

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानले १४ औं मिनेटमा अग्रता लिएको थियो । हसन वसिरले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएका हुन् । पहिलो गोलपछि लगातार नेपाललाई दबावमा राखेको पाकिस्तानले केही मौका गुमाएको थियो ।
रंगशालामा युवा स्ट्राइकर विमल चम्किएपछि .. (फोटो फिचर)
२७ औं मिनेटमा नेपालले बराबरी गोल फर्काउने मौका गुमायो । सन्दीप राईको फ्रिकिक पाकिस्तानी गोलरक्षकले उत्कृष्ट बताउ गरे । ३४ मिनेटमा नेपालले अर्को मौका खेर फल्यो । ४२ मिनेटमा भरत खबासको प्रहार असफल भयो ।
दोस्रो हापमा पनि राम्रो प्रदर्शन गरेको नेपालले बराबरी गोल फर्काउने मौका गुमायो । ४९ जुमानु राई झण्डै वान भर्सेन वानमा चुके । एकपछि अर्को प्रयास असफल भएपछि प्रशिक्षक ज्याक स्टेफानोस्कीले ६३ औं मिेनटमा टंक बस्नेतको स्थानमा विमल घर्तिमगरलाई मैदान प्रवेश गराएका थिए । बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा डेब्यू गरेका बिमलको यो पहिलो औपचारिक प्रतियोगिता थियो । ७३ औं मिनेटमा विमल गोल गर्न चुके । तर, निर्धारित ९० मिनेटपछि थपिएको ४ मिनेटको सुरुमा नै विमलले बराबरी गोल फर्काए । कप्तान सागर थापाको फि्रकिक बल पाकिस्तानी गोलरक्षकले पूर्ण रुपमा क्लियर गर्न नसक्दा पाएको मौकामा विमलले गोल गरेका हुन् । विमलको बराबरी गोल फर्काएपछि दशरथ रंगशालामा रहेका झण्डै १८ हजार दर्शक जुरुक्कै उठेका थिए ।
सेमिफाइनल प्रवेशको सम्भावना बलियो
अब नेपालले समूह चरणको अन्तिम खेल बिहीबार डिफेण्डिङ च्याम्पियन भारतसँग खेल्नेछ । भारतसँग बराबरी खेले नेपाल र भारत दुबै सेमिफाइनलमा पुग्नेछन् । पराजित भएमा भने पाकिस्तान र बंगलादेशको नजिता कुर्नुपर्छ ।
पाकिस्तान र बंगलादेशले बराबरी खेले नेपाल र भारतको नजिता जे भएपनि नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । बंगलादेश र पाकिस्तानको खेलमा कुनै एक टोली विजयी हुने र नेपाल भारतसँग पराजित भएको अवस्थामा भने हेड टु हेड र गोल अन्तरका आधारमा टुंगो लाग्नेछ ।
No comments:
Post a Comment