
आगामी भदौ १६ देखि २६ सम्म राजधानीमा हुने साफ च्याम्पियनसिपमा नेपाल र भारत एउटै समूहमा परेका छन्।
मंगलबार राजधानीमा गरिएको ड्रमा नेपालसहित भारत, पाकिस्तान र बंगलादेश समूह एमा छन्। यस्तै अफगानिस्तान, माल्दिभ्स, भुटान र श्रीलंका समूह बीमा परेका छन्।
भारत च्याम्पियनसिपको अघिल्लो संस्करणकेा विजेता हो भने अफगानीस्तान अघिल्लो उपबिजेता हो ।
डिफेन्डिङ च्याम्पियनकै ग्रुपमा परेको नेपालका लागि समूह चरणको खेल कठिन हुनेछ ।
ड्र कार्यक्रममा दक्षिण एसियाली फुटबल एसोसिएसन अध्यक्ष काजी सलाउद्दिन, राष्ट्रिय खेलकुद परिषद् अध्यक्ष युवराज लामा र अखिल नेपाल फुटबल संघ अध्यक्ष गणेश थापालगायतको उपस्थिति थियो ।
यसैबीच नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ । हेर्नुहोस् खेल तालिका यस्तो छ ।

No comments:
Post a Comment