgah|ah|frfo{ – bf]nvfsf] P]ltxfl;s ¿k/]vf, k[= !*तर यसवेला उनै पात्रबंशीहरु नै राज्य गर्दै थिए भन्ने ठाउँ पनि कतै छैन । 
वि।सं। ११४४ ताका नेपाले नेवारहरुको वर्चस्व यता दोलखातिर भइसकेको थिएन । तथापि यो दोलखा भन्ने ठाउँ तिव्वततिर जाने व्यापार मार्गको रुपमा पूर्णतः स्थापित भइसकेको थियो । नेपालको इतिहासले बताउँछ कि अंशुवर्माको सम्बन्ध भोटसंग थियो राजा उदयदेवले भोटमा राजनीतिक शरण लिन पुगेका थिए तथा चीनबाट हुयन्त्सांग आदि यात्रुहरु पनि आएका थिए । यो आवागमनको लागि तामाकोशीगडतिर नै सर्वतोमुखी उत्तम र सजिलो छ भन्ने कुरा यहाँका भुगोलले नै स्पष्ट गर्दछ । यसबाट यो स्पष्ट हुन्छ कि यो मार्ग लिच्छवीकाल पाँचौं छैटौं शताव्दी तिरै खुलीसकेको थियो र हामी त दोलखा संस्कृतिको नेपालमा आगमनको कुरा गर्दा बाह्रौं शताव्दीका कुरा गरिरहेका छौं । नेपाले व्यापारीहरु तिव्वतव्यपारको लागि प्रशस्त मात्रामा दोलखाबाट आउनेजाने गर्दथे । यीनैका संसर्गबाट दुवैतिरको संस्कृतिमा धेरै सामाजिक सांस्कृतिक तथा आर्थिक मूल्य र मान्यताहरुको आदान प्रदान भयो यसमा शंकै छैन । यसै हिसावमा नेपाले नेवारहरुको पोर्टको रुपमा परिणत भएको दोलखाको भीमलाई व्यपार-देवताको रुपमा विकास गर्न दुवै समुदायको उत्तिकै देन रह्यो । यताका राजाहरुसंग नेपाले राजाहरुले वैवाहिक सम्बन्ध जोडी व्यापार धन्दालाई अरु सहयोग प्रदान गर्न चाहे होलान् । यसै सन्दर्भमा दोलखाकी राजकुमारी नेपाल पुग्दा यो संस्कृति पनि त्याहाँ पुग्यो । त्यति मात्र होइन त्याहाँ पुगेर यसले मलजल नै प्राप्त गर् यो । यो ठीक त्यसरी नै भयो जसरी भृकुटी चीन पुग्दा बौद्धधर्मलाई मौलाउन सहयोग पुगेको थियो । 

दोलखा तथा दोलखाभीमसेन मध्येकालसम्म आइपुग्दा पनि विशेषतः नेवारहरुकै देवको रुपमा रह्यो- चाहे यो भीमसेनको रुपमा होस् वा महादेवको रुपमा वा भगवतिको रुपमा । अन्य जातका हिन्दूमताम्वलीहरुको लागि यो स्थान धार्मिक महत्ताको स्थल पछिल्लो कालसम्मै रहेन । यदि अन्य जातीहरुको पनि यसमा ध्यान थियो भने वा उनीहरुको लागि पनि यो नेवारहरुलाई जत्तिकै महानदेव लाग्थ्यो भने त्यसै कालतिर लेखिएका वराहपुराण १६७३ वि।सं। हिमवतखण्ड स्कन्दपुराणको नेपालमाहात्म्य नेपाल सम्बत ७०३ र रुद्राक्षारण्यमहात्म्य मध्येकालिन मा कतै न कतै अवश्यै हुन्थ्यो । यीनमा नेपाल उपत्यकाका समस्त तीर्थ र देउताहरुका व्याख्यान त छ नै पूर्वका दन्तकाली वराहक्षेत्र आदिका उल्लेख पाइन्छ तर दोलखाभीमसेनको नामसम्म पनि उल्लेख छैन । दोलखाशहर होस् वा दोलखा भीमसेन दुवै व्यापारीहरुकै मात्र चाखको विषय रह्यो । दुवैको उत्कर्ष भनेको नेवार व्यापारीहरुकै माझबाटै भयो । सत्रौं शताव्दीसम्र्मको इतिहासमा दोलखाभीमसेन एउटा वन्यजातिको साधरण देवताबाट नेवारी वैभवका कारकको रुपमा प्रतिष्ठित भयो । उ थपमा महादेव पनि भयो भगवति पनि भयो । जात्रामात्रामा त वौद्धतान्त्रिक सम्प्रदायको देवता भैरव भएर पनि आयो । सवै भयो तर िसंगो नेवार जातीकै माझमा मात्र भयो । आजको स्थिति फरक छ । आज अरुजातीको लागि पनि यो आराध्यदेव छ । सायद यो नेपालको एकिकरण अठारौं शताव्दी पछि सम्भव भयो । राजनीतिक एकिकरणले भिन्न जातिका भिन्न भूगोलका सम्प्रदायहरुलाई एक ठाउँमा ल्याउने सुविधा दियो घुलमील तथा सामाजिक अन्तरकृयाको लागि अवसर दियो । सायद यीनै अवसरले भीमसेनलाई भीमेश्वरको रुपमा अरु जातीको मनमुटुमा पनि श्रद्धाको स्थान भयो । 

भीमसेन स्थान यतिखेर ँभीमसेनस्थान भन्न मन लाग्यो । ओखल्ढुंगातिर यो देवस्थललाई ँभीमेश्वर भनिन्दैन । यसो भनेमा त्यता बुिझंदैन पनि । ँभीमसेन स्थान नै भन्न पर्छ । अझ ँस्थान ’भनिन्न । ँथान ’ भनिन्छ त्यसैले भन्न पर्ने हुन्छ - ँभीमसेनथान ’ 
केही माथिबाटै त्यो सम्पूर्ण नेवारी संस्कृतिको एउटा महत्वपूर्ण विन्दु भीमसेन अर्थात भीमसेनसंस्कृतिको आदिस्थल तथा उद्गमविन्दु झुरुपप रुखहरुको माझमा स्वभायनमा देखियो । गर्वको साथ मनमनै सलाम ठोकें । यो सलाम धार्मिक रंगको थिएन । गर्विलो सम्मान थियो । कुनैपनि भक्तको भन्दा गहकिलो सम्मान । 

म त्याहाँ जाँदै थिएं । जान अति उत्सुक थिएं । तर मेरा हातमा मेरी श्रमतिको झैं भेटी र पूजाका सर्दाम थिएनन् । मेरा मनमा धार्मिक भक्तिभाव थिएन तर त्यो संस्कृतिको आदिस्थल एवं उद्गमविन्दुप्रति अथाह श्रद्धा र सम्मान थियो । पूजा मेरो पनि थियो तर त्यो रुढी थिएन । धार्मिक थिएन । आत्मपरक हुँदा हुँदै पनि लौकिक र विज्ञानसम्मत थियो । 

भीमेश्वरको मन्दिरमा छाना राख्नै नहुने परम्परा 
मन्दिरको परिशरभित्र पस्दा पहिले त मन्दिरमा भइरहेको निर्माण कार्यमा मेरो ध्यनाकर्षण भयो । दोलखाभीमसेनको मन्दिरमा छाना नहाल्ने लामो अकाट्य परम्परा छ । छानानै हाल्न पो लागेको होकि भनेर सोध्दा होइन गुह्येश्वरीमा जस्तै चौघेरा मात्र राख्न लागेको भन्ने कुरा अमरबाट बुझियो । छाना नै नभएको परम्पराको मन्दिरमा छाना कदापि हालिन्नथ्यो ।

तपाईहरुलाई थाहा छ कि छैन - एउटा जनश्रुति छ यसमा छाना नै हाल्न नहुने भन्ने । एकपल्ट एउटा भक्त राजाले यस मन्दिरमा सुनको छाना हालेछन् । त्यो त एकै रातमा भत्किएछ । देउताले सुनको छाना नरुचाएको हो कि भनी चाँदीको छाना हालिदिएछन् । त्यो पनि भत्किएछ । पछि क्रमशः तामा पित्तल र फलामको बनाएछन् । ती सवै त्यसरी नै भत्किएछन् । राजा हैराननै भएछन् । पछि भीमेश्वरले नै सपनामा दर्शन दिएर मलाई छाना नभएको स्थलनै मनपर्छ तिमी हैरान नहुनु भनी भनेछन् । छाना नहुनु पछाडीका जनविश्वास यही नै हो कि देउताकै इच्छा त्यही छ । यसवेला यो लोकविश्वासमा परिवर्तन त आएको होइन भनेर मैले चासोसम्म लिएको हुँ । पुरातन त्यसमा पनि धार्मिक विश्वास सितिमिति अहिलेको युगमा आएर परिवर्तन हुनु चािहं निक्कै कठीन छ । यस्तो विचारलाई अधार्मिक मानिइन्छ । परिवर्तन नै भइहाल्यो भनेपनि भीमेश्वरले नै सपनीमा आएर यसो गर्नु भनेर धेरैले मानेका कुनै प्रख्यात धर्मभीरु व्यक्तित्वलाई भनेको हुनुपर्छ । साधारण व्यक्तिलाई भनेको भन्ने कुरामा पत्यार हुनु कठीन छ । त्यसैले पनि बढी चासो त हुने नै भयो । जे होस् छाना होइन चौघेराको निर्माण हुँदै रहेछ आकर्षक वास्तुकलासाथ । कुरा टुंिगयो । 
तर प्रस्तुत जनविश्वासले के संकेत िदंदैछ त्यो मेरो सोचलाई तपाई सामु राख्न मन लाग्यो नै । विचार गर्नोस् अझैपनि धेरै देवस्थलहरु छानाहीन हुने गर्दछन् । यस्तो विशेष त्यस्ता मन्दिरहरुमा हुने गर्छन् जो कम प्रचलनमा आएका विषेश चाडपर्वसंग मात्र सम्बन्धित भएका आयस्ताको हिसावले सम्पन्न नभएका ठूला वस्तिबाट टाढा भएका कला वास्तुकलाका धनी नेवार समुदायबाट अलग वा टाढा रहेकाहरुमा हुने गर्दछन् । तर यो मन्दिर त ती सव गुणहरुले सम्पन्न देखिन्छ । यसको आयस्ता धेरै छ । नेवारवस्तीकै सीरानमा यो अवस्थित छ । उत्कृष्ट कला र वास्तुकलाले सज्जित धेरै मध्यकालीन मन्दिरहरु यसै वस्तीमा छन् । त्यसैले पनि यो मन्दिर छानाहीन हुनुपर्ने कारण सोचनीय छ । यसले केही तथ्यको संकेत िदंदैछ । त्यो हो- याहाँ यस भेकमा नेवारहरुको बस्ती बिकास हुनु भन्दा पहिले नै सम्भवतः धेरै पहिले नै यो मन्दिरले प्रख्याती पाइसकेथ्यो । नेवारहरु याहाँ आइसक्दा पनि यसको मौलिक स्वरुपमा परिवर्तन ल्याउन भौगोलिक वा आर्थिक कुनै कारण वा वाध्यतावस् यसमा छाना हालिएन । अन्ततः छाना हाल्ने सोच वा क्षमताको विकास हुने वेलासम्ममा यसै मौलिक स्वरुपले जनविश्वासमा जरो गाडी सकेथ्यो र यसलाई यथास्थितिमा मात्र स्वीकार्न सकिने वाध्यताको विकास भइसकेथ्यो । यसो भीमेश्वरको मन्दिरको लागि मात्र होइन छानाहीन अरु नेवारी वास्तुकलाले सम्पन्न मन्दिरहरु जस्तै काठमाण्डौंको गुह्येश्वरी वा फर्पिंगको दक्षिणकालीको मन्दिरको लागि पनि भन्न सकिन्छ । 

गुह्येश्वरी वा फर्पिंगको दक्षिणकाली मन्दिरको प्रसंग आउँदा एउटा अर्को संकेत पनि समान रुपले याहाँ हात पर्दछ । भीमेश्वरको यस मूर्तिलाई देवीको रुपमा पनि हरेक दिन पूजिने परम्परालाई विचार गर्दा गुह्येश्वरी तथा फर्पिंगको दक्षिणकालीको जस्तै समानरुपले यसमा छानाहीनता हुनु एउटा संयोग मात्र अवश्यै होइन भन्ने लाग्दछ । यो समताको पनि केही अर्थ हुनसक्छ । त्यो के होला ?

नेपालका धेरै भागमा विशेषगरी किराँत वा अन्य आदिवासीका क्षेत्रहरुमा देवीका मन्दिरहरु छानाहीन हुने गरेका पाइन्छन् । पछि आएर छाना हाल्ने नयाँ परम्परा विकास भएको स्पष्ट छ । देवीका मन्दिरहरुमा छाना नहालिनु निश्चय नै प्राचीनकालीन परम्परा निरन्तरित भएर हो । त्यस कालको कुरा गरौं - मान्छे नै वस्न जान पर्ने वासस्थान यो थिएन र एकछिन अर्चना गर्नपर्ने स्थानमा किन छाना हालि राख्ने खर्च र श्रम किन खेर फाल्ने त्यसकालमा यसको अवश्यकता मानिएन । पछि लम्मेतान पूजाअर्चनाको वीधिहरु विकसित हुँदै गएपछि तथा मान्छेहरुको समय मन्दिरमा बढी वित्न गएपछि वा मान्छेहरुको भीड नै त्यता बढी आकर्षित हुन लागेपछि छाना राख्ने आवश्यकताको विकास भयो । अझ नेवारहरु याहाँ आउनपूर्वका वन्यजातीहरुको सभ्यता र संस्कृतिलाई आँक्ने हो भने यो प्राचीन कालीन परम्परा नै हो भन्ने सोच अरु खरो उत्रन्छ । नेवारहरुद्वारा पछि निर्मित वा प्रतिष्ठापित देवी मन्दिरहरुमा यो पूर्वपरम्परा निरन्तरित नगरिएका प्रशस्त उदाहरणहरु छन् । अघिकैमा पनि सम्भव भएसम्मका मन्दिरहरुमा छाना हालियो । यीनका उदाहरण कामाडौंका पुराना भगवति मन्दिरहरुलाई लिन सकिन्छ । तर पूर्वरुपकै परम्पराको जोर बढी चलेको ठाउँमा यो सम्भव भएन र गुह्येश्वरी दक्षिणकाली एवं भीमेश्वर भगवती मन्दिरमा यो असम्भव हुनगयो । त्यसैले तिनमा हालसम्म छाना हालिएका छैनन् ।

हामी यत्तिखेरसम्म आर्यत्तर समाजमा भएको छानाहीन देवीस्थलका कुरा गर्दै छौं । देवी मन्दिरमा किन छाना भएन भन्ने कुरामा एउटा घतलाग्दो संकेत आर्यसंस्कृतिमा पनि उपलव्ध छ । त्यस अनुसार देवीहरुका मन्दिरमा यस कारणले छाना हालिन्न कि देवीको सम्पर्क खुला आकाशसंग हुन आवश्यक छ । यस सोचले देवीलाई भूमीमाता र आकाशलाई पिता मान्दछ तथा उनैको समागमनबाट संसार निरन्तरित छ भन्ने मान्यता राख्दछ । यो सोच ऋगवेदकालिन हो । ऋगवेदमा महर्षी दीर्घतमा प्रथम मण्डलको १९१ औं सुक्तको ३३ मन्त्रमा यसरी सुक्त लेख्दछन् ः

द्योर्मे पिता जनिता नाभीरत्र बन्धुर्वे माता पृथिवी महीयाम् ।
उत्तानयोश्चम्वोर्योनिरन्तरत्रा पिता नुहितुर्गर्भमाधात् ॥ ३३


अर्थ - आकाश मेरा पालनकर्ता पिता हुन् पृथ्वी मेरी माता । आकाश पृथ्वीको मध्येभाग अन्तरिक्ष योनी रुप हो । त्याहाँ पिता गर्भस्थापना गर्दछन् । 
अर्थात छाना रािखंदा ती दुईको समागमनमा वाधा नहोस् भन्नाखातिर देवीहरुको मन्दिरमा छाना नहाल्ने परम्परा निरन्तरित भइ आएको हो भन्ने संकेत यसको हो । यसमा यो प्रश्न चािहं निश्चय नै उठ्न सक्छ कि आर्यहरु यता नआउदै प्रचलनमा रहेको यो मूल्यलाई कसरी ऋगवेदका सुक्तहरुसंग तुलना गर्ने ऋगवेदकालीन मूल्य यता ग्रहण गरिएको भन्न पनि मिल्दैन र यताको मूल्य ऋगवेदमा प्रतिविम्वित भएको हो भन्न पनि मिल्दैन । ऋगवेदका ती सुक्तहरु आर्यहरु यता आइपुग्न भन्दा धेरै पहिले सुदूर पश्चिममा सिन्धुघाटीतिर वा अझ पश्चिमतिरै रचित भएका थिए । तर पख्नुहोस् यसको उत्तर नभएको चािहं होइन । यो जटील प्रश्न हो तापनि यसका उत्तर आँक्ने ठाउँ छ । 

हामी कुरा गर्दैछौं मातृपूजाको । उर्वरताको पूजाको । वेदका उपाख््यान मात्र के ताम्रयुगका वेलुचिस्तान तथा सिन्धुघाँटीकै केही उपलव्ध अवशेषहरुले पनि तत्ततक्षेत्रमा िलंग योनी तथा मातृपूजा प्रचलनका साक्षी दिइरहेछन् । (;Tos]t' ljBfn+sf/ – ef/tLo ;+:s[lt cf}/ p;sf Oltxf;, k[ &@मातृपूजा एवं उर्वरताको पूजा त मानवसभ्यताका ती विशिष्ठतम आदिकालीन मूल्यहरु हुन् जो आदिकालमा मान्छे जातीको विभिन्न ठाउँमा विचरण हुँदा साथसाथै गए । त्यसैको अवशेषको रुपमा यताका आदिबासी तथा उताबाट आउँदै गरेका आर्यहरुमा समानरुपले निरन्तरित भएर आइरहेको थियो । 
कुरा छिरल्लिएर गयो क्यार मैले प्रशंग छेडेंथें भिमेश्वरमा किन छाना हालिन्न भन्ने बारेमा । मैले यसलाई भीमेश्वरको यो प्राचीन स्वरुपको निरन्तरता हो भनें र आदिकालमा त्याहाँ भीमेश्वरको मूर्ति होइन तत्क्षेत्रका वन्यजातिहरुको देवीस्थल थियो यो भन्न पुगें । 

मेरा यस प्राक्कल्पनालाई बलियो आधार भीमेश्वरकै उत्पति कथाले पनि दिएकोछ । भनिएको छ धेरै पहिले १२ जना भरियाहरुले याहाँ भीमेश्वरकै बासस्थानमा आई अनजानमै भारी बिसाई आफ्ना लागि खाना पकाउने सुरसार गरे । खाना पकाउन चुलेढुंगा चाहियो । दुइवटा ढुंगा बाहिरबाट खोजी ल्याए र अर्को ढुंगाको लागि त्यही प्राकृतिक रुपमा चुलेढुंगा जस्तै गडिएर रहेको भीमेश्वरको मूर्तिलाई नै अन्जानमा प्रयोग गरे । तर यो ढुंगा भएकोपट्टि भात काँचै रह्यो । उनीहरुले क्रोधवस् पन्यूले यस ढुंगालाई हिर्काए । जसको कारण ढुंगाबाट रगत बहन सुरु गर् यो । यस्तो अचम्म भएपछि ती बाह्रजना भरियाहरुले प्रायश्चित गर्दै बाह्र बोकाको बली चढाएर पूजा गरे जुन परम्परा आजसम्म चलि आएको छँदैछ र मूर्तिमा देखिइने चोटलाई त्यसै पन्यूको चोट भनेर इंिगत गरिने चलन छँदैछ । 

बाह्र बाह्र जनाको भरियाको प्रसंग सुन्दैमा त्यो व्यापारिक भ्रमणको सूचक लाग्दछ । सम्भवतः उनीहरु तिब्बत जाने नेवार व्यापारीहरुकै भरियाहरु थिए भन्न खोजिएको हो । यसो हुनसक्छ कि नेपालबाट तिब्बत जाने नेवार व्यापारीहरुले तामाकोशीको अप्ठेरो गड्तिर सुरु हुनुभन्दा अघाडिनै दुर्घटनाहरुबाट बच्न तथा लामो यात्राको लागि बल तथा शाहस प्राप्त गर्न आफ्ना इष्टदेव महाबली भीमलाई याहाँ प्रतिष्ठा गरे । 

कथाले बताएको छ कि त्यहाँ कुनै देवस्थल थिएन । भरियाको प्रहारले ढुंगाबाट रगत निस्केपछि मात्र यसको आविष्कार भयो । यसको संकेत यही हो कि त्यहाँ पहिलेदेखि नै पूजिदै आएको देवतासंग ती नेवार व्यापारीहरुले आफ्नो भीमसंग तादात्म गराए र आज हाम्रा सामू भीमको मन्दिर छ । अर्थात त्याहाँका आदिवासीहरुको पूर्ववतदेवता यो हुनसक्थ्यो । बेलाबेलामा मात्र पुजिने हुँदा त्यसको हेक्का बटुवा भरियाहरुलाई भएन र चुलेढुंगाको स्वरुपमा लिने उनीहरुले गल्ति गरेका थिए । 

यसरी खुला देवस्थल हुनु विशेष आदिबासीहरुको बहुल भएको यो देशमा कुनै नयाँ कुरा होइन । आज पनि त्यस्ता देवस्थलहरु पाइन्छन् र यीनलाई वेलावेलामा मात्र पुजिने गरिन्छ । आदिबासीहरुका यस्ता देवस्थलहरुलाई देवीकै थान भन्ने गरिन्छ । वस्तुतः त्यो आदिवासीकालिन् देवताको आदिरुप देवी नै हुनुपर्छ । त्यसैको निरन्तरताको पुष्टी भीमेश्वरको मूर्तिलाई पछिल्लो कालमा भगवति स्वरुपमा पूजा गरिने परम्पराले पनि गर्दछ । 
देवीको मन्दिर भएकोले यसमा छाना भएन वा छाना नभएकोले यो देवी मन्दिर हो - मैले दुवै कुरा भन्न खोजें क्यार । जे होस् कुराको चुरो एउटै रह्यो यसमा छाना किन रहेन । 

यसरी मैले प्राक्कल्पना लेखी रहँदा दोलखाका साँस्कृतिक सोधकर्ता एवं लेखक अमन श्रेष्ठको सम्झना आइरहेछ । उनी मेरा पुराना विद्यार्थी हुन् । नजीकको सम्बन्ध हुँदाहुँदै पनि उनीबाटै एउटा डर ममा उत्पन्न भइरहेछ । उनका दोलखा दर्पनमा प्रकाशित एउटा लेखमा गोपाल शिवाकोटीका केही चिन्तनलाई मनगढन्त भनी आलोचना गरिएको छ । गोपालजीले सम्बन्धित लेख कसरी लेख्नु भएको थियो कुन आधारमा लेख्नुभएको थियो ती विषयहरुमा मैले खूदै सामग्री हात नपरेको हुँदा पढ्न पाइनँ । तर मेरो आफ्नैबारेमा भन्नु पर्दा चािहं यही भन्छु कि ऐतिहासिक प्रमाणहरु प्राप्त नभएको क्षेत्रमा यस्तै क्लुहरु समातेर प्राक्कल्पनाको विकास गर्नुपर्दछ र त्यसै प्राक्कल्पनाकै आधारमा आफ्ना सोधकार्य पुरा गर्नुपर्दछ । सोधकार्यमा यस्तै प्राक्कल्पनाहरुका परीक्षण हुन्छ । त्यसलाई प्राक्कल्पना प्रस्तुत गर्ने वा अन्य सोधकर्ता जोकोहीले पनि परीक्षण गर्न सक्छ । सोधकार्यको निष्कर्षले देखाउँछ कि त्यो प्राक्कल्पना सही थियो वा गलत । सही भएपनि वा गलत भएपनि यो महत्वपूर्ण कार्य त भयो नै । गलत भएमा त्यसप्रतिको भ्रम सदाको लागि हट्ने भइहाल्यो । सही भएमा त्यसले त्यसको इतिहासमा इंटा थप्दछ । यो सोधको नियम हो । कुनै पनि प्राक्कल्पना आफैमा निष्कर्ष होइन । प्रमाणित भएपछि मात्र त्यो निष्कर्ष बन्दछ । अतः प्राक्कल्पनालाई सोधकर्ताले इमानसाथ नविसर्िकन प्राक्कल्पनाकै रुपमा प्रस्तुत गर्नपर्छ । यही सन्दर्भमा म यहाँ भन्दैछु - छानाहीनता सम्बधी जनविश्वासलाई आधार गरेर मैले माथि जे लेखें ती मेरा प्राक्कल्पना मात्र हुन् र विद्वानहरुको अध्ययन र वस्तुगत विश्लेषणको प्रतीक्षामा छु । 

भीमेश्वरको प्रस्तर मूर्ति तथा स्थापना काल

उपरोक्त कथाले स्पष्ट गर्दछ कि त्याहाँ कुनै पनि वस्ती थिएन अपितु बन थियो । यसले वनमै जीवीकोपार्जन गर्ने आदिबासीहरुतर्फ इंिगत गर्दछ । उनीहरु यसै भेगमा हालसम्म बसोबास गर्दै आउने आदिबासीहरु थामी तामांग जीरेल सुरेल सुनुवारहरु मध्ये कोही हुन सक्छन् । दशैंको एकादशीको स्थानीय जात्रामा थामीहरुलाई समेत समावेश गरी संचालन गरिने जात्रामा थामीहरुले पुराना राजादेखि हालसम्मका राजाहरुका नालीवेली लाउने गर्दछन् । यसमा हाइहाइ राजा सुइसुइ राजा गाल्मा राजा जस्ता इतिहासमा नआएका राजाको उल्लेख हुन्छ । यसले नेवारहरु याहाँ आउनुभन्दा पहिले यस्ता बन्यजातीका राज्य भएको स्पष्ट गर्दछ । 

मूर्तिको ठाउँमा कुनै कुँदिएको मूर्ति वा िलंग नभई एउटा प्राकृतिक चोसे आकृतिको प्रस्तर मात्र हुनुले पनि त्यस्तै पुरातन संस्कृतिको संकेत दिन्छ । मध्यकालको पूर्वार्धमा आएका नेवारहरुले पहिलो पल्ट भीमसेनको प्रतिष्ठा गराएको भए त कलात्मक मूर्ति राखि नै हाल्थे । पहिलेदेखि नै त्यस प्राकृतिक प्रस्तर यथारुपमा पूजिदै आयो । तिब्बतजाने यो व्यपारिक बाटोको प्रयोग बढीमा बढी हुँदै गएपछि र नेवारहरु आइसकेपछि सही आकारको मूर्ति प्रतिष्ठापन गर्ने क्षेमता विकास भइसकेको वेलासम्ममा यही आकारमा अभ्यस्त जनमानसको लागि नयाँ मूर्तिलाई स्वीकार गर्नै नसक्ने स्थिति भइसकेको थियो । यसरी नै यथास्थितिलाई स्वीकार्दै परम्परा अघाडी बढ्यो र आजसम्म पनि साधरण प्राकृतिक प्रस्तर मूर्ति हाम्रा सामू छन् भीमेश्वरको नाममा । तथा यसको संकेत यो हो कि यस प्राकृतिक प्रस्तर मूर्तिको प्रतिष्ठापन यस स्थानमा कलात्मक मूर्तिको प्रचलन आउन भन्दा धेरै पहिले नै भयो । त्यो काल सम्भवतः किरातकाल थियो वा अझ पहिले । 

एकै मूर्तिमा तीन भिन्न देवता

आजको भीमेश्वरको स्वरुप भनेको महादेवको स्वरुप हो । उल्लेखनीय यो छ कि महादेवले रगतको भोग खाँदैन । तर यीनलाई भरियाहरुले पहिले नै बली दिएका थिए । यसको अर्थ हो प्ररम्भमा यो मूर्तिलाई महादेव स्वरुपमा प्रतिष्ठापित गरिएको थिएन । यसले स्पष्ट गर्दछ यो कथा तथा यो देव यस क्षेत्रमा हिन्दू वा बौद्ध धर्मको प्रवेश हुनु अघावै स्थापित भइसकेको थियो । 

आज भीमेश्वरको एउटै मूर्तिलाई एकैदिनमा भिन्न भिन्न समयमा भिन्न भिन्न देवताको रुपमा पूजा गरिन्छ । विहान भीम भनेर राँगो समेतको बली सहित पूजा गरिन्छ । दिउँशो तीननेत्र बनाई महादेव मानेर गहनाले सजाई काटमार वर्जित गरी रुद्री गर्दै नै गरिन्छ । र अर्को समयमा भगवतिको रुपमा बली सहित पूजा गरिन्छ । विशेषगरी बली िदंदा अन्य मूर्तिहरुमा झैं यो मूर्तिमा सोझै वलीको रगत नपार्ने वीधि याहाँ विशेष उल्लेखनीय छ । हाँस कुखुराको बली िदंदा मूर्तिको सामुन्ने रहेको मण्डलमा रगत पारिन्छ भने ठूलो पशु राँगोको बली िदंदा भीमेश्वरलाई कपडाहरुले बेर्ने गरिन्छ । राँगो जस्तो ठूलो पशुको बलीिदंदा यसको छटपटीबाट रक्त छ्याल्लब्याल्ल भई मूर्तिमा रक्त लाग्ने आशंकाबाट यस्तो बचावटको व्यवस्था भएको थियो कि भन्ने सोच मेरो छ । यस्तो पनि विश्वास गरिन्छ कि यसरी बली िदंदा भीमेश्वरको सत पछाडी उठाइएका १६ हात अग्लो काठे िलंगको टुप्पामा सरेको हुन्छ । उल्लेखनीय यो छ किन भीमेश्वर यस्तो बली हुँदा अलग्ग त्यत्रो उचाइमा जान्छन् बलीबाट भीमेश्वरलाई टाढा राख्ने प्रयत्न शैव मताम्बलीहरुको प्रयत्न त यो थिएन ?

यसमा निसि्रत परम्पराको संकेत यो हो कि तीन भिन्न भिन्न समुदायले भिन्न समयमा यसलाई आफ्नै पारामा लिए प्रतिष्ठा गराए र त्यही मान्यता आजसम्म निरन्तरित भयो । यस अर्थमा भन्न सकिन्छ कि भगवति स्वरुपको परम्परा किरातकालदेखि आयो । प्रारम्भमा यो कुनै रक्तभोग खाने स्थानीय देवी थियो । पछि शाक्त तथा तान्त्रिक सम्प्रदायको जोड चल्न लागेपछि त्यसलाई भगवती भनेर निरन्तरता दिइयो । नेवारहरुले यसलाई भीमसेन बनाए र पछि हिन्दू धर्मको प्रभाव बढेपछि यो भीमेश्वर महादेव पनि हुनगयो । 

आज बढीमा यसलाई भीम होइन भीमेश्वर भनिन्छ । यसो कसरी भयो भने नेवारहरुको लागि पो भीम देवता हुन् तर हिन्दू परम्पराको लागि त भीम एउटा मनुष्य मात्र हन् । महाभारतमै नपुजिएको भीमको पूजा हिन्दूहरुले देवकोटीमा राखेर कसरी पूजोस् अतः हिन्दूधर्मको प्रभाव बढ्ने बित्तिकै हिन्दू जनआस्थाले यसलाई भीमद्वारा नै प्रतिष्ठापित महादेव अर्थात भीमेश्वर बनाइदिए । सवै थरीले एउटै देवतामा आफ्ना आफ्ना पाराले पुजे । एकै समयमा भिन्न पूजा रितीको असम्भव हुने हुँदा समयको किटान भयो र नेपालमा मात्र होइन समस्त संसारमा कहींपनि नभएको बिचित्रको प्रावधान यही मूर्तिमा व्यवस्थित भयो । एउटै मूर्ति तीनथरीबाट पूजिन्छ र बिपरित विशेषताका साथ । एउटा भोग खाने अर्को भोग छुनै नहुने तेश्रो चािहं दुवै अलौेकिक देवताहरुको तुलनामा मत्र्यलोकको लौकिक देहको मनुष्य । विशेषता यो छ कि तीन भिन्न प्रकृतिका देवताहरुको रुपमा एउटै मूर्तिलाई पूजा हुने परम्परामा तीन भिन्न सम्प्रदायको हठ देखिन्छ तथापि त्यहाँ संघर्ष छैन । कहीं नभएको बिचित्र समन्वय तथा सहिष्णुताको उदाहरण भीमेश्वरको एउटा मूर्तिमा छ । 

मेरी श्रीमति र अमर भीमेश्वरको दर्शन गरेर मन्दिरको ढोकाबाट बाहिर निस्किएं । मन्दिर वरीपरीका मूर्ति घण्टा त्रिशूल आदिको अध्ययनमा म मस्त थिएं । श्रीमतिले टिका सोझ्याउँदै निधारतिर ल्याइन् । यस्तो पर्दा म टिका थाप्ने गर्छु । त्यो यस कारणले कि तिनको आस्थामा चोट नपुगोस् । यस्तो त म जोसंग पनि गर्छु । कसैको आस्थामा जानाजनी चोट पुर् याउनु भनेको म महापाप सम्झन्छु । मेरो धर्ममा त्यो उल्लेख्य छ । भगवानको बरददान भन्दा पनि त्यो भक्तको आशिर्वाद वा सद्भावको म भोको छु । 

भीमेश्वरको पसिना 

भीमेश्वरको प्रस्तरमा पसिना आउने प्रशंग यता निकै चर्चित छ । देशमा संकट आउन लाग्दा भीमेश्वरलाई कष्ट हुन जान्छ र उनलाई पसिना छुट्छ भन्ने विश्वास यता व्याप्त छ र यसरी पसिना आएको देख्दा त्यस प्रस्तरलाई पंखा हम्कने गरिन्छ । भनिन्छ कि यस्तो पसिना १९९० को भुइँचालो ००७ को जनक्रान्ति ०११ त्रिभूवनको स्वर्गारोहण ०३६ को राजनीतिक अस्थीरता हुनु अघि सूचकको रुपमा पसिना आएको थियो । तर आँखा १० मा प्रकासित भीमसेनको पसिना ः रहस्य के भन्ने सूर्यकृष्णको लेख अनुसार यस्ता समय बाहेक अन्य सामान्य समयमा पनि ०२८ ०३५ चैत्र ०३६ ज्येष्ठ ०३९ भदौ ०४२ पुष र ०४७ वैसाख पसिना आएको बुझिन्छ । यसले बुझाउँछ कि अन्य सामान्य परिस्थितिमा समेत पसिना आउने गरेको कुरा जनमानसले अवलोकन गरेका छन् । विशिष्ठ परिस्थितिमा घट्ने यस्तै कथाको परम्परा भक्तपुरको चागुँनारायणसंग सम्बन्धित मूर्तिमा पनि भएको पाइन्छ । अझ याहाँ त बाहिर धातुबाट निर्मित तोरणमा समेत पसिना आउने र भक्तजनहरुले नरम कपडाले पुछि दिने चलन पनि छ । अतः यो दोलखमै मात्र पाइने बिचित्रता भनेर भन्न चािहं मिलेन । तथापि मूर्तिमा देखिने गरी पसिनाका बुँदाहरु किन आए के हो यो यसको वैज्ञानिक विश्लेषण के छ भन्ने अमरको प्रश्न भने विवेचना गर्न लायक नै छ । 

यस्ता पानीका बुँदा त आकाशैबाट पनि झर्छ । शीतका थोपाका रुपमा कर्कलाका पातहरुमा पनि देखिन्छन् । घरका ऐनाका झ्यालहरुमा पनि पानीका बुँदाहरु जमेका हुन्छन् । तर तीनलाई पसिना भनिन्न र त्यस्तो बिचित्रता यसमा जनमानसले देखेन । किनभने ती जनमानसले अन्यन्य भक्तिकासाथ सर्वशक्तिमान भगवान भनेर पूजेका वस्तुहरु होइनन् । मान्छेहरुले सर्वशक्तिमान मानेर जीवनै दिने भगवान मानेपछि उनलाई पनि जीवितै सरह मानेर त्यो पानी वा शीतको थोपालाई पसिना मानेर चकित हुन पुगे । यो प्रस्तर जीवित होइन । जीवितमा हुने कुनै गुणहरु यसमा छै्रनन् । तथापी यसलाई दैवीलिला संझेर कथा तथा विश्वासहरुको सीर्जना गर्नपुगे । 

विज्ञानसम्मत ढंंगमा के यो विश्वास गर्न सकिन्छ कि यो साँच्चै मान्छेकै जस्तो पसिना हो मान्छेको शरीरमा पसिना कसरी आउँछ त्यस प्रकृयाकै कुरो गरौं र हेरौं । मान्छेको शरीरमा जीवन छ । यस जीवित शरीरमा रगत तथा अन्य धेरै खाले जीवनरसहरु कृयारत छन् । जीवित कृयाशील अंगहरुले तापको सीर्जना गर्दछ । त्यसमा बाहिरी तापले पनि शरीरको तापक्रममा असर गर्दछ । शरीरभित्रको बढ्दो तापलाई त्यसमा भएकै तरल पदार्थहरुले रक्तसंचारमार्फत सेलाउने काम गर्दछ । त्यो तरल पदार्थको पानीको अंश तातो अंगमा आइपुग्दा वाष्पमा परिणत हुन पुग्दछ र पछि छालाका छिद्रबाट पसिनाको रुप लिई शरीरबाट बाहिर निस्कन्छ । यसरी जीवित शरीरमा पसिना आउनु भनेको शरीरमा तापक्रम बढेको वेलामा शरीर सेलाउने प्रकृया हो ।
भीमेश्वरको मूर्तिमा देखिने पसिना त्यसैले जीवित शरीरमा आउने पसिना जस्तो होइन भन्न मूर्तिको निर्जीवता नै प्रमूख प्रमाण हुन्छ । उसोभए त्यो पसिना के हो त यसको लागि पसिना आउने त्यो सिद्धान्त नै सहायक सिद्ध हुन्छ जसले भन्छ - ँपसिना आउनु भनेको सेलाउने प्रकृया हो । ’

पानीलाई तापले भेटेपछि तातिएर यसले वाष्पको रुप लिन्छ । त्यो वाष्प कुनै पनि चिसो ठाउँमा ठोकिन पुग््यो भने सेलाएर खुम्चन जान्छ र त्यसमा भएको पानीको मात्रा थोपा बनेर झर्छ । भीमेश्वरको मूर्तिलाई चढाएको पानी त्यतै भुईउँदी जमेर बसेको हुन्छ । विहानीको घाम वा त्याहाँ चढाएका धुप धुवाँर वा आरतीले यसलाई ताप दिन्छ र यो बाफिएर उठ्छ । त्यो वाष्प भीमेश्वर प्रस्तरको चिसो र चिल्लो भागमा ठोकिन पुग्दा हावामा भएको वाष्प चिसिएर खुम्चदै त्यही मूर्तिमा थोपाथोपा भएर जम्दछ । यो ठीक त्यसरी नै थोपाथोपा भएर बन्दछ जसरी विहानीको घामब्ााट बनेको कोठा भित्रको वाष्प चीसो ऐनेझ्यालमा ठोकिन पुग्दा बन्दछ । 

यसरी प्रस्तरमा थोपा जम्ने प्रकृया पानी माथि उठेर मात्र होइन कि यसको ठीक उल्टो पानी चिसो भएर तल झरेर पनि हुनसक्छ । यो सिद्धान्त भनेको शीत जम्ने सिद्धान्तमा आधारित छ । तल भूईमा शीत जम्नको लागि माथि आकाशमा तुवाँलो वा कुइरो वा बादल चिसिन पर्छ । त्यो चिसिन थालेपछि गहौं भई भूइतिर झर्न लाग्दछ र तल जमीनमा ठोकिएर शीतको थोपा बन्न पुग्दछ । अर्थात चिसो मौसममा माथिबाट आएको कुइरो वा तुवाँलो वा वाष्प चिसिएर गह्रौं भई झर्दै मूर्तिमा ठोकिन पुग्दा मूर्ति वा अन्य चिल्लो भागहरुमा शीत जमे झैं जमेर यो पसिना देखिएको हो । जस्तो कर्कलाको पातमा देखिन्छ । 

उपरोक्त दुवै सिद्धान्तले कुनै पनि चिल्लो भागमा पसिनाका बुँदाहरु जम्छ भन्ने मान्यता राखेको हुँदा भीमेश्वरको मूर्तिमा त्यस्तो पसिना देखिएको वेलामा त्यत्तिकै चिल्लो भाग भएको त्यस्तै ढाल भएको अन्य भागहरुमा पनि अवश्यनै पसिना जमेको हुनुपर्छ । यस्तो भएको पनि छ । ँआँखा - ९ मा प्रकाशित कमल प्रसाद प्रधानका लेख ूभीमसेन ः मूर्ति एक आस्था अनेक ू अनुसार १९९० सालमा पसिना आउँदा भीमसेन लगायत कुन्ति मूर्ति द्रौपदिका मूर्तिमा र भीमको गदा ढोकाका तोराणहरुमा पनि आएको देख्ने मान्छे अद्यापि छँदैछन् भनेर भनेका छन् । अन्य समयमा जनमानसले त्यस्ता भागमा भएको पसिनालाई महत्व नदिई वास्ता नगरेका हुन सक्छन् । 


No comments: