काठमाडौं, माघ २१ – आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी श्रीपञ्चमी पर्व मनाईंदैछ ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले आजको दिनलाई वसन्तपञ्चमी पनि भनिन्छ ।
बालबालिकाहरुमा अक्षर आरम्भ गराउने सर्वोत्तम दिन मानी आज घरघरमा केटाकेटीहरुलाई पठनपाठन सुरु गराइन्छ ।
शिक्षक, विद्यार्थी, साहित्यकार, चित्रकार, गायक, अभिनेता लगायतका विद्याका साधकहरुले आआफ्ना कलासाधनाका उपादानहरु कलम, कापी, कूची, वाद्ययन्त्र आदिको पूजा गर्छन् । देशभरका सरस्वती मन्दिरमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।
विशेषगरी काठमाडौं उपत्यकाका स्वयम्भू, लेले र नीलसरस्वतीमा ठूलो मेला लाग्छ । आज बौद्ध धर्मावलम्बीहरुले पनि विद्याका प्रतीक मञ्जुश्री बुद्ध चीनबाट उपत्यका प्रवेश गरेको दिन मानी पूजा आराधना गर्छन् । परम्परा अनुसार आजै काठमाण्डूको हनुमानढोकामा वसन्तश्रवण गर्ने चलन छ ।
विद्या ददाति विनयं विनयाद् याति पात्रतां पात्रत्वाद् धनमाप्तोति धनाद् धर्म तत सुखम् ।
|
सरस्वतीको आराधना विद्या आर्जनको निमित्त गरिन्छ । विद्या आर्जनबाट नै विनय, पात्रता ९योग्यता० धन धर्म सुख र आनन्द पाइने आध्यात्मिक नीतिमा बताइएको छ । विद्याकी देवी सरस्वतीलाई जनबोलीमा विद्या शब्दको पर्यायवाची रूपमा लिने गरिन्छ । आजसम्म मानव जातिले हासिल गरेका सकारात्मक उपलब्धिहरू सरस्वतीको आराधनाबाट प्राप्त विद्याको सही सदुपयोग र अध्ययनका परिणामहरू हुन् ।
वेद उपनिषद्, इतिहास भूगोल, खगोल आदिका ज्ञाता जसलाई हामी विभिन्न उपाधिहरू जस्तै गुरु जगत गुरु, स्वामी, शंकराचार्य, ऋषि, महर्षि आदिको नामले पुकार्दछौं ती सबै विद्याकी खानी सरस्वतीको उपासक भएर नै समाजमा प्रतिष्ठित र आदरणीय भएका हुन् । यसै भएर नै विद्याको महत्व र महिमालाई ‘विद्या धर्न संव धनं प्रधानम्’ भनेर दर्शाइएको हो ।
परम्परागत मान्यतामा देवी देवताको नित्य पूजा वा अनुष्ठान गर्ने निश्चित वार, तिथि र पक्ष हुन्छन् । विद्या तथा सरस्वतीको सम्झना र पूजा अनुष्ठानको पावन पक्ष हो माघ महिनाको शुक्ल पक्षको पञ्चमी तिथि । नेपालमा यसै पञ्चमीलाई सरस्वती पूजा, श्रीपञ्चमी, वसन्त पञ्चमीले सम्बोधन तथा स्वागत गरिन्छ । ज्योतिषीय सिद्धान्तको ऋतु चक्रमा वसन्त ऋतु चैत वैशाख महिनामा गणना गरिए पनि भौगोलिक आधारमा सूर्य माघ महिनाको यसै पञ्चमीदेखि दक्षिणायनबाट उत्तरायणमा लाग्ने हुँदा वसन्त ऋतुको आगमनको सूचक मानिएको छ ।
श्रीपञ्चमीदेखि वसन्त ऋतुको पूर्वामास तथा लक्षण देखिने हुँदा वाणीको आराधना गर्ने उस्तादहरू खुशी भएर वसन्त गीत गाउन तयारी गर्ने तरखरमा हुन्छन् । जयदेवले रचना गरेका वसन्त वर्णनको ‘गीत गोविन्द’ पाठकलाई ‘वसन्त श्रवण’ सम्बोधनले उक्त पाठ संस्कारको रूपमा नेपालका राष्ट्र प्रमुख तथा राष्ट्रपतिलाई सुनाउने परम्परा छ । यसै अवसरमा विभिन्न उस्ताद भार, संगीतकार, गीतकारहरूले वसन्त राग अलाप्ने र आ–आफ्नो कलाको विशेषता देखाउने गर्दछन् । यसको अलावा श्रीपञ्चमीलाई जुनसुकै नयाँ काम थालनीको शुभ दिन मानिन्छ । बालबालिकाहरूको नाक, कान छेड्ने संस्कार पनि यसै दिन गरिन्छ । शिशिर ऋतुको असहनीय जाडो, तुषारो, सिरेटो सहँदै प्रकृति जगतका वनस्पति र मानिसहरू वसन्त ऋतुलाई पर्खिएर बसेका हुन्छन् । यो ऋतुहरूका राजा र मधुमास पनि भनिन्छ ।
प्रकृतिका पुजारी साहित्यकार र कविहरू वसन्त ऋतुको वर्णन गर्न पाउँदा धेरै आनन्दित र प्रफुल्लित हुन्छन् । कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रकवि माधव घिमिरे आदिले आ–आफ्ना कृतिहरूमा वसन्त ऋतुको मुग्ध कण्ठले प्रशंसा गरेका छन् । यी श्रष्टाहरू प्रकृतिका त्यसमा पनि वसन्त ऋतुका अनुपम गायक हुन् । कवि शिरोमणि लेखनाथ पौड्यालको ‘उदायो रसिलो राम्रो ऋतुराज वसन्त यो’ कवितांश त नेपाली साहित्यप्रेमीहरूको जनजिब्रो मै छ । वसन्त पञ्चमीको दिनमा नेपालको ठाउँ ठाउँमा भएका सरस्वती मन्दिरहरू, प्राथमिक विद्यालय, महाविद्यालय, विश्वविद्यालय र पाठशालाहरूमा सरस्वती पूजाको समारोह नै गरिन्छ । खास गरेर विद्यार्थी, शिक्षक, अभिभावक र अन्य सरस्वतीका साधक तथा श्रद्धालुहरू आ–आफ्ना पायक पर्ने सरस्वती मन्दिरहरूमा भेला भई
सरस्वतीदेवीको विशेष पूजा आजा गर्न रमाउँछन् । यसै दिन स–साना बालबालिकाका अभिभावकहरू उनीहरूको हात समातेर मन्दिरका भित्तामा ‘ॐ नमो वागिश्वराय’ लेखेर अक्षराम्भ गराउँदछन् ।
यसै सन्दर्भमा काठमाडौंको पश्चिम दिशामा हरियो वन जंगलले ढाकेको मनोरम थुम्को डाँडामा अवस्थित स्वयम्भू मन्दिरको विशेषता जोड्नाले यो स्थान हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल र आस्था तथा धार्मिक सहिष्णुताको उत्कृष्ट नमुनाको रूपमा चिनिन्छ । तलबाट माथि स्वयम्भू मन्दिर पुग्न लगाइएका ढुंगाका सिँढीहरू, सिँढीमा फलामको बारे, बुद्ध र अन्य देवी देवनताका मूर्तिहरू, गरुड, मयुर, हात्ती, घोडा, सिंहका मूर्तिहरू, बज्र धातु मण्डल, राजा प्रताप मल्लले आफ्नो र रानीको नामबाट निर्माण गरेका निकै राम्रो प्रतापपुर र अनन्तपुर मन्दिर, रञ्जना लिपिमा लेखिएको बुद्ध मन्त्र ‘ओम मणि पद्ये हुम्’ बालबालिका र मन्दिरको संरक्षिकाको रूपमा मानिने हारती माताको मन्दिर, महामञ्जुश्रीको चैत्य अथवा मूर्तिको अगाडि पद्यचन्द्र मण्डल र सो मण्डलमा महामञ्जुश्रीको दुई पाउ, धर्मश्री मित्रका दुई आँखा, आनन्द कुटी विहारमा बुद्धका अस्तु धातु, दक्षिण पश्चिम दिशामा रहेको सरस्वती मन्दिर, समस्त धर्म दर्शनको सार मानिएको १८ अध्याय गीताका संगमरमर ढुंगामा कुँदिएका श्लोकहरू, संगमरमरमा कुँदिएको कृष्णको मूर्ति आदि
स्वयम्भू मन्दिर र त्यस वरपरका आकर्षणहरू
हुन् । बौद्ध धर्मावलम्बीहरू मञ्जुश्रीलाई बोधिसत्वको रूपमा मान्दछन् ।
स्वयम्भूको सरस्वती मन्दिरले चिनिने मञ्जुश्री अंकित महामञ्जुश्री र धर्मश्री भित्रका दुई पाउ र आँखाको महत्त्वको ऐतिहासिक परिचय निकै ज्ञानवद्र्धक, रोचक छ । धर्मश्री
वनारसस्थित विक्रमशील महाविहारका महापण्डित हुन् । पौराणिक ऐतिहासिक कथाअनुसार कुनै एक सिलसिलामा मञ्जुश्रीले रचना गरेका द्वादशाक्षर मन्त्र अ आ इ ई उ ऊ ए ऐ ओ औं अं अः स्वर वर्णको व्याख्या गर्न वा गृहकार्य बुझाउन अलि नसकेको जस्तो अनुभव धर्मश्रीले गरे । उक्त अक्षरहरूकमो विस्तृत व्याख्या जान्न मञ्जुश्रीको पाइला पछ्याउँदै चीन जाने मेसोमा धर्मश्री नेपाल आए । त्यसै बखत उनले श्री स्वयम्भू र मञ्जुश्री स्मृति चैत्यको निरीक्षण र दर्शन गरे । दर्शनपछि सोधखोज गर्दै चीन जाने तय गरे । केही पर बाटोमा उनले एक किसानले अचम्मको चिज सिंह, शार्दुल ऐरावत फिटकिरीको हलो, सुनको लठ्ठी हातमा लिँदै हलो जोतेको चमत्कारको दृश्य देखे । उनै किसानसँग चीन जाने यकिन बाटो सोधे । सोधपुछ गर्दागर्दै दिन ढल्किएर साँझ पर्न लागेको त्यो किसानको सुझावमा धर्मश्रीले त्यो दिनको रात काठमाडौंस्थित विक्रमशील महाबिहारमा बिताए । ऐतिहासिक वर्णनअनुसार रातमा धर्मश्रीलाई राम्रो निन्द्रा लागेन । केही क्षणको तन्द्राको अवस्थामा उनलाई मञ्जुश्रीले आºनी श्रीमती केशिनीदेवीलाई अ आ ई ई उ ऊ ए ऐ ओ औ अं अः द्वादशाक्षरमन्त्र पढाएको अध्ययन गराएको आभाष हुन गयो । अर्थात्, स्वप्र जस्तै भयो । उनले मञ्जुश्री र आºनो द्वादशाक्षर मन्त्र सिकाउने विधि मिल्दोजुल्दो नै भएको ठहर्याए । तर, तन्द्राको अवस्थाको कुरा भएकाले धुरमुर लागेर उनले दिनमा नै मञ्जुश्रीलाई भेटेर द्वादशाक्षर मन्त्रको यकिन निर्णय लिन चाहे । अनि मञ्जुश्रीलाई दिनमा नै भेटेर आºनो सबै कुरा बताए । तर, तत्काल केही नभनिकन आफू बनारस हुँदाको वरवत भेट्न आउन र त्यहिबेला उनलाई सबैकुरा बताइदिन आश्वासन दिए । तर, गुरु मञ्जुश्रीको रूप बराबर परिवर्तन हुने हुँदा गुरुलाई चिन्न ठम्याउन अप्ठ्यारो हुने तर्क धर्मश्रीले गरे । मञ्जुश्रीले आºनो हातमा नीलो कमलको फूल हुने हुँदा त्यसैबाट परिचय ठम्याउन सिकाए । आश्चसनको मर्यादा राखेर धर्मश्री बनारस पुगे ।
कुनै एक दिनको कक्षामा धर्मश्रीले बनारसको विक्रमशील महाबिहारमा चेलाहरूलाई द्वादशाक्षर नाम संगीतको व्याख्या गरिरहँदा फोहोर मैला झुत्रो कपडाको पहिरनमा आºनो गुरु मञ्जुश्रीलाई देखे । त्यस्तो अनुचित् पहिरनको व्यक्तिलाई गुरु सम्बोधन र आदर देखाउँदा अन्य श्रोतागण, व्यक्तिले आपूmलाई हल्का बनाउलान् भन्ने डरले उनले मञ्जुश्रीलाई देखे पनि नदेखे जस्तो गरे । द्वादशाक्षरको कार्यक्रम कक्षा सकिएपछि धर्मश्रीले मञ्जुश्रीलाई अघि नदेखिएको बताउँदै चरणमा ढोगे । झूटा कुरा भनेको हुँदा तत्काल नै धर्मश्रीको दुवै आँखा मञ्जुश्रीको पाउमा खसे ।
चञ्चल मनका कारण झूटो व्यवहारको प्रदर्शन गरेकाले भोग्नुपरेको दुश्परिणाम
स्वरूप आºनो आँखा गुमेपछि कुनै अपशोच र ग्लानि नभएको बताउँदै दूरद्रष्टा तथा महाज्ञानी मञ्जुश्रीको धर्मश्रीले स्तुति बन्दना गरेर क्षमाप्रार्थी भए । उनले सबैका पूज्य मञ्जुश्रीको चरण कमलमा आºनो आँखाले स्थान पाउनु र चरणमा लिन हुनु आºनो सौभाग्य र सन्तुष्टि भएको बताए । आफूले जुन फल पाएँ, त्यो अरूहरूको निमित्त नजिरको रूपमा रहोस् अर्थात् जो कसैले पनि आ–आºना गुरुलाई जस्तोसुकै अवस्थामा भए पनि ढाँट्न अपमान गर्न नहुने कुरा बुझून् भन्ने कुरा उनले स्थापित गर्न चाहे ।
धर्मश्रीको पश्चाताप र ज्ञानको ढोका खुलेको भावनालाई कदर गरेर मञ्जुश्रीले गुरुहरूले देखाउनुपर्ने उदार र उदात्त विचारको हवाला दिँदै गुरुहरूको त्याग, स्वभाव, प्रवृत्तिको उदाहरणार्थ प्रस्तुत भई उनले धर्मश्रीकोलाई ‘अब तिमीले आँखा भएकाले जस्तै ज्ञानको दृष्टिले संसारलाई हेर्न देख्न सक्ने छौ’ भनी आशिष वचन दिए । अनि उनी धर्मश्रीको रूप फेरेर ‘ज्ञानश्री’ नामबाट परिचित भएर गुरुको आज्ञाअनुसार धार्मिक कार्यमा व्यस्त हुँदै संसारको भलो हुनेमा दत्तचित्त रहे ।
संस्कृतिविद्हरू मञ्जुश्रीको गाथा र देनलाई अविस्मरणीय राख्न चीनको एउटा प्रान्तको पञ्चशीर्ष पर्वतमा मञ्जुश्री विहार नामाकरण गरेर त्यहाँ योगाचार्य सम्प्रदायको विकास भएको औंल्याएका छन् । वसन्त ऋतुको आगमनसँगै वौद्धिक शिक्षित वर्गहरूले विद्याकी आराध्यदेवी सरस्वतीको अनुष्ठान गर्ने क्रममा मञ्जुश्रीलाई अति श्रद्धाका साथ संस्मरण गर्दछन् । विद्याको महत्त्व र महिमाको बारेमा जति वर्णन गरे पनि अपूर्ण नै हुन्छ । विद्या अविनाशी धन हो, चेतनाको प्रकाश हो, ज्ञानको ज्योति हो । विद्याविनाको संसार अन्धकारमय हुन्छ र व्यक्ति धर्म विमुख र सुगन्धविहीन हुन्छ । त्यसैले त भनिएको छ
रूप यौवन सम्पन्ना विशाल कुल सम्भवा
विद्याहिना न शोभन्ते निर्गन्धा इव किंशुका ।
अर्थात् रूप र यौवनले सम्पन्न भए पनि, ठूलो कुलमा जन्मिए पनि विद्याहीन मानिस त सुगन्धरहित वासना नभएका पलाँस ९चाप० का फूल जस्तै शोभाहीन हुन्छन् ।
त्यसैले श्रीपञ्चमी तथा सरस्वती पूजाको नैतिकता लगनशीलता र विद्याको महत्त्वलाई अक्षरशः व्यवहारमा उतार्दै राष्ट्रको शान्ति, समुन्नति र सुखद भविष्य निर्माणको लागि अझ बढी सक्रिय भूमिका निर्वाह गर्न राष्ट्राध्यक्ष लगायत हामी सबै कटिबद्ध होऔं ।
BASANT PANCHAMI
Basant Panchami is a day dedicated to 'Saraswati', the 'Goddess of learning'.It falls in the bright fortnight of Magh 21, 2070 (4th February, 2014).
The day is also called as "Shreepanchami". 'Shree' and 'Basanta' are the two words that are significant to the festival. 'Sree' represents beauty and is also another name of 'Saraswati'. 'Basanta' represents spring season and it brings beauty and pleasure to the Earth. The festival is more about welcoming beauty by worshiping the goddess.
on the day of shree panchami students,devotees, go to the main temple at bhelukhel, Bhaktapur, and masage the legs of shraswati image. it is said that she has just returned from long journey from lhasa, and her legs are tired.Guardians take their small children in the temple and they are given some writing chalks in their hands to start the education by writing on the wall of the temple. Devotees believe that if the children are taken to start their education from the saraswati temple they will become a very efficient educated man
Goddess Saraswati has been worshiped since the age of the Vedas. During the Puranic times, the tradition became more established and the Goddess was referred to by various names. Later, a form was conceived where she rides a white swan, plays the veena and adorns a white saree, epitomizing purity.
There have been scriptures where the Goddess has been described as the wife of 'Brahma'. It has been said that she was created by Brahma from his own intuitive powers and so she was his daughter. Vishnu, the preserver of the universe had to have learning and intellect and this need was fulfilled by Goddess Saraswati.
In certain scriptures, she is called as 'Brahmi', 'Bharati', 'Gira', 'Barnamatruka' and so on. In Vedas, she is also referred to as 'Agni' or fire. It is said that she is the source of light and knowledge.
Basant or spring season is called the king of all seasons. During this time, the beauty of nature is on top. Everywhere, the blossoming of flowers brings the rain of colours and aroma. The five elements : earth, water, air, sky and fire are in their tempting forms. Birds and animals, hiding in their houses due to the extreme cold weather, comes out to feel the freshness of air. This season is the arrival of rejuvenation. The yellow flowers of mustard farms brings joy for the farmers.
BASANT PANCHAMI Basant Panchami is a day dedicated to 'Saraswati', the 'Goddess of learning'.It falls in the bright fortnight of Magh 14, 2068 (28th February, 2012). The day is also called as "Shreepanchami". 'Shree' and 'Basanta' are the two words that are significant to the festival. 'Sree' represents beauty and is also another name of 'Saraswati'. 'Basanta' represents spring season and it brings beauty and pleasure to the Earth. The festival is more about welcoming beauty by worshiping the goddess. on the day of shree panchami students,devotees, go to the main temple at bhelukhel, Bhaktapur, and masage the legs of shraswati image. it is said that she has just returned from long journey from lhasa, and her legs are tired.Guardians take their small children in the temple and they are given some writing chalks in their hands to start the education by writing on the wall of the temple. Devotees believe that if the children are taken to start their education from the saraswati temple they will become a very efficient educated man Goddess Saraswati has been worshiped since the age of the Vedas. During the Puranic times, the tradition became more established and the Goddess was referred to by various names. Later, a form was conceived where she rides a white swan, plays the veena and adorns a white saree, epitomizing purity. There have been scriptures where the Goddess has been described as the wife of 'Brahma'. It has been said that she was created by Brahma from his own intuitive powers and so she was his daughter. Vishnu, the preserver of the universe had to have learning and intellect and this need was fulfilled by Goddess Saraswati. In certain scriptures, she is called as 'Brahmi', 'Bharati', 'Gira', 'Barnamatruka' and so on. In Vedas, she is also referred to as 'Agni' or fire. It is said that she is the source of light and knowledge. Basant or spring season is called the king of all seasons. During this time, the beauty of nature is on top. Everywhere, the blossoming of flowers brings the rain of colours and aroma. The five elements : earth, water, air, sky and fire are in their tempting forms. Birds and animals, hiding in their houses due to the extreme cold weather, comes out to feel the freshness of air. This season is the arrival of rejuvenation. The yellow flowers of mustard farms brings joy for the farmers.