शोधकर्ताहरुका
अनुसार क्याफिन युक्त इनर्जी ड्रिंकबाट मुटुको धड्कनमा असर पर्ने बताइएको छ ।
जर्मनीको बान विश्वविद्यालयको एउटा टीमले यस्ता १७ मानिसहरुको
दिलको धड्कन नापे जसलाई एक घण्टा अगाडि इनर्जी ड्रिंक खुवाइएको थियो ।
अध्ययनबाट पत्ता लाग्यो कि इनर्जी ड्रिंक पिए पछि ती मानिसहरुको
हृदयको संकुचन पहिलेको भन्दा निकै संकुचन भएको पाइयो ।
साइड इफेक्ट
सोधकर्ताहरुको टीमले उत्तरी अमेरिकाको रेडियोलोजिकल सोसाइटिको
वार्षिक वैठकमा कोहि बिरामीबाट दिक्क भएका बच्चाहरु र मानिसहरुले इनर्जी ड्रिंकबाट
बच्नुपर्ने बताए ।
शोधकर्ता डाक्टर योनास डानर्सले बताए, ‘अहिलेसम्म इनर्जी ड्रिंकले
हृदयमा सकारात्मक असर पुर्याउने कुराको बारेमा हामीलाई राम्रोसँग थाहा छैन ।’
उनले भने, ‘कोला र क्याफिनयुक्त दोस्रो पेय पदार्थको तुलनामा
यस्ता इनर्जी ड्रिंकमा क्याफिनको मात्रा तीन गुणासम्म बढी हुन्छ ।’
डाक्टर डार्नरले भने, ‘धेरै मात्रामा क्याफिन सेवन गर्नाले धेरै
किसिमका साइड–इफेक्ट हुने गर्दछ जस्तै मुटुको धड्कन बढ्ने, डर लाग्ने र उच्च रक्तचाप
हुने । धेरैजसो गम्भीर मामलामा यो अचानक मृत्युको लागि पनि जिम्मेवार हुने गरेको पाइएको
छ ।’
शोधकर्ताले शोधमा हिस्सा लिने मानिसहरुलाई १०० मिलिलिटरमा ३२
मिलि ग्राम क्याफिनयुक्त ड्रिंक र १०० मिलिलिटरमा ४०० मिलिग्राम टौरिनयुक्त ड्रिंक
पिउन दिइएको थियो ।
No comments:
Post a Comment