२९ फागुन, काठमाडौं । विश्वको उत्कृष्ट ६ ट्रेकिङ रुटमा नेपालको सगरमाथा वेस क्याम्प क्षेत्र परेको छ । बेलायती पत्रिका डेलिमेल र वल्र्ड एक्सपिडिसन्सले संयुक्तरुपमा सार्वजनिक गरेको विश्वको उत्कृष्ट ६ ट्रेकिङ रुटको सूचीको पहिलो नम्बरमा सगरमाथा बेश क्याम्प र कालापत्थर परेको छ ।
सगरमाथा वेस क्याम्प र कालापत्थरको यात्राका लागि १८ दिन लाग्ने भन्दै डेलिमेलले लेखेको छ-’परम्परागत शेर्पा गाउँको यो पौराणिक ट्रेक सर्वोच्च शिखर सगरमाथाको आधार शिविर र कालापत्थर हेर्न लायक छ ।’ संसारकै सवैभन्दा चर्चित यो ट्रेकिङ रुटमा बर्षमा हजारौं पर्यटक पुग्छन् ।
सिजनका बेला ब्यस्त हुने भन्दै पत्रिकाले सगरमाथा आधारक्षेत्रकै गोक्यो ताल क्षेत्रलाई बैकल्पिक पदयात्राको उपयुक्त मार्गका रुपमा सिफारिस गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्ने यो ताल क्षेत्रमा १७ दिनको ट्रेकिङ गर्न सकिने र सगरमाथासहित ल्होत्से, मनास्लु लगायतका धेरै उच्च शिखरलाई आँखै अगाडी हेर्न सकिने बताएको छ ।
सूचीमा अफ्रिकाको हाइल्याण्ड अप इथियोपिया, अमेरिकाको जोन मुइर ट्रेल, पेरुको हृवाइवास सर्किट, अष्ट्रेलियाको बंगल बुंगलेस पिकलिजी गोर्ज ट्रेक र स्विट्जरल्याण्डको बर्जिज ओवरल्याण्ड परेका छन् ।
सगरमाथा वेस क्याम्प र कालापत्थर, यात्रा १८ दिन

गोक्यो लेक, यात्रा १७ दिन

हाइल्याण्ड अप इथियोपिया, यात्रा १७ दिन

जोन मुइर ट्रेल, यात्रा १२ दिन


हृवाइवास सर्किट, यात्रा १९ दिन


बंगल बुंगलेस पिकलिजी गोर्ज ट्रेक, यात्रा ५ दिन


बर्जिज ओवरल्याण्ड, ८ दिन


No comments:
Post a Comment