विश्वकप ट्रफी नेपालमा ल्याइँदै
विश्वकप ट्रफी पहिलोपटक नेपालमा ल्याइने भएको छ । ‘फिफा वल्र्ड कप टुर’ अन्तर्गत आगामी पुस ६ गते विश्वकप ट्रफी नेपालमा ल्याइने निश्चित भएको हो ।
बंगलादेशले ‘दी डेली स्टार’ पत्रिकाको अनलाइन संस्करणका अनुसार ट्रफीलाई बंगलादेशमा तीन दिन राखेर भुटान हुँदै नेपाल ल्याइनेछ । विश्वभर ट्रफी टुरको व्सवस्थापन कोकाकोलाले गर्छ । नेपालमा ट्रफी टुरको व्यवस्थापज गर्ने जिम्मा पाएको कोकाकोलाको आधिकारीक बिक्रेता बोटलर्स नेपालले भने यसको पुष्टि गर्न चाहेन ।
पहिलोपटक नेपालले विश्वकप खेल्ने सपना विसं २०५५ मा देखाइयो । नेपालमा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसीसी ट्रफी १९९८ को समाचार संकलन गर्ने क्रममा नेपाल क्रिकेट संघ क्यानका तल्कालीन अध्यक्ष जयकुमारनाथ शाहले भने, नेपालले अब आउने होइन, त्यसपछिको विश्वकप खेल्नेछ ।

१९९६ मा दक्षिण एसियामै सम्पन्न विश्वकप हेरेर क्रिकेटको नशा चढेको मलाई त्यही विश्वकप खेल्ने यूएई काठमाडौँमा खेलिरहेको देखेपछि नेपालबारे थप आशा पलायो । नेपालले २००४ को विश्वकप छनोट खेल्ने अवसर पाउने चर्चा थियो । दुर्भाग्यवश २००१ को विश्वकप छनोट प्रतियोगितामा चार शीर्ष नेपाली खेलाडीलाई क्यानडाको भिसा दिइएन । प्रतियोगितामा नेपालको प्रदर्शन तारिफयोग्य भयो, दमदार भएन । त्यसपछि क्रिकेट खेल विश्वव्यापी रूपमा व्यावसायिक र फरक ढाँचाको बन्दै गयो.
No comments:
Post a Comment