रत्नपार्कसँगै रहेको रानीपोखरी सबैले देखेका छन् । प्रतिवर्ष भाइटीकाको दिन दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीले त्यहाँभित्र रहेको मन्दिरमा गएर तेल हाल्ने चलन छ ।
प्रताप मल्ल काठमाडौँमा प्रसिद्ध राजा हुन् । उनले काठमाडौँलाई सिगार्न धेरै काम गरेका छन् । उनले राखेका कीर्तिहरुमध्ये रानीपोखरी पनि एउटा हो । यो पोखरी बनाउन लगाई प्रताप मल्लले राख्न लगाएको एउटै बेहोराको शिलालेख तीन ठाउँमा भेटिएको छन् । वीर अस्पतालको क्याम्पसभित्रको पूर्वतिरको पर्खालनिरको शिलालेख, राष्टिय नाचघरको ढोकाको भित्तामा टाँसिएको शिलालेख र सतोदरबारभित्रको शिलालेख गरी तीन ठाउँमा भेटिएका शिलालेख एकै
बेहोराका छन् । सुरुमा कालिकालाई नमस्कार र
राजाको प्रशस्ति संस्कृति भाषामा, अन्समा यस कीर्तिको नाश गरे पाल
लाग्ला, रक्षा गरे पुण्य होला भन्ने कुरा र मिति नेवारी भाषामा दिइएको छ ।
यसबाहेक सम्पूर्ण यो शिलालेख नेपाली भाषामा छ । यताबाट मल्लकालमा काठमाडौँमा नेपाली भाषाको प्रयोग राम्ररी हुन्थ्यो र प्राचीनकालदेखि विशाल रुपमा रहेको नेपाल टुक्रँदै गए पनि एक
ढको एकताको सन्देश कताकता प्रवाहित भइरहेको थियो भनेर बुझ्न सकिन्छ ।
दिवङ्गत छोरा चक्रवर्तेन्द्र मल्लको पुण्यवृद्धिको लागि वि.सं. १७२७ मा प्रताप मल्लले रानीपोखरी बनाउन लगाएका हुन् ।
चक्रवर्तेन्द्र मल्ल प्रताप मल्लका मन परेका छोरा हुन्। उनी कडा बिरामी हुँदा प्रताप मल्लले उनलाई
राजा घोषणा गरी उनको नाममा टकसमेत छापिदिएका थिए चक्रवर्तेन्द्र मल्लको मृत्यु वि.सं. १७२६ मा भयो ।
उनको मृतयु भएपछि प्रताप
मल्लको मनमा ज्यादै चोट पर्यो । आफ्नो चोटलाई शान्त गर्न र दिवंगत छोराको उद्धार होस् भनी प्रताप मल्लले चक्रवर्तेन्द्रको नाममा पोखरी बनाउन
लगाए । आफूले शास्त्र हेर्दा यस्तो काम गरे पुण्य हुने हुनाले मैले यो काम गरेको हुँ भनी प्रताप मल्लले शिलालेखमा लेखाएका छन् । चक्रवर्तेन्द्र मल्लको नामले
बनाएको यसपोखरीमा गङ्गा आदि तीर्थको जल राखिएको छ भनी यहाँ लेखिएको छ । वाराणसी,
वैद्यनाथ, गङ्गासागर, मुक्तिक्षेत्र, सरयू, सप्तकाशी, सप्तगण्डकी, बरहाक्षेत्र
आदिको जल यस पोखरीमा राखिएको कुरा यस शिलालेखमा परेको छ ।
यसको साथै काठमाडौँ वरपरका शङ्कमूल, रौदह,
गोकर्ण, टेकुदोभान आदिको जल ल्याएर यहाँ राखिएको बयान परेको छ। बाग्वतीको जल १०६४१ भारी, गोसाईँकुण्डको जल ६३ भारी यस पोखरीमा हालिएको छ भनेर
पनि शिलालेखमा लेखिएको छ । प्रताप मल्ल आफू स्वयं लेखपढ गर्ने स्वभावका थिए। यसैले उनले शास्त्र पल्टाई हेर्दा पोखरी बनाएका खण्डमा असङ्ख्य
पुण्य होला भन्ने उनलाई लाग्यो र नेपालका प्रसिद्ध तीर्थहरुको साथै भारतका केही प्रसिद्ध तीर्थहरुको जल
ल्याई पोखरी बनाउन लगाए ।
यसरी यो पोखरी बनाउन प्रताप मल्लले प्रशस्त परिश्रम गरेको तथा धेरै खर्च गरेको देखिन्छ । यस पोखरीमा देवतर्पण पितृतर्पण गर्यो भने यस
शिलालेखमा लेखिएका तीर्थहरुमा स्नान गरेको फल मिल्छ भनेर पनि प्रताप मल्लले लेखिएका छन् ।
चक्रवर्तेन्द्र मल्लको नामले
बनाइएको पोखरी भनी शिलालेखमा लेखिएको यस पोखरीको नाउँ शुरुमा रानीपोखरी थिएन ।
नयाँ बनेको हुनाले न्हुःपुखु अर्थात्नयाँ पोखरी नामले यो पोखरी प्रसिद्ध भयो । अहिलेसम्म पनि नेवारी भाषामा रानीपोखरीलाई
न्हुःपुखु भन्ने चलन चलेर आइरहेको कुरा यस प्रसङ्गमा स्मरणीय छ । त्यसबेला काठमाडौँ शहरभन्दा ठ्याक्कै बाहिर यो पोखरी पर्दथ्यो । त्यसैले
बाहिरबाट आएका राजाहरुलाई त्यही पोखरीमा गई स्वागत
गरी हनुमानढोका दरबारमा ल्याई राखिन्थ्यो । वि.सं. १७४८ मा विजयपुरका राजा विधाताइन्द्र सेन
काठमाडौँमा आउँदा काठमाडौँका राजा भूपालेन्द्र मल्ल न्हुःपुखुमा स्वागत गर्न
गए भनी तात्कालिक ठयासफुमा लेखिएको छ । यी भूपालेन्द्र मल्ल प्रताप मल्लका नाति, पार्थिवेन्द्र
मल्लका छोरा हुन् । यिनै
भूपालेन्द्रकी रानी भुवनलक्ष्मीले यस पोखरीको जीर्णोद्वार गष्रेपछि यो पोखरी रानीपोखरीको नामले पनि पुकारिन थाल्यो र क्रमशः यो नाम प्रसिद्ध हुँदै पनि गयो ।
पोखरीको जग्गा मिचिँदै गएको र पोखरीमा हामफालेर आत्महत्या गर्ने
क्रम पनि बढ्दै गएकोले श्री ३ जुद्धशमशेरको शासनकालमा रानीपोखरीको चारैतिर बार लगाइयो । रानीपोखरीमा रहेको ढुङ्गे
हात्ती पनि प्रताप मल्लले नै राखेका हुन्। त्यस हात्तीमा ३ जना मानिस देखिन्छन् । हात्तीमा चढेका ३ जना क्रमशः प्रताप मल्ल, चक्रवर्तेन्द्र मल्ल र महीपतेन्द्र मल्ल हुन् भन्ने
कुरा हात्तीको घाँटीमा कुँदिएको अभिलेखबाट थाहा हुन्छ । चक्रवर्तेन्द्र
प्रताप मल्लका छोरा हुन् भन्ने कुरा माथि परिसकेको छ, त्यसै गरी महपतेन्द्र पनि प्रताप मल्लका छोरा हुन् ।
पोखरीको बीचमा यमलेश्वर
महादेवको मन्दिर बनाई त्यस मन्दिरमा जाने पुल पनि प्रताप मल्लले बनाउन लाएका हुन् । यस मन्दिरको उत्तरपट्ट िरहेको नारायण मूर्तिको वि.सं. १७२६ माघको अभिलेखमा काशी छोडेर विश्वनाथ यहाँ बस्न आएका छन् भनी प्रताप मल्लले लेखाएका छन् ।
वि.सं. १७२६ माघको प्रताप मल्लको शिलालेखमा यही कुरालाई लक्ष्य गरेर विश्वनाथ काशीबाट यहाँ आए भनी लेखिएको हो । नेपालीहरु धर्मकर्म गर्न, पढ्न काशी गइरहन्थे ।
काशी जाँदा विश्व नाथको दर्शन गर्ने कुरा पनि उनीहरुको कार्यक्रममा पथ्र्यो
। विश्वनाथ मन्दिर भत्काइएको खबरले खलबली मच्चिनु स्वभाविक थियो । तात्कालिक घटनावलीमा नेवारी भाषामा यो घटना
टिपिएबाट पनि यो स्पष्ट हुन्छ । यसको ८ वर्षपछि वि.सं. १७३४ मा ललितपुर
मङ्गलबजारमा पाटनका चौतारा (मुख्यमन्त्री) भगीरथ भैयाले । विश्वेश्वर
मन्दिरको स्थापना गरी भयङ्कर यवनदेखि उद्विग्न भएका विश्वनाथ काशीबाट यहाँ आए भनी शिलापत्रमा लेखाएको कुरा यस प्रसङ्गमा स्मरणीय छ ।
No comments:
Post a Comment