"पृथ्वीनारायण शाहले आजैको दिन कब्जा गरेका थिए काठमाडौं"
काठमाडौं, असोज २–आज इन्द्रजात्राको तेस्रो दिन । काठमाडौंका नेवार समुदायले ८ दिनसम्म धुमधामका साथ मनाउने इन्द्रजात्राअन्तरगत आजको दिनलाई विशेष महत्वका साथ लिइन्छ । आज काठमाडौंको हनुमानढोकामा जिवितदेविको रुपमा मानिने कुमारीको रथजात्रा हुँदैछ ।
हरेक वर्षको भदौ शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार परिसरमा इन्द्रध्वजा फहराएपछि सुरु हुने साताब्यापि इन्द्रजात्राअन्तरगत आज कुमारी जात्रा मनाउन लागेको हो ।
अपरान्ह हनुमान ढोकामा हुने रथजात्रामा राष्ट्रपति रामवरण यादव सहभागि हुने जात्रा ब्यवस्थापन समितिले जनाएको छ । कुमारीका साथै आज गणेश र भैरवको पनि रथ यात्रा गरिदै छ । कुमारीजात्रा अन्तिम मल्लराजा जयप्रकाश मल्लको पालोदेखि सुरु भएको मानिन्छ ।
सरकारले इन्द्रजात्राको मुख्य दिन आज उपत्यकामा सार्वजानिक बिदा दिएको छ ।
यसैबीच शाह बंशीय गोरखाका राजा पृथ्बीनारायणले आजैको दिन काठमाडौं कब्जा गरी विशाल नेपाल बनाउन सफल भएका थिए । काठमाडौं कब्जा गर्न पटक–पटक असफल भएका उनले विसं १८२५ अर्थात आजैको दिन इन्द्रजात्राको अवसर पारी झुक्याएर हनुमान ढोका दरबार कब्वा गरेका थिए । त्यतिबेला काठमाडौंमा राजा जयप्रकाश मल्ल थिए ।
काठमाडौं कब्जा गरेपछि आफैं राजा बनेर पृथ्वी नारायणले इन्द्रजात्रा मनाएका थिए । त्यसयता आजको दिन राष्ट्रप्रमुखको हैसियतले राजाले इन्द्रजात्राको अध्यक्षता गर्दै आएका थिए । तर, देशमा २ सय ५० वर्षीय शाह बंशीय राजतन्त्रको अन्त्य भएपछि यसको नेतृत्व राष्ट्राध्यक्षको हैसियतले राष्ट्रपतिले गर्दै आएका छन् ।

No comments:
Post a Comment