भ्राद्र शुक्ल चौथी लाई 'चथा' भनिन्छ, र 'चथा द्यो' भनेको 'चौथी तिथिका देवता' भन्ने अर्थ लाग्छ, अर्थात त्यो भनेको श्री गणेश नै हुन। तर जन मानस मा यस्को गलत ढङ्ग ले अर्थ खोज्ने काम हुँदैछ। चथा द्यो लाई 'चोर देवता' को रूप मा चित्रण गर्ने प्रयास अचेल हुँदैछ।'वास्तव मा यस्तो उस्तो' भनी खूब चर्चा त गर्नु भयो, तर लेख पूर्णतया सतही लाग्यो। त्यस्मा लेखिएको ईन्द्र आएर फूल चोर्न आउने प्रसङ्ग, चथा सङ्ग सम्बधित होइन। त्यो ईन्द्र जात्रा मा पुलु किसी नचाउने कुरा सँग सम्बन्धित कथा थियो, अझ भनौ, ईन्द्र आएर पारीजात तिप्न आउने सङ्ग सम्बन्धित थियो, कसरी चथा सँग जोडेर हेर्न मिल्छ? हुन सक्छ, कतै कतै यस्तै कथा पनि जनमानसमा प्रचलित भैइदियो होला। तर चथामा दोश लाग्ने भनेको, झूठो दोष लाग्ने कुरा लाई इङ्कित गर्दछ। चन्द्रमा लाई श्राप छ कि, यो दिन कसैले उस्लाई हेर्दछ भने उस्लाई झूठो दोष लाग्ने छ। चाहे त्यो चोरि को दोष पनि हुन सक्दछ, अथवा अन्य कुनै झूठो दोष पनि, वा कलंकित हुनुपर्ने अवस्था को श्रीजना गर्ने हुनसक्दछ।
पौराणिक कथन अनुसार चन्द्रमा को रूप सम्बधित अहंकार ले गर्दा उनी श्रापीत भए, तर क्षमा याचना पश्चात बर्षमा एक दिन मात्रा सो दोशले नछोड्ने गरी माफि दिये अनुसार यस् दिन उनलाई हेरिदैन। भगवान कृष्णले पनि सो दिन चन्द्रमा हेर्न पुग्दा उनलाई 'स्यमन्तक मणी' चोर् को दोश लागेको प्रशङ्ग हामीले सुनी आएकै छौं। महाभारत खिलभाग हरिबंश पर्व अष्टत्रिंशोध्याय मा कृष्ण लाई जुन मिथ्या कलंक लागेको र आफुलाई निर्दोश सिद्ध गरेको प्रसँग जस्ले पाठ गर्छ, उस्लाई झुठो दोष लाग्दैन, भनी बर्णन गरिएको पनि छ्। त्यस्तै त्यस्तै श्रीमद भागवत दसौ स्कन्ध र गर्ग संहिता मा पनि कृष्ण लाई 'स्यमन्तक मणी' चोर् को झूठो दोष लागेको कथा छ।
एक पटक आफ्नो रूपको अभिमान ले मस्त चन्द्रमा ले श्री गणेश जस्तो ठुलो शरीर लाई पिथ्युमा धारण् गरी हिंडेको सानो मुसो लाई देखेर गिज्याउन थाल्यो। सो कुरा सहन् गर्न नसकी गणेश जि ले चन्द्रमा लाई श्रापित गर्नु भयो कि, "तिमी के आफ्नो रूप को घमण्ड गर्छौ? तिम्रो चमक भनेको सुर्यमा आश्रीत छ। जुन चमक तिम्रो आफ्नो नै होइन, त्यस्तो झूठो रूप को घमण्ड भएको चन्द्रमा! तिम्रो चमक को स्रोत सुर्य बाट प्रकाश तिमीमा नपरोस। " क्षीण चन्द्रमा रोइ कराइ गरी माफि मागे पछी, गणेश जि ले आफ्नो श्राप फिर्ता लिन नमिल्ने, तर श्रापको मात्रा कम गरी अंश को रूपमा बर्षमा एक दिन, अर्थात श्री गणेश जि को आफ्नै जन्मदिन भाद्र शुक्ल चतुर्थी का दिन कसैले चन्द्र को रूप नहेरोस्, यदी हेरेमा झूठो दोष, मिथ्या आरोप लाग्ने छ, र जगतले चन्द्रमा को यस्तो झूठो अभिमान लाई सधैं याद गर्नेछ, भनी बताये। त्यसकारण त्यो आरोप भागवान कृष्ण लाई जस्तो चोरि को पनि हुनसक्दछ, वा अन्य किसिमका पनि हुन सक्दछ। तसर्थ यस् दिन चन्द्रमा हेरिदैन। घरमा कतै झ्याल बाट पो लुसुक्क चन्द्रमा देखिएला कि भनी पर्दाहरु राखिन्छ। रात को समय मान्छे हरु बाहिर निस्किदैनन, ताकी चन्द्रमा देख्नु नपरोस।
भ्राद्र शुक्ल चतुर्थी लाई 'चथा' भनिन्छ, र 'चथा द्यो' भनेको 'चौथी तिथिका देवता' भन्ने अर्थ लाग्छ, अर्थात त्यो भनेको श्री गणेश नै हुन। यस् दिन नेपाल भारत मलेसिया थाइल्यान्ड लगायत गणेश मान्ने समुदायहरु बिच ठुलो उत्सब नै हुन्छ। नेवार समुदाय मा प्रचलित "चथा द्यो थें लुसुक्क वल" भन्ने भनाइ त नजानेका, नबुझेकाहरुले प्रचलनमा ल्याएको 'उक्ती' हो। गणेशजी को जन्मोत्सव भन्ने थाहा नभएकाहरु तर आफ्नो बाल्य काल देखी चथा को बेला कमसेकम चन्द्रमा लाई हेर्नु हुँदैन भन्ने थाहा पाएका हरु ले यसो भन्ने गरेका हुन। यो दिन मा अन्जान मा थाहै नपाई कतै न् कतै बाट चन्द्रमा जसरी लुसुक्क देखापर्छ, जस्तै झ्याल को पर्दा को प्वाल बाट, छाना को 'भौचा प्वा' चिम्नी बाट कतै एइना वा पानी मा पराबर्तित छबी आदी बाट देखिएको चन्द्रमा बाट पनि जुन दोष लाग्छ, त्यही कुरा लाई जोडेर यस्तो भनिएको हो। र जसले यो दिन चन्द्रमा लाई कमल को पात मा राखी पूजा गर्छन्, तिनिहरु को पूजा को ध्येय 'चन्द्र श्राप मोचन' अर्थात चन्द्रमा को श्राप नाश भैइदियोस भन्ने हेतु ले हुनु पर्दछ। तर यस् दिनमा बिशेष पूजा गणेश को नै हुने गर्दछ। जसरी दसैं मा आफ्नो कुल को 'दशै घर' गोप्य राखी आ-आफ्नो कुल परम्परा अनुसार ले पूजा गरिन्छ, यो पूजा पनी त्यसरी नै गर्ने चलन छ। यो दिन जसरी राम्रो तरिकाले मनाइयो, दसैं पनि उस्तै हुने मान्यता छ। यस् ऋतु मा फल्ने फल्फूल,तर्कारी, बस्पती (आरु को बिँया भित्र को गेडा) र अरु मकै भटमास् सँगइ समय् बजी सहित् गणेशको रात्री पूजा हुन्छ।
कदम-कदाचित यस् साँझ चन्द्रमा देखिएमा तलको मन्त्र ले शोधन गरिएको जल ग्रहण गरेमा दोष शान्त हुनेछ भन्ने पौराणिक बचन छ।
सिंह:प्रसेनमवधित् सिंहो जाम्बबता हत:
सुकुमारक मा रोदीस्तव ह्येष श्यमन्तक
सिंह ले प्रसेन लाई मार्यो, सिंहलाई जाम्बबत ले
हे सुकुमार ! नरोउ, अब यो श्यामंतक अब तिर्मै भयो।
(ब्रह्मवैबर्त पुराण, अ।।७८।। )
कदम-कदाचित यस् साँझ चन्द्रमा देखिएमा तलको मन्त्र ले शोधन गरिएको जल ग्रहण गरेमा दोष शान्त हुनेछ भन्ने पौराणिक बचन छ।
सिंह:प्रसेनमवधित् सिंहो जाम्बबता हत:
सुकुमारक मा रोदीस्तव ह्येष श्यमन्तक
सिंह ले प्रसेन लाई मार्यो, सिंहलाई जाम्बबत ले
हे सुकुमार ! नरोउ, अब यो श्यामंतक अब तिर्मै भयो।
(ब्रह्मवैबर्त पुराण, अ।।७८।। )

भ्राद्र शुक्ल चौथी लाई 'चथा' भनिन्छ, र 'चथा द्यो' भनेको 'चौथी तिथिका देवता' भन्ने अर्थ लाग्छ, अर्थात त्यो भनेको श्री गणेश नै हुन। तर जन मानस मा यस्को गलत ढङ्ग ले अर्थ खोज्ने काम हुँदैछ। चथा द्यो लाई 'चोर देवता' को रूप मा चित्रण गर्ने प्रयास अचेल हुँदैछ।
No comments:
Post a Comment