Headeradd

Friday, January 31, 2014

सोनाम लोछार आज मनाइँदै



१७ माघ, काठमाडौं । तामाङ समुदायको नयाँ वर्ष २८५० औँ ‘सोनाम लोछार’ आज मनाइँदैछ ।
‘लो’को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो । सो समुदायले सोही पर्वका अवसरमा एकापसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्ने प्रचलन छ । विशेष गरी सो समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् ।
सो पर्वमा शुक्रबार घोडा वर्षलाई स्वागत गरिन्छ । आज रातिसम्म सर्प वर्ष चलिरहेको र त्यसलाई बिदाइ गरिन्छ । उनीहरूले मीठा मीठा खानेकुरा पकाएर खाने, साथीभाइ भेटघाट गर्ने र भोज खाने प्रचलन छ । पानी रोटीमा विभिन्न मरमसला राखी बनाइएको परिकार, गेडागुडीका परिकार, मासु तथा रक्सीलगायत खानेकुरा पनि खाइन्छ ।
मञ्जुश्रीले चन्द्र पात्रोको विकास गरी त्यसलाई धर्मदेशनाका रूपमा बाहिर ल्याउने कार्य गरेको स्मरणमा सो पर्व मनाउने गरिएको जनविश्वास रहेको नेपाल तामाङ घेदुङ्का महासचिव कुमार ब्लोनले जानकारी दिनुभयो । घेदुङ्ले ल्होसारको अवसरमा टुँडिखेलमा अघिल्लो दिनदेखि नै विधिविधानअनुसार विभिन्न पूजा पाठ तथा दीपावली (मलाम) गर्ने र नयाँ वर्षका दिन विभिन्न सांस्कृतिक वेशभूषासहितको र्‍याली निकालेर विशेष कार्यक्रम गरिने छ ।

No comments: