अमेरिकी वायु सेना एयर फोर्सको विमान बिहीबार त्रिभुवन विमानस्थलमा अचानक अवतरण गरेको छ । विमानस्थलमा २ बजेर २० मिनेट जाँदा अवतरण गरेको विमान ५ बजेर १० मिनेटमा फर्केको थियो ।
विमानले अमेरिकी दुतावासको सामान लिएर आएको बताइएपनि के सामान भन्ने खुलाइएको छैन । नेपालमा संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा अकाश्मात अमेरिकी विमानबाट शंकास्पद बस्तु भित्र्याइएको हो । विमानबाट झिकिएका केही समान एउटा पिकप र एउटा कारमा राखेर बाहिर निकालिएको विमानस्थल स्रोतले जनाएको छ । त्यति थोरै सामानका लागि अमेरिकी एअर फोर्सको त्यत्रो विमानै आउनु आश्चर्यजनक भएको विमानस्थल स्रोतले प्रतिक्रिया दियो ।
नेपाली सेनाले पूर्व सूचनाका आधारमा सो बिमान यहाँ आएको बताएको छ । नेपाली सेनाका प्रवक्ता जनदिशचन्द्र पोखलेलले परराष्ट्र र रक्षा मन्त्रालय हुँदै सेनामा पनि यसबारे जानकारी आएको दाबी गरे । अनुसार विमान भारतको राजधानी नयाँदिल्ली हुँदै काठमाडौं आएको थियो ।
विमानले नयाँदिल्लीस्थित अमेरिकी दूताबासमा पनि केहि सामान झारेको बताइएको छ ।

No comments:
Post a Comment