
–पाना रङ रातो हुन्छ । यो वसन्त ऋतुको प्रतिक हो ।
–चिडि रङ कालो हुन्छ । यो ग्रीष्म ऋतुको प्रतिक हो ।
–ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिक हो ।
–भोटे (सुरज) रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिक हो ।
अर्थाथ –तासको चार वटा चिन्ह वर्षका चार ऋतुहरु वसन्त्, ग्रीष्म्, शरद्, शित का प्रतिक हुन ।
एक पत्ती तासले एक हप्ता जनाउँछ । एउटा चिन्ह भएको तासको १३ वटा पत्तीहरु हुन्छन । एक ऋतुमा तीन महिना अर्थाथ १३ हप्ता हुन्छ । तासको चार वटा चिन्ह पाना, चिडि, ईटा, भोटे र सबै पत्ती गन्दा अर्थाथ एक गड्डि मा तास गन्दा ५२ पत्ती हुन्छ र एक वर्षमा ५२ हप्ता हुन्छ । एक्का देखी बादशाह सम्मको १३ वटा पत्तिको दुबै फुट्टी गन्द ९१ हुन्छ । १३ हप्तामा ९१ दिन हुन्छ । १३ चौको बाउन्न हप्तामा ९१ चौको ३६४ दिन भयो । ५२ हप्ताको १ वर्ष र १ वर्षमा ५२ साता ३६४ दिन हुन्छ । ५२ पत्ती तासमा जम्मा २ वटा जोकरहरु हुन्छ । ति जोकरहरु जतापनी मिल्छन । माथी भने अनुसार ५२ हप्ताको ३६४ दिन भयो । एक वर्षमा ३६५ पुप्याउँनु जुन हप्तामा वा जुन महिनामा १ दिन थप्नु पर्छ त्यो थप्ने काम एउटा जोकरले गर्छ । अधिक वर्ष मा ३६६ दिन हुन्छ । प्रयोग हुन बाँकी रहेको एउटा थप जोकरा अधिक वर्षको लागी हो ।
एकिनसाथ तिथि–मिती भन्न नसके पनि तासको आविस्कर धेरै पहिले चिनमा भएको थियो भन्ने भनाइ छ । के भनिन्छ भने, त्यसबेला चिनको वादशाहका धेरैवटी रानिहरु हुनेगर्थे , अरे । उनिहरुलाई दरबारको खोपी वाट वाहिर निस्कन दिदैँन थियो । अनि ति रानिहरुले दिन्, महिना ऋतु, चालपाउन क्यालेन्डरको रुपमा तासलाई प्रयोग गर्थे । अहिले हामी तासको जुन रुप देख्छौ त्यो चाहिँ धेरै समय बिताई धेरै देश बिदेश डुली बनेको परिमार्जित रुप हो ।
No comments:
Post a Comment