Headeradd

Thursday, September 26, 2013

यू-१६ फुटबलमा बहराइनविरुद्ध नेपालको पहिलो जित


९ असोज, काठमाडौं । राजधानीमा बुधबारबाट सुरु भएको एएफसी यू-१६ छनोट फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा बहराइनलाई गोल अन्तरले पराजित गर्दै नेपालले हारको श्रृखला टारेको छ । यसअघि २००७ मा भएको भेटमा नेपाल ३-२ ले पराजित भएको थियो भने २००९ मा काठमाडौंमा भएको भेटमा नेपाल ५-० को फराकिलो अन्तरले स्तभ्ध भएको थियो ।
एएफसी यू-१६ फुटबलमा नेपालले २००९ मा लेवनानलाई हराएपछिको यो पहिलो जित पनि हो । त्यसपछि भएको ५ खेल नेपालले हारेकेा थियो भने एक खेल बराबरीमा सकिएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले १२ औं मिनेटमा अन्जन विष्टले गोलबाट अग्रता लिएको थियो । लगातार बहराइनलाई दबाजमा राखेको नेपालले पहिलो हावको अन्तिममा अग्रता दोब्बर पार्‍यो । राष्ट्रिय टोलीबाट समेत खेलिसकेका कस्ताव एवं युवा स्ट्राइकर विमल घर्तिमगरको फि्र किकमा अन्जन तामाङले हेडगोल गरे ।
दोस्रो हापमा पनि नेपालले काउन्टरमा केही राम्रो मौका पाएपनि गोल गर्न सकेन । ७२ औं मिनेटमा विलमले राम्रो मौका चुकाएका थिए । खेलको अतिरिक्त समयमा बहराइन १० खेलाडीमा सिमित भयो ।
नेपाली कप्तान विमललाई लडाएपछि मुखमा हात्ता हानेपछि रेफ्रीले हाजिम नासिरलाई रातो कार्ड दिएका थिए । शुक्रबार नेपालले इराकसँग खेल्नेछ । इराकले आफ्नो पहिलो खेलमा तुर्कमिनिस्तानलाई ८-१ ले पराजित गरेको छ ।


अपडेट



उमेर समुहमा एसियाली स्तरको सर्वाधिक ठूलो प्रतियोगिता 'यु -१६ एएफसि च्याम्पियनसिप २०१४ ' को छनोट चरण अन्तर्गत समूह सि को पहिलो खेलमा आज नेपाली युवा टिमले बहराइनको सामना गर्दैछ ।
राजधानीको दशरथ रंगशाला आज साँझ ५ बजे हुने खेलमा प्रतियोगिताकै बलियो मानिएको बहराइनविरुद्ध जित निकाल्दै छनोटको सम्भावना बढाउन मैदानमा उत्रने नेपाली टोलीका प्रशिक्षक बालगोपाल मर्हजनले बताए ।
शारीरिक तथा प्राविधिक रुपमा नेपालभन्दा निकै माथी रहेका बहराइनका खेलाडीविरुद्ध पहिलो जित निकाल्न नेपालका लागि ठूलै चुनौती हुनेछ ।
सिनियर समूहको फिफा बरियतामा १२१ औ स्थानमा रहेको बहराइनले उमेर समूहको खेलमा पनि कडा चुनौती दिदै आएको छ ।
नेपालका प्रशिक्षक बालगोपाल मर्हजन छनोट हुनकै लागि नेपाल मैदान उत्रने बताउँछन्, ‘बहराइनको बलियो पक्षलाई चिर्दै सुरुआती जित निकाल्न हामी मैदान उत्रन्छौ,’ उनले भने ।
यता बहराइनका स्पेनिस प्रशिक्षक डेनियल पोयाटोस उपाधि जित्ने लक्ष्यका साथ नेपाल आएको बताए। ‘हामी एसियाका उत्कृष्ट देशहरुसँग प्रतिष्पर्धा गर्दै छौ, इराक, तुर्कीमिनिस्थान र नेपाल आफैमा बलियो टोली हुन् । तर पनि हामी छनोट हुनेमा ढुक्क छौ ।'
नेपाली टिमबारे प्रशंसा गर्दै उनले भने, 'मैले नेपालको २, ३ वटा खेल हेरेंको छु, नेपाल निकै राम्रो टोली हो सोही अनुसार आफूले बुधबार रणनीति बनाएर मैदानमा उत्रने बताए ।
घरेलु मैदानमा हुने खेलमा फाइनल चरणमा पुग्ने लक्ष्य राखेको बताउँदै नेपाली कप्तान विमल घर्तिमगरले नेपाललाई अन्तिम चरणमा पुर्‍याउनुका साथै उपाधि दिलाउने बताएका छन् ।
घर्तीमगरले टिमको लक्ष्य छनोट नै भएको बताए । उनले भने ‘म पहिलो पटक टिमको नेतृत्वदायी भुमिका समाली रहेको छु मलाई लाग्छ हामीले राम्रो खेल खेलेर नेपाली दर्शक र समर्थकको मन जित्ने छौ ।’
नेपाली टोलीका लागि सिनियर टिममा पनि उत्कृष्ट प्रदर्शन गरेका घर्तिमगर नै नेपाली टिमको अग्रपंक्तिका मुख्य हतियार हुन् ।
प्रतियोगिताको समूह चरण जित्दै अन्तिम चरण खेल्ने लक्ष्य बनाएको नेपालका लागि टिमको तयारीस्वरुप कतार, ताजकीस्थान, र साउदी अरेबीयासँग विभिन्न मैत्रीपूर्ण खेल खेलिसकेको बहराइनको टोलीलाई हराउन नेपाललाई ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ ।
तर, घरेलु मैदानमै साफ यू–१६ को फाइनल खेलेको र घरेलु दर्शकको प्रशस्त साथ पाएको कारण नेपाली टिम पनि उत्साहित छ ।
‘उमेर समूहमा नेपाली खेलाडी पनि कमजोर छैनन् । त्यसैले हामी कसैसँग डराएका छैनौ ।’ नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जन भन्छन् ।
लगातार छनोट चरणको खेल खेल्दै आएको नेपालले सन् २००० र २००६ मा बाहेक अन्य संस्करणमा नेपालको यात्रा छनोटमै टुंगिदै आएको छ । अघिल्ला दुई ब्याचले एएफसी यू-१६ छनोटमा बिर्सनलायक प्रदर्शन गरेको नेपालका लागि सर्वाधिक सफल मानिएको यो टिमको परिक्षा आज हुँदै छ । यही मैदानमा नेपाली युवा टोलीले अघिल्लो महिना भएको साफ यू-१६ च्याम्पियनसिपको फाइनल खेलेको थियो ।
नेपालले प्रतियोगिताको दोस्रो खेलमा इराक र अन्तिम खेलमा तुर्केमिनिस्तानको सामना गर्नेछ । समूह सी मा नेपालसँगै इराक, तुर्किमिनिस्तान र बहराइन छन् ।
छनोटमा १० समूहका विजेतासँगै उपविजेतामध्येका उत्कृष्ट ५ गरी कुल १५ टिमले आयोजक थाइल्यान्डसँगै अर्को वर्ष १६ औं संस्करणको फाइनल चरण खेल्नेछन् । त्यसैले समूह 'सी'मा शीर्ष स्थान वा दोस्रोमा भए पनि उपविजेतामध्येको उत्कृष्ट ५ मा रहँदै फाइनल चरणको टिकट काट्नेछन् ।
दशरथ रङ्गशालामा खेल हेर्न आउने दर्शकले छाता, सिक्का, पानीको बोटल, लाइटरजस्ता वस्तु भित्र लैजान निषेध गरिएको छ। यस्तै भिआइपी प्याराफिटतर्फ रु पाँच सय र साधारण प्याराफिटतर्फ रु दुई सय टिकट दर निर्धारण गरिएको एन्फाले जनाएको छ।
नेपाली टिम
गोलरक्षक : रोमन रसाईली, श्रृजन श्रेष्ठ र प्रवीण श्रेष्ठ
डिफेन्स : आकाश थापा, अनन्त तामाङ, अमित तामाङ, दिनेश राजवंशी, रुपेश तामाङ, छिरिङ गुरुङ, सुदन थापा र गौरब बुढाथोकी
मिडफिल्ड : अनिल राई, किरण सुनार, विकास थापा, रवि भण्डारी, ललित थापा, निशान्त ढुङ्गाना, जनोममान लिगल, हेमन्त थापा मगर
फरवार्ड : विमल घर्तीमगर, अञ्जन बिष्ट,  शिव सुवेदी र सुनिल बल.

No comments: