नेपालको लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दी क्लबले भुटानमा जारी किङ्स कप फुटबलको उपाधि जितेको छ । आइतबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको फाइलनमा घरेलु लिग च्याम्पियन यिद्जिनलाई दुईका विरुद्ध चार गोल गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
समूह चरणको प्रदर्शनलाई दोहोर्याउँदै गोर्खा कप च्याम्पियन मनाङले उपाधिसहित १ लाख ६० हजार रुपैयाँ हात पारेको छ ।
हजारौ घरेलु समर्थकलाई निराश पार्दै १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै मनाङले उपाधि जितेको हो ।
खेलमा चौथो मिनेटमा घरेलु टोली यिद्जिनले अग्रता लिएको थियो । खेलको ३३ औ मिनेटमा विशाल राईको गोलबाट मनाङले खेल बराबरीमा ल्याएको थियो । यस्तै खेलको ७० औ मिनेटमा घरेलु टोलीले खेलमा अग्रता लिएको थियो । त्यसको चार मिनेटपश्चात नै मनाङले खेलमा फेरी पुनरागमन गरेको थियो । त्यसको ६ मिनेटपछि खेलको ८० औ मिनेटमा मनाङले खेलमा ३-२को अग्रता लियो । यस्तै खेलको इन्जुरी समयमा दीपक राईले गोल गर्दै मनाङलाई ४-२को स्पस्ट अग्रतासँगै विजयी भयो ।
मनाङले सेमिफाइनलमा युनाइटेड सिक्किमलाई २-२ को बराबरीपछि अतिरिक्त समयमा ६-२ ले पन्छाउँदै लगातार दोस्रोपल्ट किङ्स कपको फाइनलमा स्थान बनाएको थियो । यिदजीनले सेमिफाइनलमा थ्रीस्टारलाई १ शुन्यले हराएको थियो । पछिल्लोपल्ट सन् २००४ मा भएको फाइनलमा मनाङले थाइल्यान्डको बीईसी टेरो सासानासँग ३-० को हार बेहोरेको थियो.
No comments:
Post a Comment