नेपाल क्रिकेट टोली आगामी वर्ष बंगलादेशमा हुने विश्वकप ट्वान्टी–२० क्रिकेटका लागि छनोट भएको छ । युएईमा भएको पहिलो क्वार्टर फाइनलमा हङकङ्गलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट हुँदै इतिहास रचेको हो । टस हारेर पहिला ब्याटिङ गरेर हङकङ्ले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले अन्तिम बलमा ५ विकेट गुमाएर भेट्टाएको थियो । अन्तिम ६ बलमा १३ रन चाहिएको अवस्थामा शरद भेषवाकरले नटआउट १३ रन जोडेपछि नेपालले बंगलादेशको यात्रा तय गरेको हो ।







No comments:
Post a Comment