Headeradd

Wednesday, July 24, 2013

तलब माग्दा मुक्का प्रहार।

एभिन्युज टेलिभिजनका एक पत्रकारमाथि समाचार कक्षमै हातपात भएको छ । पत्रकार ....... ढुंगानालाई टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले समाचार कक्षभित्रै कुटपिट गरेको एभिन्युजका कर्मचारीले बताएका छन् ।
‘तलबको कुरा गर्ने यही हैन भन्दै एक मुक्का हान्नुभयो’, प्रत्यक्षदर्शी एक पत्रकारले भने, ‘हामी सबै समाचारकै तयारीमा थियौँ ।’ घटनापछि न्युजरुम दिनभर आतंकित बनेको थियो ।
टेलिभिजनमा कार्यरत दुई महिला पत्रकारबीच फेसबुकमा भएको भनाभनको विषयलाई लिएर क्यामेरा पर्सन तथा रिपोर्टर ______ शाहलाई एभिन्युज व्यवस्थापनले बर्खास्त गरेपछि आक्रोशित पत्रकारले ‘तलब पनि नदिने र पत्रकारलाई अन्यायपूर्ण तरिकाले निष्कासन गर्ने’ भन्दै बिरोध जनाएका थिए ।
बिरोधको नेतृत्व पत्रकार ढुंगानाले गरेका थिए । व्यवस्थापनले ढुंगानालाई निलम्बित गरेको छ ।
पत्रकार _________ कँडेल र शाहबीच फेसबुकमा चर्केको व्यक्तिगत विवाद व्यवस्थापनसम्म पुगेपछि व्यवस्थापनले शाहसँग स्पष्टीकरण मागेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई व्यवस्थापनले बर्खास्त गरेपनि पत्रकारहरुले भने उनीमाथि अन्याय गरिएको बताएका छन् ।
पत्रकारको बिरोधबाट अत्तालिएर व्यवस्थापन हातपातमा उत्रिएको एक पत्रकारले बताए । ‘यहाँ राजनीति चल्दैन । दादागिरी देखाउने सबैलाई तह लगाइन्छ’, एक पत्रकारले राजकर्णिकारको भनाई उद्धृत गरे ।
एभिन्युज टिभीका अधिकांश पत्रकारले एक वर्षदेखि तलब पाएका छैनन् । ‘व्यवस्थापनले ल्याएकाहरुलाई पहिल्यै पेश्की दिइन्छ । प्रतिष्पर्धाबाट आउने हामी तलब नपाएर हैरान’, एभिन्युजका एक पत्रकारले भने ।
एभिन्युज टिभीका कार्यकारी अध्यक्ष राजकर्णिकार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत हुन् 


No comments: