Headeradd

Friday, October 18, 2013

आजदेखि दीपंखा यात्रा


१ कात्तिक, काठमाडौं । आजबाट ललितपुरको नागबहालबाट दीपंखा यात्रा सुरु भएको छ । धार्मिक सहिष्णुताको प्रतीक दीपंखा यात्रा कातिक पूर्णिमा, संक्रान्ति, रेवती नक्षत्र, व्याघात र हर्षण योग एकैदिन परेपछि मात्र निकालिन्छ । पाँचवटा योगको संयोग मिल्दा मात्र निकालिने यो यात्रामा हिंड्नेले सुख, शान्ति र समृद्धिको कामना गर्ने चलन छ ।
Dipakh-Yatra-1ललितपुरको नागबहालस्थित निलथु बोधिसत्वबाट आज विहानैबाट शुरू यो धार्मिक यात्राका क्रममा यात्राको क्रममा करिव ६६ किलोमिटर लामो पैदल यात्रा तय गरिन्छ । ६६ किलोमिटर लामो पैदलयात्रा गरेर यो यात्राले शनिबार विहान लगनखेलको महालक्ष्मीस्थानमा विश्राम लिने छ ।
ललितपुर र काठमाडौंका देवीदेवता, देवालय, शिवालय, मठमन्दिर, बौद्ध, चैत्य र विहारहरुसहित एक सय ३१ वटा बढी स्थानको परिक्रमा गरेर दीपंखा यात्रा टुंगिने दीपंख महायात्रा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर शाक्यले जानकारी दिनुभयो । दीपंखा यात्राका क्रममा चोभार, स्वयम्भु र खास्तीमा विश्राम गर्ने व्यवस्था मिलाइको छ ।
Dipakh-Yatra-3
दीपंख यात्रामा एक पाइला हिंड्दा एक तोला सुन दान गरे बराबरको पून्य मिल्ने जनविश्वास रहेको छ। यात्रामा सहभागी हुने भक्तजनहरूको सुविधालाई ख्याल गर्दै व्यवस्थापन समितिले ठाउँ ठाउँमा विश्रामस्थल, स्वास्थ्य शिविर र सुरक्षाको प्रवन्ध गरेको जनाएको छ ।
Dipakh-Yatra-2
Dipakh-Yatra-4
Dipakh-Yatra-5
Dipakh-Yatra-6
Dipakh-Yatra-7
काठमाडौं - परम्परागत र सांस्कृतिक महत्वको दीपंखा यात्रा आठ वर्षपछि शुक्रबार सुरु हुँदैछ। ललितपुरको नागबहालस्थित निलथु बोधिसत्वबाट शुक्रबार बिहान ३ बजे सुरु हुने यो सामूहिक धार्मिक यात्रा ६६.५५ किलोमिटर दूरी तय गर्दै शनिबार बिहान महालक्ष्मीस्थानमा पुगेर टुंगिने छ। यात्रा क्रममा दसौं हजार सहभागीले ललितपुर र काठमाडौंका १ सय ३१ भन्दा बढी मठमन्दिर र गुम्बा परिक्रमा गर्ने दीपंखा यात्रा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर शाक्यले बताए।
यसअघि २०६२ र २०२४ सालको दीपंखा यात्रामा सहभागी भइसकेका शाक्यले बिहीबार नागरिकसँग भने, 'उतिबेला हामी खेतका आली–आली हिँडेका थियौं, अहिले त्यो बाटो पिचरोड भइसक्यो।'
ललितपुरको नागबहालस्थित हिरण्यवर्ण महाबिहारबाट निस्कने यात्राका सहभागीले क्वालखु, कोन्ती, स्वंथ, मंगः, कोट, टंगःबहाल, तःबहा, लगनखेल, महालक्ष्मीस्थान, नखिपोट, बुंगमति, खोकना, क्वयना हुँदै साढे ७ बजेतिर चोभार पुगेर केही समय आराम गर्नेछन्।
त्यसपछि लोहंगाल, हाँसपोता (झम्सीखेल), पचली, मतुलि, बुद्धवारी, अट्कोनारायण, काठमाडौंको मरु, भीमसेनस्थान, विष्णुमती, खुसिबही, किन्हुबही, सीतापाइला, फेखा, इचंगु, हल्चोक हुँदै यात्राका सहभागी दिउँसो १ बजेतिर स्वयम्भु पुग्ने आयोजकको अनुमान छ।
स्वयम्भुमा केही समय आराम गरेपछि बिजेश्वरी, श्रीघः, अमृत कलेज, सोह्रखुट्टे, म्हेपी, पोरेपा (रानीबारी), लाजिम्पाट, साखोना, नारायणहिटी, नक्साल, टंगाल, टुंडालदेवी, धुम्बाराही, चाबहिल, महांकाल हुँदै साँझ ८ बजेतिर बौद्ध पुग्ने अनुमान छ।
बौद्धमा रात्रिकालीन विश्राम गरी शनिबार बिहान ३ बजेबाट फेरि यात्रा सुरु हुन्छ। यस क्रममा बाग्मती, गुह्यश्वरी, पशुपतिनाथ, देवपाटन (गोल), वनकाली, गुथल्वहं (पिंगलामाई), कोटेश्वर महादेव, कुटीबिहार, सिकबहिल, इकुबहिल, च्यासल, क्वाछेँ (बालकुमारी), दुपाट, लुँखुसी, कनिबहाः, मतिक्व (वटुक) हुँदै ७ बजेतिर महालक्ष्मीस्थान लगनखेलमा पुगेर यात्रा समापन हुने शाक्यले जानकारी दिए।
दीपंखा यात्रा कहिलेदेखि सुरु भयो यकिन मिति थाहा नभए पनि यो परम्परा करिब ९ सय वर्षदेखि चलिआएको मान्यता छ।
संस्कृतिविद् सत्यमोहन जोशी दीपंखा यात्रालाई धार्मिक, आध्यात्मिक र सामाजिक यात्राको बेजोड नमूनाका रूपमा चित्रण गर्छन्। 'गुम्सेर रहेको त्यतिबेलाको समाज मिलेर सामूहिक यात्रामा हिँड्ने यो चलन निकै राम्रो छ,' उनले भने, 'हिन्दु र बौद्ध धर्मावलम्बीको यो सामूहिक यात्राले सामाजिक सद्भाव झल्काउँछ।'
यो यात्राको नेतृत्व निलथु वोधिसत्वका मूलपूजारी प्रवीण बज्राचार्यले गर्छन्। नागबहालस्थित बहरलाई पूजा गरेपछि आफू जात्राको नेतृत्व गर्दै अघि बढ्ने उनले जानकारी दिए। 'यसअघि बुवाले यात्राको नेतृत्व गर्नुहुन्थ्यो,' उनले भने, 'उहाँको मृत्युपछि अहिले म यसको नेतृत्व गर्दैछु।'
दीपंखा यात्रा मनाउन पाँचवटा दुर्लभ योग मिलेको हुनुपर्छ– सौरमासको संक्रान्ति, चन्द्रमासको पूर्णिमा, रेवती नक्षत्र, हर्षण योग र आदित्यवार। यी पाँचवटै अतिदुर्लभ योगहरूको समागमन एकै दिन भएको खण्डमा यो पर्व मनाउने चलन छ। यी योगहरूमध्ये आइतबारबाहेक अरू बार पनि दीपंखा आयोजना गरिएको ऐतिहासिक प्रमाण छ।
यसअघि ३८ वर्षपछि मनाइएको यात्रा यसपटक ८ वर्षपछि भएको हो। यसअघि २०६२ असोज ३१, २०२४ र १९९७ सालमा आयोजना गरिएको थियो।
यात्रा क्रममा दसौं हजार भक्तजन पैदलै यात्रा तय गर्छन्। सहभागीहरूको स्वास्थ्य जाँचका लागि प्रत्येक किलोमिटरमा एउटा पर्नेगरी ६० वटा क्याम्प राखिने व्यवस्थापन समितिका कोषाध्यक्ष दिपकराज शाक्यले बताए। उनले स्वास्थ्य शिविरका अतिरिक्त खानेपानी, खाना तथा जलपान र शौचालयको व्यवस्थासमेत गरिएको जानकारी दिए।
यात्राका लागि २४ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ। दिपकराजका अनुसार यो रकम नगरपालिका, अर्थ मन्त्रालय, विभिन्न वित्तीय संस्था तथा स्थानीयको सहयोगमा जुटाइएको छ।
सहभागी भक्तजनले यात्रा हुनु एक दिनअघि किसली (सुपारीसहित अक्षता) अर्पण गर्ने चलन छ। बिहीबार दिउँसैदेखि नागबाहलस्थित बहर रहेको स्थानमा सर्वसाधारणको घुइँचो लागेको थियो।
दीपंखा यात्राका लागि बाटोघाटोको अवस्था निरीक्षण गरी टोली फर्किसकेको छ। टोलीले प्रिन्ट र डिजिटल नक्सा तयार गरेको छ। यात्रीले हातमा नक्सा लिएर तथा मोबाइल बोक्नेहरूले नक्सा डाउनलोड गरेर आफू पुगेको ठाउँ, मन्दिर र रूटबारे जानकारी लिन सक्ने छ।
यो यात्रामा हिँड्ने भक्तजनले प्रत्येक पाइला बराबर एक तोला सुन दान गरेबराबर पुण्य पाइन्छ भन्ने मान्यता छ। युवाहरू यो यात्रालाई लिएर धेरै उत्साह देखिएको आयोजक सदस्यहरू बताउँछन्।
'यो धार्मिक हाइकिङ हो,' २४ वर्षीय मिकेश शाक्यले भने, 'यात्रालाई लिए रोमाञ्चित छु।' आठ वर्षअघि पनि यात्रामा सहभागी भइसकेका उनले यसपालिको निम्ति यात्रा क्रममा चाहिने औषधि, लत्ताकपडाको जोर्जाम गरिसकेको बताए।
बिबिएस पढ्दै गरेकी रिजु शाक्य आफ्नो मनोकामान पूरा होस् भनेर यात्रा गर्न लागेको सुनाउँछिन्। 'आफन्तसँग लाइन लागेर पैदल हिँड्नुको मज्जा बेग्लै छ,' उनले भनिन्, 'यो यात्राले मेरो जिन्दगीलाई नयाँ गन्तव्य दिने विश्वास छ।'
असनका ४४ वर्षीय पुरुषोत्तम प्रजापति त बैशाखीको भरमा ६६ किलोमिटर लामो यात्रामा सहभागी हुँदै छन्। बाल्यकालदेखि नै उनको दायाँ खुट्टा छोटो छ। तर, यात्रा पूरा गर्ने दृढ अठोट लिएपछि खुट्टाले अवरोध नगर्नेमा उनी ढुक्क छन्। 'यो धर्म र उत्साहको यात्रा हो,' उनले भने, 'म जसरी भए पनि पूरा गरेरै छाड्छु।'

Dipankha Yatra 2070-the world’s largest religious walkathon!
(With the Entire Map of Dipankha Yatra)

Dipankha Yatra is possibly the world’s largest religious walkathon of “Neel Thu” (Blue Horned Oxen) associated with the legends of Dipankar (one of the 14 Buddhas) that takes place only when five auspicious astronomical and astrological features coincide on one day according to the lunar calendar. It is consider as one of the longest journey where the devotees are suppose to travel 60 to 62 km on foot, nearly traveling 25 to 30 hours. The procession is also taken as a symbol of religious tolerance among Hindus and Buddhists where devotees visits 131 temples and monasteries around the Kathmandu Valley. This year its on 18th of October, 2013 as Suarmas Sankranti, Chandramas Purnima, Rewati Nachytra and Harshan Yog fall on the same day. In Nepali, its on 1st of Kartik on Kojagrat Purnima of Dashain.
Dipankha Yatra is also one of the precious walkathon in which devotees are believed to gain dharma of one tola of gold in each foot-step. This means the devotees who joins the precession will get good deeds as he/she has earned 1 tola(11.664 gram) of gold on each foot-step. It is believed to be 900-year-old religious ceremony conducted from Nagbahal.
Bikash Ratna Dhakhwa, secretary-general of Dipankha Yatra Organising Committee said that the organizing committee will be providing facilities of drinking water, first aid, toilet and security at 43 points of the route at press meet held to give information about the yatra.
Moreover, the committee has also launched a free mobile application ‘blue horn’ about the map of the route, 43 points of aid, share and connect with Facebook and Twitter along with other features, as per Manish Shrestha, application developer from Kazi Studios.
He has also requested all the fellow participants not to wear leather shoes and also carry leather items as all devotees need to visit various shrines.
It is a symbol of religious harmony in Nepal dating back to age of Legends of ‘Dipankar’, though its history can be found on records as old as 1902 B.S (1865 A.D) in the holy scripts of Golden Temple, one of the major tourist attractions in Lalitpur.
The Dipankha is organized when five auspicious astronomical and astrological features coincide together on one day.
On 17th october, 2005 also Dipankha Yatra was organized which was occurred after 38 years. In this journey more than 100,000 Buddhist and Hindus had participated with much joy and enthusiasm. On the same year, the next Dipankha Yatra was also declared which was after 8 years and its now.
Those willing to participate in the procession should offer kisili (offering of rice grain, whole beetle nut and coin kept in a small clay vessel) on October 17 to Neel Thu Boddhisavttow at Nagbahal. It is like a kind of registration before going to yatra. And then next day the journey starts as early as 3 AM.

A outline places (map of Dipankha) of the 131 places visited is as follows:

Neel Thu(Nagbahal) -> start
Kumbeshwar
Krishna Mandir (Mangal bazar)
Karya Binayak (Bungamati)
Anandadi Lokeshwor (Chobaha)
Hasapota Ganesh (Jhamsikhel)
Ashok Binayak (Maru)
Ichangu Narayan
Pula Swayambhu (Old swayambhu)
Vayupur
Swayambhu Mahachaitya
Indrayani
Naxal Bhagwati
Khasti Chaitya (Boudhanath) day end
Gujeshwori
Ashok Chaitya (Lagankhel) -> end

The Legend behind the Dipankha Yatra:
The legend behind this religious, cultural and social march tells a story of Lord Shakyamuni in one of his previous births when he was born as a Bull of spotless white colour which seemed to be bluish at sight with a sky like colour horn. The little bull is known in Newar language as “Neel Thusa” (Blue Bull Calf). Though born as a bull in its previous meritorious deeds made him very compassionate, friendly, joyous and always helpful to suffering creatures. As it grew up, it developed a sense of reverence to Lord Buddha for his compassionate teachings and as such, after days wandering in doing good to others he would come to pay homage to Lord Buddha.
Once it so happened that while being engaged in helping suffering creatures, he was late to report to his duty of paying himage to the Buddha and when he was on his way to Lord Dipankara Buddha’s monastery, it was dawn and he hid himself in a nearby place by shining brightly all around the site and some people moving around saw the blue bellng suffering creatures, he was late to report to his duty of paying himage to the Buddha and when he was on his way to Lord Dipankara Buddha’s monastery, it was dawn and he hid himself in a nearby place by shining brightly all around the site and some people moving around saw the blue bell being turned into a stone bull but mysteriously there was a mandala where it was petrified. It was the auspicious day of the full moon of Aswin (September-October). There was a lunar eclipse and the astrological feature was Harshana. Then the local people thinking to be a very sacred religious and auspicious occasion came to worship the blue bull calf.

No comments: